English

नागरिकतादेखि मसान घाटसम्मै विभेद



करिब ५० वर्षअघि रुमगाउँ अर्थात अहिलेको भगवतीमाई गाउँपालिका–२ । त्यसबेलै गाउँमा सामाजिक विकृतिविरुद्ध सशक्त प्रतिरोध गरिरहेका थिए नेप्टो कामी । नेप्टो कामीले दलितको मृत्यु भए फलाँटेमा किन जलाउने ? बालटारमै दाहसंस्कार गर्न किन नपाउने ? भन्दै आएका थिए ।

बालटारमा क्षेत्री–ठकुरीलाई मात्रै जलाउने तर दलितलाई फलाँटेमा जलाउने परम्परालाई उनी तोड्न चाहन्थे । उनले यो विषय उठाए पनि समाधान भने भएको थिएन । अभियान पूरा नहुँदै उनको ४१ वर्षको उमेरमा मृत्यु भयो ।

२७ जेठ ०२९ मा मृत्युपछि नेप्टो कामीका अनुयायी युवादस्ताले उनको इच्छाअनुसार बालटारमा शब जलाउन लिएर गए । ठकुरीको चिहानघाटमा दलितको लास जलाउन दिनुहुन्न भनेर ठुकुरी र क्षेत्रीको ठूलै दलबल गयो र त्यहाँ जलाउन दिएनन् पनि ।

ठकुरीको लास जलाउने ठाउँमा कामीको लास जलाउन दिनुहुन्न भनेर हुलदंगा हुन थालेपछि मलामी गएका पाका पुराना मानिसले ‘यो तमासा नगरौं, आफ्नै चिहानघाट लैजाऊँ’ भनेर मध्यमार्गी विचार अनुसार फलाँटेमै ल्याएर जलाए ।

ठकुरीको लास जलाउने ठाउँमा कामीको लास जलाउन दिनुहुन्न भनेर हुलदंगा हुन थालेपछि मलामी गएका पाका पुराना मानिसले ‘यो तमासा नगरौं, आफ्नै चिहानघाट लैजाऊँ’ भनेर मध्यमार्गी विचार अनुसार फलाँटेमै ल्याएर जलाए ।

‘नेप्टालाई बालटार लिया बाटो बिराएर,
ल्याउन त फलाँटे ल्याए फेरि फिराएर !’

नेप्टो कामीलाई ठुकुरीको चिहानघाटमा जलाउन खोज्दा त्यहाँ अनुमति नभएपछि कामीकै चिहानघाटमा ल्याएर जलाउनु परेको त्यो बेलाको अतिजातिवाद र शोषण दमनको प्रतिक झल्काउने यो देउडा गीत बनेको थियो । नेप्टो कामीले सुरुवात गरेको सामाजिक संघर्षमा पछिल्लो पुस्ताले निरन्तरता दिए । यही क्रममा दलितहरू मरे शंख बजाउन नपाइने कुप्रथाविरुद्ध आन्दोलन छेडे ।

खासमा क्षेत्री–ठकुरी मरेको बेला मात्र शंख बजाउँदा उनीहरूका इष्टमित्र जम्मा हुन सजिलो पर्छ र दलित मर्दा चाहीँ बजाउन नदिएको खण्डमा कुन जातको मान्छे मरेछ भन्ने थाहा हुनुपर्छ भनेर भिन्न देखाउन यस्तो गरेको भनाइ छ ।

दलित मरेको बेला पनि शंख बजाउने गरेमा झुक्किएर मलामी जान भेला हुने अवस्था हुन्छ भनेर दुविधा नहोस् भनेर यस्तो गरिएको हो । दलित मरेको बेला गैरदलित मलामी नजाने भएकोले उतिबेला दलित मरेको बेला शंख बजाउन नदिइएको पाका मानिसहरूको अनुमान छ ।

दलितहरुको मलामी जान नपरोस् भनेर शंख बजाउन रोकिएको थियो । शंख खुले पनि दैलेखमा दलितहरूको मलामी क्षेत्रीबाहुन अहिले पनि आउँदैनन् ।

दलित मर्दा पनि शंख बजाउन पाउनुपर्छ भनी ४० को दशकमा कट्टी, बडाभैरव, बिन्ध्यवासिनी, चौराठा लगायत गाउँमा समेत दलितहरुले संघर्ष गरेपछि स्थानीय प्रशासनले नै दलित मर्दा पनि शंख बजाउन चाहे बजाउन पाउने, नरोक्नु भन्ने आदेशपछि अहिले सबै गाउँमा दलितले निर्वाद रुपमा शंख बजाउन थालेका छन् ।

दलितहरुको मलामी जान नपरोस् भनेर शंख बजाउन रोकिएको थियो । शंख खुले पनि दैलेखमा दलितहरूको मलामी क्षेत्रीबाहुन अहिले पनि आउँदैनन् । पद, प्रतिष्ठामा रहेका कोही दलित र उनका आफन्त मरे सामान्य सदाचार देखाउन छिटपुट मलामी आउँछन् तर सबैकोमा आउँदैनन् ।

नेप्टोलाई बालटारमा जलाउन नपाएको गीत बन्यो, निरन्तर संघर्षले दलितहरूलाई जलाउन पाउने अबस्था बनेको छ । सामाजिक रुपमा सबैको सहभागितामा दलितहरूको मलामी अझैं पूर्ण रुपमा खुलेको छैन । गैरदलितहरू मरेको बेला चाहिँ दलितहरूलाई दाउरा काट्न लगाउनकै लागि बोलाएरै लैजान चलन थियो । अहिले बलजफ्ती भने घटेको छ ।

भकुण्डोलाई जति बढी बल लगाएर भूईंमा दबाइन्छ उति नै माथि उफ्रिन्छ भने जस्तै दलितहरूलाई थिचोमिचो भयो यति विद्रोह झाङ्गिदै आयो । रुमलगायतको क्षेत्रमा यसको ज्वाला अझै बढ्यो । दलितहरूमाथि हुने शोषणविरुद्ध गरिएका क्रियाकलापले दलितहरूलाई आत्मविश्वास बढायो । सामाजिक विभेदविरुद्ध जति नै दलित सशक्त भए उति नै विभेद जोगाउन चाहनेहरू जुर्मुराउन पनि छाडेनन् ।

३२ साउन ०६५ मा रक्षाबन्धनका दिन हामीलाई पनि धागो बाँधिदिनुस् भनी आग्रह गरेका दलितहरुलाई त्यसबेला २२ वर्षका रुमका पण्डित दीपक उपाध्यायले दलितलाई रक्षा बन्धन बाँध्दिन् भनेपछि स्थानीय दलितले जातीय विभेदको मुद्दा दर्ता गरे, अदालतले तीन महिना कैद र एक हजार जरिवाना गर्यो ।

यो घटनामा गैरदलितहरू संगठित रुपमा दलितहरूलाई ठिक पार्नुपर्छ भन्नेमा लागे । यसको फलस्वरुप वैशाख ०६६ मा ब्राम्हण संघ दैलेखले दलितहरूलाई पनि रक्षाबन्धन बाध्नैपर्ने हो भने जजमानी छाडिदिन्छौं भनी आन्दोलन गरे ।

तत्कालिन प्रमुख जिल्ला अधिकारी बलदेब गौतमले ब्राम्हणलाई कारवाही गर्छु भनेपछि ब्राम्हण संघले आन्दोलन फिर्ता लियो । रुम, कट्टी, बडाभैर, मेहतलोलीलगायत भेगमा दलितहरूको गल्ती खोज्न तम्सेको गैरदलित समुदायका लागि असोज ०६६ मा जगनाथ अर्थात अहिलेको भगवतीमाई गाउँपालिका–४ बुङ्चीका २१ वर्षीय अमृत बिकले ठकुरी छोरीलाई विवाह गरेको विषयमा ठकुरीहरुले कुटपिट गरी ६० हजार जरिवाना र दुई ओटा खसी लुटेका थिए ।

सरकारले अन्तरजातीय विवाहको अनुदान घोषणा गरेकै समयमा त्यहाँको ठकुरी समाजले कुटपिट गर्नुसँग जरिवाना र खसी लुट्ने काम भएको भनी दैलेखको जिल्ला स्तरीय दलित नेतृत्वको अगुवाईमा जातीय विभेदको मुद्दा अदालत पुगेको थियो ।

अदालतले यो घटनाका मुख्य दोषी ६ जनालाई ६० हजार नगद र खसीको मूल्य फिर्ता गर्नुपर्ने, जनही आठ महिना कैद र पाँच हजारको दरले जरिवाना गर्याे ।

रुम र यो क्षेत्र अर्थात बेस्तडा भेगमा पुरातन समयदेखि कति विभेद थियो भन्ने कुरा प्रमाण अहिलेको भगवतीमाई गाउँपालिका–३ मेहेलतोलीका ६२ वर्षका कविराम कामीको नागकिताको प्रमाणपत्र । ७ जेठ २०४६ मा गाउँ पुगेको नागरिकता टोलीले दिएको नागरिकतामा उनको नाम कुुकुर कामी लेखिएको छ । नागरिकताको प्रमाणपत्र नै दशी प्रमाण हो, यो भेगमा दलितहरूले कति शोषण र दमन भोगे माथिका उदाहरणले प्रष्टाउँछ ।

यो पनि…
मनोरञ्जन पार्कहरूमा लैङ्गिक विभेद
कथित बोक्सी आरोपी महिला भन्छन्- ‘न्याय माग्न कहाँ जाऊँ ?’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested