English

कथित बोक्सी आरोपी महिला भन्छन्- ‘न्याय माग्न कहाँ जाऊँ ?’



नारी दिवसकै दिन पाएकाे दर्दनाक पीडा भुल्दै राधा चौधरी

तीन वर्षअघि बोक्सी भन्दै स्थानीयबाट कुटपिटमा परेकी राधा चौधरी विस्तारै पीडा भुल्दै छिन् । घरायसी काममा व्यस्त हुने राधाको घाउमा समाजले मल्हम लगाइरहेको छ ।

‘समाजमा जाँदा गलत व्यवहार भएको मैले पाएको छैन,’ राधा भन्छिन्, सबैले माया गरेका छन्, आवश्यक परेको सहयोग सबैले गरिरहेका छन्, जसले मलाई विगतको पीडा बिसर्न मद्दत गरेको छ ।’

कैलालीको घोडाघोडी नगरपालिका-५ देउकलियामा बस्दै आएकी राधा चौधरीमाथि २४ फागुन २०७५  (नारी दिवसकै) दिन बोक्सीको आरोपमा स्थानीय भोले बाबा भनिने रामबहादुर चौधरी लगायतका व्यक्तिले निर्घात कुटपिट गरेका थिए ।

‘बोक्सीको आरोप लगाउँदै निर्धात कुटपिट गरेपछि एक डेढ वर्षसम्म समाजमा घुलमिल हुन धेरै समस्या भयो,’ राधाले भनिन्, ‘अहिले पहिलाको भन्दा धेरै सजिलो भएको छ, सबैले चिन्छन् र राम्रो व्यवहार पनि पाएकी छु ।’ अहिले राधाको मगनी भइसकेको छ । आउँदो वर्ष बिहे हुने पक्का भएको छ । मगनीपछि राधा आफ्ना पीडालाई बिर्सदैँ नयाँ जीवनको सपनामा रमाउन थालेकी छन् ।

तर, कुरा काट्ने सामाजिक परिपार्टीका कारण भने अहिले पनि राधालाई केही असहज भइरहेको छ । ‘मेरो अगाडि कसैले केही कुरा गर्दैनन्,’ उनले भनिन्, ‘तर, समाजमा अझै पनि मेराबारेमा धेरै नकारात्मक कुरा भइरहेका पाइन्छन्, त्यसले मलाई अझै पनि झस्काइरहन्छ, फेरि सबै मिलेर दुर्व्यवहार गर्ने पो हुन् कि भन्ने पिर परिरहन्छ ।’

‘मेरो अगाडि कसैले केही कुरा गर्दैनन्,’ उनले भनिन्, ‘तर, समाजमा अझै पनि मेराबारेमा धेरै नकारात्मक कुरा भइरहेका पाइन्छन्, त्यसले मलाई अझै पनि झस्काइरहन्छ, फेरि सबै मिलेर दुर्व्यवहार गर्ने पो हुन् कि भन्ने पिर परिरहन्छ ।’

बोक्सीको आरोपमा कुटपिटमा परेपछि राधालाई सरकारी तथा गैर सरकारी संस्थाले सहयोग गर्ने आश्वासन दिए पनि त्यो सहयोग उनले अझै पाएकी छैनन् । घोडाघोडी नगरपालिकाले रोज्गारी दिने आश्वासन दिए पनि अहिले फर्केरसमेत नहेरेको उनको गुनासो छ । ‘घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले नै मलाई पढाउने र रोजगारी दिने आश्वासन दिनु भएको थियो,’ पीडित राधाले भनिन्, ‘मैले उहाँलाई तीन/चार पटक भेटेरै सम्झाएँ । तर, मेयरसावले बोक्सीको आरोप लगाइएपछि राधालाई पढाइमा सहयोग गर्ने र रोजगारीका अवसरमा जोड्ने घोडाघोडी नगरपालिकाले  प्रतिबद्धता गरेको थियो । तर, उपमेयर प्रेमाकुमारी थापाले जानकारी नै नभएको प्रतिक्रिया दिनुभयो, पछिल्लो समय भेट नै भएको छैन ।’

बोक्सीको आरोप लगाइएपछि राधालाई पढाइमा सहयोग गर्ने र रोजगारीका अवसरमा जोड्ने घोडाघोडी नगरपालिकाले  प्रतिबद्धता गरेको थियो ।

तर, यस विषयमा घोडाघोडी नगरपालिकाकी उप मेयर प्रेमाकुमारी थापाले केही जानकारी नै नभएको प्रतिक्रिया दिइन् । उसो त राधाले पीडक पक्षले दिने भनेको क्षतिपूर्तिवापतको सहयोग समेत पाएकी छैनन् ।

बोक्सीको आरोपमा निर्घात कुटपिट गरेको अभियोगमा दोषि ठहर गर्दै भोलेवावा भनिने रामबहादुर चौधरीलाई जिल्ला अदालत कैलालीले पाँच वर्ष कैद र एक लाख जरिवाना तथा गर्ने फैसला सहयोगी किस्मती चौधरीलाई पनि दोषी ठहर गर्दै एक वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तथा स्मारिका चौधरीलाई ६ महिना कैद र २५ हजार जरिवाना भराउने गरी फैसला सुनाएको थियो ।

जगमती भन्छिन्- ‘न्याय माग्न कहाँ जाऊँ ?’

रुपन्देहीको सम्मरीमाई गाउँपालिका–७ कि ६२ वर्षीया जगमती पासीलाई साढे तीन महिनाअघिको घटनाले अहिले पनि झस्काइरहन्छ । आफ्नै आँगनमा तरकारी बनाउँदै गरेकी जगमतीलाई एक्कासि छिमेकी परिवार आएर बोक्सीको आरोप लगाउँदै गाली गर्न थाले । 

गत ७ मंसिर छिमेकीले उनीमाथि लगाएको बोक्सीको आरोप अहिले पनि जगमतिको मनमा गढेको छ । आफ्नै छिमेकी रामजनम यादवको परिवारले आफ्नो दुई वर्षे छोराले खाना खान छोडेको भन्दै जगमतीलाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरे । तर, उनी आफू झनै कुटपिटमा परिने डरले कुनै प्रतिवाद गरिनन् ।

‘मैले प्रतिवाद गरेको भए ममाथि परिवारै मिलेर कुटपिट गर्थे, त्यसले मैले कुनै किसिमको प्रतिवाद गरिन,’ उनी भन्छिन् । बरु उनले एकोहोरो बोक्सी भनेर गाली गरेको सुन्नुभन्दा घरभित्र पसिन् ढोकाको चुकुल लगाइन् । त्यसपछि छिमेकीले जगमतिको आँगनमा तील, मास, चामल छर्कनुको साथै कालो लुगा राखेर गए ।

उनी त्यसदिन निकै डराइन्, छिमेकी गुहार्न पनि सकिनन् । तर, भोलिपल्ट आफूमाथिको आरोप लगाउनेलाई त्यसै छोड्नु हुँदैन भनेर छरछिमेक गुहार्न पुगिन् । जगमतीले न्याय समिति संयोजक समेत रहेकी गाउँपालिका उपाध्यक्ष प्रियका सिंहसँग आफूमाथि बोक्सीको आरोपमा भएको दुर्व्यवहार सुनाइन् । उनले भनेको कुरा उपाध्यक्ष सिंहका पति पवन सिंह र ससुरा राजकुमार सिंहले समेत सुने । 

‘अझै पनि मलाई बोक्सीको आरोप लगाउने गरिएको छ, गाउँ टोलमा कोही बिरामी परे पनि मलाई नै दोष लगाउने गरिन्छ, न्याय माग्न म कहाँ जाने ?,’ जगमती भन्छिन् ।

पीडितका कुरा सुने पनि उनीहरूले पीडकलाई कारबाही गर्नुको साटो जगमतीलाई नै गाउँ समाजमा मिलेर बस्न सल्लाह दिए । गाउँपालिका उपाध्यक्ष प्रियंका सिंहले गाउँघरमा यस्ता सानातिना घटना भइरहने बताएकाे सुनाउँदै जगमतीले उपाध्यक्षकाे स्मरण गर्दै भनिन् , ‘यो सामान्य झगडा हो, यस्ता घटना गाउँघरतिर भई नै रहन्छन्, सानातिना घटनालाई लिएर कारबाही गर्ने कुरा भएन ।’ 

पीडकमाथि कानुनी कारबाही नभएपछि छिमेकीले जगमतीलाई बोक्सीको आरोप लगाउन छाडेका छैनन् । ‘अझै पनि मलाई बोक्सीको आरोप लगाउने गरिएको छ, गाउँ टोलमा कोही बिरामी परे पनि मलाई नै दोष लगाउने गरिन्छ, न्याय माग्न म कहाँ जाने ?,’ जगमती भन्छिन् ।

त्रासले हिंसा सहेर बस्न बाध्य छन् पूजाकुमारीको परिवार

राजविराज नगरपालिका-१ कि ५० वर्षीया महिला बोक्सीको आरोपमा पटक-पटक प्रताडित छिन् । समाजकाे डरले उनी उजुरी गर्न गएकी छैनन् । उनका अनुसार आफन्त र छिमेकीको घरमा कोही बिरामी भएमा बाेक्सीकाे आरोप  लाग्छ । तीन छोरी र एक छोराको विवाह गर्ने बेलामा उजुरी गर्न गएमा घरपरिवार नै समस्यामा पर्ने उनमा पीर छ । 

अग्निसाइर कृष्णासवरण गाउँपालिका- २ कि २७ वर्षीया पूजाकुमारी चौधरीलाई बोक्सीको आरोप लगाएर गाउँलेले कुटपिट गरेपछि  गत २० माघमा इलाका प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । आरोपित फरार छन्। पूजा भन्छिन्,´गाउँमा काेही बालबालिका बिरामी भयो कि मलाई बोक्सीको आरोप लगाउँछन् । कुटपिट पनि हुन थालेपछि कानुनी उपचारमा गएकी हुँ ।’

राजविराज नगरपालिका-५ कि ६० वर्षीया दुखनीलाई जेठाजुका छोराले बोक्सीको आरोप लगाएर छिमेकीको उपस्थितिमा दिसापिसाब खुवाउन तम्सिए ।  प्रहरीले उनलाई जाेगाए । भन्छिन्, ‘नयाँ जिन्दगी पाएकी छु ।’ दुखनीका जेठाजुकी गर्भवती बुहारीकाे मृत्यु भएपछि भतिजले उनीमाथि बाेक्सी आराेप लगाएका थिए ।

पूजा भन्छिन्,´गाउँमा काेही बालबालिका बिरामी भयो कि मलाई बोक्सीको आरोप लगाउँछन् । कुटपिट पनि हुन थालेपछि कानुनी उपचारमा गएकी हुँ ।’

दुखनी मात्र हाेइन उनकी बुहारीलाई पनि बाेक्सी आराेप लगाइयाे । ´त्यो घटनाले मानसिक पीडा भयाे । दुई वर्षसम्म समस्या भयाे,’ उनी भन्छिन् । 

अहिले उनको जीवन सामान्य छ । सानाेतिनाे व्यापार पनि गरिरहेकी छन् । अधिकारकर्मी अनिता देवकोटा सासुबुहारीलाई बोक्सीको आरोप लगाई दिसापिसाब खुवाउन लागेको जानकारी पाएर प्रहरीको सहयोगमा उद्धार गरिएकाे बताउँछिन् । 

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/०७७ मा ६, ०७७/०७८ मा दुई र चालू आर्थिक वर्षमा ६ जना पीडितको उजुरी परेको छ ।

२० वर्ष अगाडिको मरणी देवीको त्यो कालो दिन

२० वर्षअगाडिको कहालीलाग्दो दृश्य सम्झँदा मरणीदेवी अहिले पनि झसङ्ग हुन्छिन् । महोत्तरी मट्टीहानीस्थित सिमरदहीका स्थानीयले सामाजिक रूपमा बहिष्कार गरी गाउँबाट नै पलायन हुने स्थिति बनाएको त्यो भयावह दृश्य अहिले मरणीदेवीको मानसपटलमा नाचिरहन्छ ।

उनी गाउँ र समाजबाट बोक्सीको आरोपमा बहिष्कार र यातना भोग्नुको मुख्य कारण एउटै थियो कि मरणीदेवीले गाउँका एक जना बच्चालाई पूजाको लागि कपुर लिन पठाइन् र ती बालक फर्किएपछि अचानक बिरामी हुनु ।

बिरामी बच्चालाई झाँक्रीले ‘बाेक्सी’ लागेको बताएपछि बालकका बाबुआमाले मरणीदेवीलाई बोक्सीको आरोप लगाए । बच्चाका बाबुआमा मात्र हैनन् गाउँभरीका सबैले मरणीदेवीलाई बोक्सीको आरोप लगाए । गाउँका प्रमुख नवल सहनीको नेतृत्वमा बसेको पञ्चायतीले समेत मरणीदेवीलाई ‘बोक्सी घोषणा’ गर्‍यो।

३० साउन २०५८ मा भारतबाट आएका एक जना झाँक्रीले गाउँमा सानो पूजा लगाए। गाउँभरिका मानिसलाई प्रसाद खान दिए, तर खानेबित्तिकै मरणीदेवी बेहोस भइन्। बुहारीले उनलाई घर ल्याइन्।

दुई बुहारी उनीसँग बस्थे, छोरा र लोग्ने कमाउन बाहिर गएका थिए। उनी घरमा जेठी बुहारीको छेउमा बसेकी थिइन्। साँझपखको कुरा हो, गाउँका प्रमुख नवल सहनी र उनका भाइ सुनील सहनी आएर उनलाई लछारपछार गर्न थाले ।

गाउँका मान्छे पनि जम्मा भए । सहनी दाजुभाइले अन्धाधुन्ध पिटन थाले । ‘मलाई आँखामा हानेकोसम्म थाहा छ, त्यसपछि केही पनि थाहा पाइँन,’ उनले भनिन् ।अनेकथरी बोल्दै लात्तीले हाने, मुक्का प्रहार गरे, भुत्ल्याए, उचाले अनि पछारे गरे ।

मरणीदेवीलाई लछारपछार गर्दै गर्दा गाउँका मान्छे पनि जम्मा भए । सहनी दाजुभाइले मरणीदेवीलाई अन्धाधुन्ध पिटन थाले । ‘मलाई आँखामा हानेकोसम्म थाहा छ, त्यसपछि केही पनि थाहा पाइँन,’ उनले भनिन् । बेहोस भएपछि सहनी दाजुभाइले कुट्न छाडे । उनलाई अनेकथरी बोल्दै लात्तीले हाने, मुक्का प्रहार गरे, भुत्ल्याए, उचाले अनि पछारे गरे ।

मरणीदेवीका बुहारीहरूले गाउँकै अस्पतालमा लगे र उपचार गरे । उपचार गरेकाे पाँँच दिनपछि मरणीदेवीको हाेस आयो । यतिन्जेलसम्म मरणीदेवीलाई हेर्न प्रमुख जिल्ला अधिकारी आए, प्रहरी आए र बोक्सीको आरोपमा चरम यातना दिने सहनी दाजुभाइ पक्राउ परे भने झाँक्री फरार भए ।

मरणी देवी अहिले के गर्छिन् ?

मरणीदेवी अहिले बोक्सी प्रथाकै विरुद्ध अभियान चलाउँछिन् । समाजमा पुन:स्थापित भइसकेकी मरणीदेवी केही समय काठमाडाैंमा रहेका आफ्नो छोरासँग बसेपछि अहिले गाउँमै बसेर बाेक्सी प्रथाविरुद्ध लागेकी छन् ।

‘कानुनले पनि मलाई न्याय दिइयो,’ उनी भन्छिन् । अहिले उत्तराधिकारीको रूपमा मरणीदेवीले आफ्ना बुहारीलाई पनि अभियानका लाग्न प्रेरणा मात्र हाेइन जिम्मेवारी सुम्पेकी छन् । ‘सामाजिक अन्धविश्वासविरुद्ध डटेर लाग्न र सचेतना प्रवाह गर्न बुहारीलाई पनि अगाडि बढाएको छु,’ उनले भनिन् ।

कानुनमा के छ ?

स्थानीय तहलाई बोक्सी कसुरमा मुद्दा हेर्ने अधिकार कानुनले दिएको छैन । तर, स्थानीय तहले यसका लागि प्रहरीकहाँ जान सहजीकरण गर्नुपर्नेमा उल्टै मेलमिलाप गरेर पठाउने गरेका छन् । जसले गर्दा यो क्रम हटेको छैन । 

बोक्सीको आरोप लगाउनु वा त्यस आरोपमा यातना दिनु फौजदारी कसूर मानिन्छ । बोक्सीको आरोप (कसूर र सजाय) ऐन, २०७२ अनुसार पीडितले सुरूमा प्रहरी कार्यालयमा उजुरी गर्न सक्छन् । 

बोक्सीको आरोप लगाउनु वा त्यस आरोपमा यातना दिनु फौजदारी कसूर मानिन्छ । बोक्सीको आरोप (कसूर र सजाय) ऐन, २०७२ अनुसार पीडितले सुरूमा प्रहरी कार्यालयमा उजुरी गर्न सक्छन् । 

बोक्सीको आरोप (कसूर र सजाय) ऐन, २०७२ मा बोक्सी आरोपमा कसूर गर्ने व्यक्तिलाई कसूरको मात्रा हेरेर आठ वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ । सार्वजनिक पदमा रहेको व्यक्तिले कसूर गरेमा पच्चीस प्रतिशतभन्दा बढी सजाय हुने व्यवस्था समेत ऐनमा छ । 

यो पनि
स्थानीय तहमा महिला : संख्या कम, काममा अब्बल
प्रदेश–१ की एक्ली महिला पालिका अध्यक्ष, जसले संघीयतालाई स्थापित गर्न मिहिनेत गरिन्


 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,