English

सेयर बजारमा सामान्य गिरावट



साताका पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य गिरावट आएको छ ।

आज नेप्से परिसूचक ७.७२ अंकले घटेर बन्द भएको छ । साताको पहिलो कारोबार दिन आज नेप्से ०.३७ प्रतिशतले घटेर २०६०.५५ को बिन्दुमा पुगेको हो ।

आज २१८ कम्पनीका ५३ लाख ३९ हजार ४ कित्ता सेयर किनबेच भएको छ । कारोबार अवधिभर दुई अर्ब चार करोड ७० लाख ९३ हजार ६८८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सेन्सेटिभ इन्डेक्स पनि ०.३७ प्रतिशतले घटेर ३९८.५८ को बिन्दुमा पुगेको छ ।

१३ समूहमध्ये चार वटा समूहगत सूचक उकालो लागेको छ भने नौ वटा समूहगत सूचक ओरालो लागेको छ ।

आज होटल तथा पर्यटन समूहको सूचक सर्वाधिक १.०६ प्रतिशतले बढेको छ । यस्तै, उत्पादन तथा प्रशोधन समूहको ०.४५ प्रतिशत, निर्जीवन बीमा समूहको ०.१० प्रतिशत र बैकिङ समूहको ०.०८ प्रतिशतले समूहगत सूचक बढेको छ ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

नेपालगञ्ज, ११ फागुन : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालगञ्जको सेतु बिकेचोकमा र दाङको घोराहीस्थित तुलसीपुरचोकमा आधिकारिक सर्भिस सेन्टर उद्घाटन गर्दै

विश्वप्रसिद्ध प्रविधि कम्पनी Xiaomi को स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको(POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ। गेमिङ र

Latest










Popular
Suggested