नयाँ स्वादसहित फेरि आयो आइसबर्ग बियर



नेपालकै पुरानो मानिएको आइसबर्ग बियर फेरि बजारमा आएको छ ।

हिमालयन ब्रुअरीको अधिकांश स्वामित्व सिजी होल्डिङ्सले किनेसँगै यो बियर नयाँ स्वाद र लेबलका साथ बजारमा ल्याइएको हो ।

तीन दशकअघि नेपाली बजारमा निकै रुचाइएको आइसबर्ग नयाँ व्यवस्थापन र लगानीमा आएको हो । गोदावरीको मुहानको पानीलाई प्रशोधन गरी उत्पादन हुने आइसबर्ग स्प्रिङ वाटर प्रयोग भई उत्पादन हुने नेपालकै एक मात्रै बियर भएको कम्पनीको दाबी छ।

कम्पनीले हिमालयन ब्रुअरीको सहायक कम्पनी त्रिशक्ती डिष्टिलरीका विभिन्न मदिरा पनि नयाँ लेबलका साथ बजारमा ल्याइएको छ। आइसबर्गलाई स्ट्रोङ बियरको रुपमा मानिन्छ । यसमा ७ प्रतिशत अल्कोहलको मात्रा रहने छ।

नेपाली युवाहरुलाई लक्षित गरेर ल्याइएको आइसबर्गको स्ट्रोङ बियर भए पनि प्रिमियम फिचरमा बजारमा ल्याइएको हो ।

यसको ६५० एम.एल.को बोतलको मूल्य २ सय ८५ रुपियाँ कायम गरिएको छ ।



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार सेयर बजार स्थिर रहेको छ। गत कारोबार दिन २१८३ बिन्दुमा पुगेर बन्द भएको सेयर

नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रमले बिहीबार पनि निरन्तरता पाएको छ। गत मंगलबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला एक

बिहीबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३० रुपैयाँ २५ पैसा र बिक्रीदर

बुधबार सेयर बजार १०.३७ अंकले बढेको छ। आज नेप्से ०.४८ प्रतिशतले बढेर २१८३.६२ बिन्दुमा पुगेर बन्द भएको छ। बुधबार नेप्से

Suggested