English

महिलाको मन : चुरा,पोते र मेहेन्दीमा

साउन महिना लागेसँगै चुरा र मेहेन्दीको व्यापारमा वृद्धि


भक्तपुर नगरपालिका–५ की हिरा श्रेष्ठले दुवै हातका पाखुराभरि हरियो चुरा, घाँटीमा रातो, पहेँलो र हरियो मिश्रित पोते लगाएकीछिन् । उनले दुवै हत्केलामा बुट्टेदार मेहेन्दी पनि लगाएकी छिन् । त्यसैगरी पहेँलो सारीमा सजिएकी हिराकी साथी सीताले दुवै हातमा हरियो चुरा, गलामा पहेँलो र हरियो मिश्रित पोते लगाएकीछिन् भने हत्केला र खुट्टा बुट्टेदार मेहेन्दीले भरिएको छ ।

साउन महिनामा विवाहित नारीले हरियो, पहेँलो र रातो रङका पहिरन हरियो चुरा, हातमा मेहेन्दी लगाई सोमबार शिवजीको व्रत बसे श्रीमान्को आयु लामो हुने र आफू पनि सौभाग्यवती हुने भन्ने विश्वासले साउनमा हरियो, पहेँलो पहिरन, चुरा र मेहेन्दी लगाउने फेसन नै चलेको छ । खस आर्य समुदायका महिलाबाट शुरु भएको फेसन अहिले स्थानीय नेवार समुदायका महिलाहरुमा समेत फैलिएको छ । यससँगै श्रृङ्गारका सामग्रीको व्यापार गर्ने कस्मेटिक व्यवसायीको व्यापार पनि बढेको छ ।

हिन्दु परम्पराअनुसार साउन १ गते सङ्क्रान्तिको दिन लुतो फालिन्छ । तर पछिल्लो समय लुतो फाल्ने परम्परा हराउँदै गएको छ भने हरियो चुरा र मेहेन्दी लगाउने प्रलचन भने फैलिएको छ ।

साथीसँगीका हातमा चुरा र मेहेन्दी देखेपछि रहरले अरुले पनि हरियो, पहेँलो चुरा र हत्केलामा मेहेन्दी लगाउने गरेको आहा कलेक्सनका रेनु मानन्धरले बताए । त्यसैले अन्य महिनामा भन्दा साउनमा चुरा, पोते र मेहेन्दीको व्यापार तेब्बर बढ्ने गरेको उनको भनाइ थियो । ‘अहिले त झन फेन्सी डिजाइनको रङ्गीन चुरा र पोते आएको छ, राख्न नपाउँदै विक्री भइहाल्छ’, उनले सुनाए ।

सबै देवीदेवतालाई मन पर्ने महिनाका रूपमा साउन महिनालाई लिने भएर महिलाहरुले साउन महिनाभरि हातमा हरियो चुरा र मेहेन्दी लगाउने श्रृङगार कस्मेटिक पसलकी राधा श्रेष्ठले बताइन । ‘साउन महिना प्राकृतिकरूपमा हरियो महिना हो । जता गए नि हरियाली नै हरियाली देखिन्छ । त्यसैकारण साउनमा हामी महिलाहरु पनि प्रकृतिसँग जोडिएको हिस्साका रूपमा हरियो चुरा लगाउने परम्परा बसालिएको हो’, उनले भने, ‘साउन महिना धार्मिक, साँस्कृतिक र प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिन्छ । हरियो रङ प्रेम र वातावरणको प्रतीक मानिन्छ ।’ साउनमा विशेषरूपमा मनाउने सोमबार व्रत बस्ने गरेकाले पनि रङ्गीन पहिरनसँगै बजारमा हरियो चुरा, मेहेन्दी र पोतेको व्यापार बढेको उनले बताए ।

पछिल्लो समय साउन महिनामा विवाहित होस् या अविवाहित महिला, सिँगारपटार गरी हातमा हरियो चुरा हत्केलामा र खुट्टामा मेहेन्दीले सजिएर हिँड्नेहरुको कमी छैन । यही कारणले पनि कस्मेटिक पसलहरुमा व्यापार व्यवसाय वृद्धि भएको देखिन्छ ।

भक्तपुर व्यासीको श्रृङगार कस्मेटिक पसलकी राधाले साउन महिनामा अरु महिनाभन्दा दोब्बर तेब्बरै नै व्यापार हुने बताइन । ‘यो महिना महिलाहरुले आफू सुन्दर बन्न कुनै पनि सामान किन्न कन्जुस्याईं नै गर्दैनन्, जति भन्यो त्यति नै तिरेर सामान लान्छन् । अझ फेन्सी प्रकारको नयाँ के समान आएको छ, त्यसको माग गर्छन’,उनले भने ।

उनका अनुसार अरुबेला दैनिक दैनिक रु आठदेखि १५ हजारको श्रृङ्गारका सामग्री बेच्ने कस्मेटिक पसलले साउनमा मेहेन्दी, पोते र चुरामात्र दैनिक २५ देखि ५० हजारसम्म व्यापार गर्दछन् ।

साउन महिनाका लागि असारको पहिलो हप्तादेखि नै सामान सङ्कलन गर्नुपर्ने राधाले बताइन । ‘असार शुरु भएसँगै साउनका लागि सामानको जोहो गर्न सके राम्रै व्यापारसँगै कमाइ पनि हुन्छ’, उनले भने । साउन महिनामा हरियो चुरा र मेहेन्दी लगाउने एउटा परम्परा जस्तै बनिसकेको छ । हिन्दू संस्कार मान्ने खस आर्य समुदायका महिलाले मात्र होइन अन्य जातजाति, समूहका महिलासमेत यस परम्परामा जोडिएका छन् । हिन्दू धर्मावलम्बीहरुले भगवान् शिवको पूजा आराधना गरी व्रत बस्ने परम्परा भएकोले पनि साउन महिनालाई धर्म र संस्कृतिको पवित्र महिनाका रूपमा लिइने संस्कृतिकर्मीहरु बताउँछन् ।

यो पनि…
एकलैनी बजारमा ‘साउने व्यापार’
शिवालयहरुमा भक्तजनको भिड (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली