English

सेयर बजारमा १७ अंकको गिरावट



सोमबार सेयर बजार १७.६७ अंकले घटेको छ । सो अंकको कमीसँगै परिसूचक नेप्से २१०६ विन्दुमा झरेको छ । दिनभर कुल २ अर्ब ८५ करोड रुपैयाँको कारोबार भयो । आइतबार २ अर्ब ६७ करोडको कारोबार भएको थियो ।

बैंकिङ ६, विकास बैंक ५३, फाइनान्स २४, होटल तथा पर्यटन ४६, जलविद्युत् २६, जीवन बीमा १०१, माइक्रोफाइनान्स १७, निर्जीवन बीमा ३६, अन्य ३८ र ब्यापार उपसमूह ११ अंक घटे । उत्पादन उपसमूह भने ५ अंक बढ्यो ।

कुल ५० कम्पनीको मूल्य बढ्दा १२३ को घट्यो भने ८ को स्थिर रह्यो । दुई कम्पनीहरु गुराँस लघुवित्त र हिमालयन हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । युनिलिभरको मूल्य ५.५ प्रतिशत बढ्यो । जानाकी फाइनान्सको मूल्य सबैभन्दा धेरै ४.३ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, नबिल बैंक, नागरिक लगानी कोष, नेसनल हाइड्रोपावर र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested