English

आत्मनिर्भर हजुरआमाहरू



थपमाया लामा उमेरले ८५ वर्ष पुगिन् । हरेक मंगलबार र शनिबार बर्दिबासको हाटबजारमा भेटिने थपमाया मर्चा र धुप बेच्न व्यस्त हुन्छिन् । उनीसँगै उनकी ७८ वर्षीय सम्धिनी तुलीमाया पाख्रिन पनि हुन्छिन् । तुलीमायाका छोरा गोविन्द पाख्रिनले थपमायाकी छोरी देवीमायासँग विवाह गरेका छन् ।

बजार लाग्ने दिन उनीहरू बिहानै घरबाट निस्कन्छन्, लालबन्दीबाट धुप र मर्चा मगाउँछन् अनि अटोमा राखेर उक्त सामान बजारसम्म पुर्‍याउँछन् । हेर्दा निकै वृद्ध देखिने यी दुई सम्धिनीले व्यापार गर्न लागेको २० वर्ष भइसकेको छ । वृद्ध उमेरमा पनि आफ्नो पेसालाई निरन्तरता दिएर देशमै आयआर्जन गर्न सकिन्छ भन्ने उनीहरु उदाहरणीय बनेका छन् । ‘कहिलेकाहीँ बजार जाँदा होस् या कपडा किन्दा होस् छोरा र बुहारीसँग हात फैलाउन पर्दैन,’ तुलीमाया भन्छिन् ।

अझ थपमायाका तीन सन्तान छन् । जेठा छोरा वेदबहादुर अहिले परिवारसहित दोलाखाको चरिकोटमा बस्दै आएका छन् । कान्छा छोरा प्रिमान बर्दिबासमा नै बस्छन्, तर खासै काम गर्दैनन् । थपमायाको व्यापारबाट परिवारको भरणपोषणको आधार पनि बनेकी छन् । थपमायाको पुर्ख्यौली घर पनि चरिकोट नै हो । अनि तुलीमायाको दोलाखाकै जिरीमा ।

तुलीमायाको भने थपमायाको भन्दा अलि फरक कथा छ । उनको छोराछोरीको नाममा एकैजना छोरा हुन् । पहिले छोरा पर्यटकहरूको भरिया काम गर्थे । तर, अहिले पहिले जस्तो अवस्था छैन । हिमाल जाने पर्यटकहरू सवारी यातायातको प्रयोग गर्न थाले फलस्वरूप कयौँ जना बेरोजगार बनेका छन् । यही सूचीमा तुलीमायाका छोरा पनि परे ।

काम नभए पनि तुलीमायालाई कुनै चिन्ता छैन । उनी भन्छिन्, ‘मैले कमाएको पैसाले नै घरपरिवारमा सहयोग पुग्छ, त्यही भएर छोराले काम पाउँदा गरिहाल्छ, नपाउँदा म आफै कमाउँछु ।’

थपमाया र तुलीमायाको घर अहिले बर्दिबासमा नै छ । सवारीसाधनको सहयोगले उनीहरू बजारसम्म आउँछन् अनि बेलुका आफै फर्कन्छन् ।

‘अहिले नातिनातिनीले अब व्यापा गर्नुपर्दैन भन्छन् । तर, दिनभरि के गरेर बस्नु र भनेर यता आउँछौ, बेच्छौ,’ थपमाया र तुलीमाया एकसाथ भन्छन् ।

बुढेशकालमा पनि आत्मनिर्भर बन्न सकेको उनीहरुलाई खुसी लागेको बताउँछन् । उनीहरुले बजार लागेको दिन दैनिक पाँच सयसम्मको व्यापार गर्छन् ।

वषौँदेखि वर्दिबासमा बस्दै आए पनि तुलीमाया र थपमायाले बसाइँसराइ दर्ता गराएका छैनन् । जस कारण थपमायाले वृद्धभत्ता दोलाखाबाट बुझ्ने गरेकी छन् भने ७५ वर्षीया तुलीमाया नागरिकताको कारणले वृद्धभत्ता बुझ्न पाएकी छैनन् ।

यो पनि
कवाडी बटुलेरै आठ जनाको परिवार पाल्दै
मामा-भान्जाकाे कृषि फार्म, युवालाई हाैसला



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested