English

ठडियो धरहरा, खुल्यो काठमाडौं !



केहीदिनअघि हावाहुरीसहित भीषण वर्षा भयो । जसले अन्धकारमय काठमाडौंलाई उज्यालो बनाएको छ । अझ नयाँ धरहराले काठमाडौं उपत्यकाको शोभा बढाएको छ ।

केहीदिनअघि हावाहुरीसहित भीषण वर्षा भयो । जसले अन्धकारमय काठमाडौंलाई उज्यालो बनाएको छ । अझ नयाँ धरहराले काठमाडौं उपत्यकाको शोभा बढाएको छ । सेतो रङमा टलक्क टल्किएको धरहराको यो दृश्य र धरहराबाट देखिएको काठमाडौं साँच्चिकै लोभलाग्दो छ । हेर्नुहोस् धरहराबाट देखिएको यो ब्यस्त र मस्त काठमाडौं । अहिले काठमाडौंको एयर क्वालिटी इण्डेक्स ४१ रहेको छ भने काठमाडौं नम्बर वानबाट झरेर विश्वको ६३ औँ प्रदूषित शहरमा पुगेको छ । तर २६ दिनअघि वायु प्रदूषणको मात्रा ४७० सम्म पुगेको थियो । झलमल्ल घाम, कञ्चन हिमाल, सफा वातावरण र मनमोहक काठमाडौंका यी दृश्यले अहिले काठमाडौंवासी लोभिएका छन् । २२ तले धरहराबाट मात्रै होइन यो दृश्य तपाई हाम्रो घरआँगनबाट पनि देख्न सकिन्छ ।


खुल्ला मौसम अनि धरहराको यो उचाईबाट कान्तिपुर नगरीको अवलोकन गर्दा कसको मन नरमाउला र ?

प्रदूषण हटेसँगै काठमाडौंको मुहार पनि फेरिएको छ । एकातिर नयाँ धरहराबाट काठमाडौं नियाल्ने अधिकांशको सपना साकार हुँदैछ भने अर्कोतिर मौसम पनि सफा र शान्त बनिरहेको छ । धरहराबाट काठमाडौं हेर्ने सपनामा आम मानिस धरहराको फेदमा बसेर सेल्फी खिचिरहेका छन् । तर तत्कालै सर्वसाधारणले धरहरा चढ्न भने पाउने छैनन् । किनभने धरहराको पुनर्निर्माणको काम अझै बाँकी नै छ । बिस्तारै काठमाडौंको आकाश खुल्न थालेको छ । घरका छतबाटै कञ्चन हिमालहरुको मनमोहक र प्रकृतिको अनुपम दृश्य देख्न सकिन्छ । पर्यटक पनि काठमाडौंको यो दृश्य हेर्न लालयित छन् । खुल्ला मौसम अनि धरहराको यो उचाईबाट कान्तिपुर नगरीको अवलोकन गर्दा कसको मन नरमाउला र ?



सम्बन्धित खबरहरु

काठमाडौँमा आज सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।५१ हजार राशी रहेको सो पुरस्कार वरिष्ठ गायक कमल बि.के.

कार्त्तिक २०, काठमाडौं। लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना

कार्तिक १८, नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलास्पुर स्थित चिडिमार टोलमा वृहद् सामुदायिक सरसफाई अभियान समपनन भएको छ ।

कार्तिक १८, काठमाडौं। थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड(THAI) ले थ्री-क्लासको सुविधासहित एयरबस A330-300 विमान सञ्चालनमा ल्याएको छ। यस विमानले

Latest










Popular
Suggested