English

सेयर बजारमा सुधार



आइतबार सेयर बजार १०.२७ अंकले बढेको छ । घटेर कारोबार सुरू भएपनि १ बजेदेखि बढ्न थालेको नेप्से दोहोरो अंकले बढेर बन्द भएको हो ।

सेयर बजार ०.४९ प्रतिशतले बढेपछि नेप्से परिसूचक २१ सय २३ अंकमा पुगेको छ । यसक्रममा आज ६१ लाख ६ हजार ५२१ कित्ता सेयर किनबेच भइ २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार रुपैयाँको किनबेच भएको छ । नेप्से १० अंकले बढ्दा आज जीवन बीमा समूहबाहेक सबै समूह बढेका छन् । यो समूहमा भने आज ४.५५ अंकको गिरावट आएको छ ।

आज होटल र टुरिजम समूहमा ६० अंकको वृद्धि आएको छ । यस्तै, विकास बैंक समूह ५२ अंकले बढ्दा व्यापार समूह ३८ अंकले बढेको छ । यसैगरी, वित्त समूह ३३ अंकले बढ्दा जलविद्युत २६ अंकले बढेको छ भने लघुवित्त समूहमा २७ अंक बढेको छ । यस्तै, अन्य समूह २२ अंक बढेको छ ।

आज नेप्से १० अंकले बढ्दा तीन वटा कम्पनीको सेयर मूल्यमा भारी वृद्धि भएको छ । जसमध्ये एउटा कम्पनीमा १० प्रतिशतको र २ कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढीको वृद्धि आएको छ । मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्थाको सेयर १० प्रतिशतले बढेको हो ।

यस्तै, ९ प्रतिशतभन्दा बढीले बढेको तेह्रथुम पावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४६ रुपैयाँ बढेर ५३३ रुपैयाँ पुगेको छ । यसका साथै, ९ प्रतिशतले नै बढेको उपकार लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ३१५ रुपैयाँ बढ्दै ३ हजार ७६४ रुपैयाँ पुगेको छ ।

यो पनि…
गत साता घटेको सेयर बजार यो साता के होला ?
डिम्याट खाता र मेरो सेयरको वार्षिक शुल्क नबुझाए खाता रोक्का\



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested