English

तश्करीमा सरकारकै साथ

सिरहामा प्रहरी प्रशासनकै आडतश्करीका सामान दिनभरि भण्डारण,रातभरि ढुवानी


सिराहामा प्रहरी प्रशासनकै सेटिङमा व्यापक चोरी, तस्करी भइरहेको पाइएको छ । प्रहरी प्रशासनले देखावटी रुपमा केहीमात्रामा चोरी पैठारी गरी ल्याइएको समान पक्राउ गरे पनि सिरहाको नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, माडर, बरियारपट्टी, औरही, पटेर्वा नाकाबाट व्यापक रुपमा तस्करी भइरहेको पाइएको हो ।

तस्करहरूले सीमानाकामा बस्ने सुरक्षाकर्मी, भन्सार प्रमुखलगायतका कर्मचारी मोटो रकम दिई (महिनावारीकै रुपमा घुसबापतको अवैध रकम तिरी) दिनभरि नाकाको वरिपरि भण्डारण गर्ने र रातभरि तस्करी गर्ने गरेको स्थानिय बताउँछन् । सीमानाकामा बसेका सशस्त्र प्रहरी, नेपाल प्रहरी र सादा पोशाकमा खटाइएका प्रहरीहरू दिनभरि तस्करीको सामान नियन्त्रण गर्नुभन्दा पनि संरक्षणगरि तस्करको गोदामसम्म पुर्याउने गरेको आरोप छ ।

‘प्रहरी प्रशासन मिलेपछि यहाँ सीमानाकाबाट जे पनि वारपार गर्न सम्भव छ । प्रहरीको आँखा अगाडिबाटै सीमानाकाकाको विभिन्न बाटो प्रयोग गरि तस्करले भन्सार राजश्व छली गरी निर्धक्क मालसामान वारपार हुने गरेको छ,’ स्थानीय दिपेन्द्र यादवले बताए ।

सिरहाको नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, माडर, लौकहाठाडी,बरियारपट्टी, औरही, पटेर्वा नाकाबाट अहिले दिनदहाडै तस्करहरुले यी नाकाहरुबाट चिनी, कपडा, मोटरपार्टस्, किरानाको सामान, ग्यास चुल्हो, पान मसाला, सुर्तीजन्य पदार्थ (रजनीगन्धा, गुटखा) भन्सार राजश्व छली गरी वारी (नेपाल) ल्याउँछन् र वारि (नेपाल)बाट व्यापक रुपमा मदिरा, चाइनिज स्याउ, सुपारी लगायतका सामग्रीहरु पारि (भारतीय बजार) पुर्याइन्छ ।

उनले थपे, ‘सिरहाको नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, माडर, लौकहाठाडी,बरियारपट्टी, औरही, पटेर्वा नाकाबाट अहिले दिनदहाडै तस्करहरुले यी नाकाहरुबाट चिनी, कपडा, मोटरपार्टस्, किरानाको सामान, ग्यास चुल्हो, पान मसाला, सुर्तीजन्य पदार्थ (रजनीगन्धा, गुटखा) भन्सार राजश्व छली गरी वारी (नेपाल) ल्याउँछन् र वारि (नेपाल)बाट व्यापक रुपमा मदिरा, चाइनिज स्याउ, सुपारी लगायतका सामग्रीहरु पारि (भारतीय बजार) पुर्याइन्छ ।’

वरियारपट्टिका स्थानीय अरविन्द यादवका अनुसार यस नाकाबाट रातभरि (भारतीय बजार) पारिबाट सामान ल्याएर टेम्पो, पिकअप र मोटरसाइकलमार्फत सिरहाको ठूलो बजार लहान, गोलबजार, मिर्चैयालगायतका बजारसम्म ढुवानी हुन्छ ।

तस्करीका सामान बोकेका गाडीको धुलोधुँवा र हर्नले राति र दिउँसो स्थानीयलाई सास्ती दिएको छ । प्रहरीलाई खबर गरे पनि नियन्त्रण गर्न चासो दिएका छैनन् ।

सुरक्षाकर्मीबाट ‘लाइन क्लियर’ रहेको संकेत पाएपछि सामान ढुवानी सुरु हुन्छ । सीमादेखि सहरसम्म लाइन क्लियर गर्न मोटरसाइकलमा तस्कर र प्रहरीका प्रतिनिधि खटिएका हुन्छन्,’ सडक छेउमै घर भएका उनले भने, ‘तस्करीका सामान बोकेका गाडीको धुलोधुँवा र हर्नले राति र दिउँसो स्थानीयलाई सास्ती दिएको छ । प्रहरीलाई खबर गरे पनि नियन्त्रण गर्न चासो दिएका छैनन् ।’

गत साता माडर भन्सार नाकाबाटै करिब एक लाख बराबरको भन्सार छलीको कपडाको बोराले भरिएको बिआर ०१ बिएन ९३५७ नम्बरको कार सिरहा–चोहर्वा सडक खण्ड हुँदै चोहर्वातर्फ गइरहेको बेला साइकल यात्रीलाई ठक्कर दिएको थियो । साइकलमा सवार सिरहा नगरपालिका–२२ का दिनेश सदा र यसिन धामी घाइते भएपछि कार सडकमै छाडेर तस्कर फरार भए । दुर्घटनाको खबर पाएपछि घटना स्थलपुगेको विष्णुपुर प्रहरी चौकीले कारभित्रबाट तीनवटा बोरामा रहेको कपडा बरामद गरेको थियो । प्रहरीले बरामद गरेको कपडाको मूल्य ७६ हजार ६०० र कारको १५ लाख गरी १५ लाख ७६ हतजार रुपैयाँसहितको मुल्यांकन प्रतिवेदन भन्सारलाई बुझाएको छ ।

यो थोरै मुल्यको सामान थियो । यस्ता कुरामा नलाग्नुस् । यस्ता धैरै कामहरू हुन्छ । यो सानोतिनो कुरोमा अल्झिएर काम छैन ।

माडर नाकाबाटै भित्रिएका उक्त कार र तस्करीका सामानसहितको लगत माडर भन्सारमा पाइएनन् । गत आइतबारदेखि बुधबारसम्ममा यो कार यस नाकाबाट प्रवेश गरेको रेकर्ड नरहेको कार्यालयले स्वीकारेको छ । यस कारको ग्राउण्ड क्लियरेन्स अत्यन्त कम भएकाले मुख्य नाकाबाहेकको नाका क्षेत्रबाट वारि प्रवेश गर्न सक्ने बाटो नै नरहेको बोर्डर आउट पोष्टका प्रहरी निरीक्षक लोकनाथ उप्रेतीले जनाए । ‘यो थोरै मुल्यको सामान थियो । यस्ता कुरामा नलाग्नुस् । यस्ता धैरै कामहरू हुन्छ । यो सानोतिनो कुरोमा अल्झिएर काम छैन,’ निरीक्षक उप्रेतीले भने ।

तस्कर भइरहेको विषयमा जानकारी लिन खोज्दा सिरहाका प्रहरी उपरीक्षक अर्जुन तिम्लिसिनाले भने, ‘थोरै सामान बरामद भएकाले धेरै खोतल्नुपर्ने आवश्यकता छैन ।’सिरहा, पटेर्वा, कल्याणपुर र चतरी सीमानाका भएर भित्रिने अवैध सामान मिर्चैया, सिरहा र गोलबजारस्थित तस्करहरूको गोदामसम्म सहज रुपमा पुग्नु र यसप्रति प्रहरी गम्भीर नबन्नु तथा थोरै सामान रहेको भन्दै पन्छिन खोज्नुले स्थानीयले मिलोमतोको आशंका गरेका छन् ।

यो पनि…
सीमानाकामा चिनीको अवैध कारोबार
लागुऔषधको कारोबार भारतदेखि बनेपासम्म



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली