English

शोकको पर्व मोहर्रम एकताको प्रतिक पनि (फोटो फिचर)

धर्मयुद्धमा सहादत प्राप्त गरेका हुसैनको सम्झनामा मनाइन्छ,मोहर्रम


ईस्लाम धर्मावलम्बीहरूले शोकको पर्वको रुपमा मनाउने मोहर्रम पर्वले पछिल्लो समय हिन्दु र मुस्लिम समुदायबीच एकता अझै प्रगाढ बनाएको छ । मंगलबार मोहर्रम १० तारिखमा ताजिया बिजर्सन गरी पर्वको विधिवत समापन भएको छ । ईस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरका नाति हजरत हुसैनको शहादत (शोक)मा यो पर्व मनाइने गरिन्छ ।

यो पर्वले हिन्दु तथा मुस्लिम धर्मावलम्बीहरूको एकताको पर्वको रुपमा पनि परिचय बनाउदै गएको छ । सद्भावको प्रतिकको रुपमा रहेको यो पर्वमा वर्षेनी श्रद्धालु बढ्दै गएका छन् । हिन्दु र मुस्लिम दुवै समुदाय उत्तिकै आस्था राखी हिन्दु धर्मालम्बीहरू पनि मुस्लिम जस्तै तजिया बनाई विधिवत रुपमा पूजाअर्चना गर्न थालेका छन् ।

ईस्लामिक धर्मको नयाँ वर्षका दिन सुरु हुने मोहर्रमका १० दिनसम्म फरकफरक तरीकाले मनाइन्छ । मोहर्रमको १० तारिखलाई महान दिन असुरा पनि भनिन्छ । मोहर्रम १० तारिखकै दिन धेरै नबीहरूमाथि अल्लाहको इनायत भयो र पापीहरूलाई सजाय गरिएको थियो । जसमा हजरत हुसैनले पनि सहादत पाएको विश्वास छ । हुसैनले इस्लाम र मानवताको रक्षा गर्न आफ्नो परिवार र साथीहरूको लागि बलिदानी दिएका थिए ।

त्यसैले यो शोक दिनको सम्झनामा मस्जिदमा कुरान पाठ गरिनुका साथै बेलुकी खिचडा (खाने पकवान) बनाएर बाँडिन्छ । घरमा बनाइएका ताजियाहरू नजिकको कर्बला(रण)मा पुगेर विभिन्न परम्परागत खेल तमासा तथा ताजियालाई बिभिन्न सामग्री अर्पण गरि यो पर्व मनाईन्छ । भाकल गर्नेहरुले आफ्नै लागतमा ठूलो ताजिया बनाउने पनि गर्दछन । विशेषगरी मोहर्रम पर्व मुस्लिम समुदायले मनाउने भए पनि भाकल पूरा भएको भन्दै केही हिन्दु धर्मावलम्बीले पनि ताजिया राख्ने गर्छन् ।

सन् ६८० अक्टोबर १० तारिखका दिन इराकको राजधानी बगदादभन्दा सय किलोमिटर टाढा उत्तर पूर्वको करबलामा यजिदी फौजसँगको धर्मयुद्धमा सहादत प्राप्त गरेका हुसैनको सम्झनामा ताजिया बनाई मोहर्रम पर्व मनाउने परम्परा शुरु भएको हो । हसन तथा हुसेनको प्रतिक स्वरुप बासको ढाँचामा बिभिन्न रङगिचङगी कागज बेरी तजिया बनाईने गरिन्छ । तजिया भनेको युद्धको बेला प्रयोग गरिएको एक प्रकारको हतियार हो ।

यो पनि
कसरी मनाइन्छ बकर ईद पर्व ?
रमजान सुरु, यस्तो छ धार्मिक महत्त्व



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली