English

लास खाने पर्व



संसारमा धेरै अनौठा परम्पराहरू छन्। आज पनि विश्वका धेरै जनजातिले शताब्दीयौं पुरानो यस्ता अनौठो परम्परालाई पछ्याइरहेका छन् । संसारमा एउटा यस्तो जनजाति पनि छ, जहाँ मानिसहरूले आफ्नो प्रियजनको मृत्युपछि शव खान्छन् । धेरैजसो मानिसले मृत्यु पछि शव गाड्छन् वा जलाउँछन् तर एउटा यस्तो जनजाति पनि छ जसका मानिसहरूले आफ्नो पुरानो परम्परालाई पालना गर्दै आएका छन् ।

जातिको अनौठो परम्परा

संसारमा यस्ता धेरै जनजाति छन्, जसको बारेमा धेरैजसो मानिसहरू अनभिज्ञ छन् किनभने तिनीहरू संसारका अन्य मानिसहरूबाट टाढा बस्छन्। उनीहरूको रहनसहन, रीतिरिवाज, संस्कृति सबै फरक छन् । यस्तै एक जनजाति यानोमामी हो। यस जनजातिसँग जोडिएको एउटा अनौठो चलन छ । यस जनजातिका मानिसहरू मर्दा आफ्नै मान्छेको मासु खान्छन् । यो जनजाति ब्राजिलमा पाइन्छ।

Endo-Cannibalism भनेको के हो ?

यानोमामी जनजातिको बारेमा ‘द गार्डियन’ले आफ्नो रिपोर्टमा लेखेको छ कि यस जनजातिलाई यानाम र सेनेमा पनि भनिन्छ। यी जनजातिहरूले अझै पनि आफ्नो पुरानो परम्परालाई पालना गर्छन्। यो जनजाति आधुनिकीकरण र पश्चिमी करणबाट प्रभावित हुन बाँकी छ। यस जातिका मानिसहरूले आफ्नै संस्कृति र परम्परालाई पालना गर्छन्। उनीहरूलाई बाहिरको हस्तक्षेप मन पर्दैन । यस जनजातिका मानिसहरूले बाहिरका मानिसहरूलाई आफूसँग सामेल हुन दिँदैनन्। कहिलेकाहीँ आक्रमण गर्छन्। यी जनजातिहरू को अन्त्येष्टि संस्कार धेरै अनौठो छ, जसलाई endo-cannibalism भनिन्छ।

लास पर्व

यस जनजातिको परम्परा अनुसार घरमा कसैको मृत्यु भएमा शवलाई पुरै जलाएर बाँकी मानिसहरू भेला भएर खाने गर्छन् । यो परम्परा अनुसार पहिले शव जलाएर अनुहारमा रङ्ग लगाइन्छ र त्यसपछि घरका सबै मानिस जम्मा भएर खान्छन् । मृत्युको शोकलाई गीत गाएर मनाउँछन् । यो अनौठो लागे पनि, वर्षौँदेखि यी मानिसहरूले यो परम्परा पालन गर्दै आएका छन्।

यो पनि…
विरुवा नै लोप हुने विज्ञको चिन्ता
सबैभन्दा पुरानो यो जीवबारे वैज्ञानिक नै छक्क



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested