English

‘लालसिंह चड्डा’ को पाँच सेकेन्डको गीत खिच्न ४५ दिन



आमिर खानको फिल्म ‘लालसिंह चड्डा’ आगामी ११ अगस्टमा रिलिज हुँदैछ । फिल्मको निर्माणका यसको कथासँगै संगीत पक्षले पनि महत्वपूर्ण भूमिका खेलेको छ । फिल्मको नयाँ गीत ‘तुर कलेयाँ’ शुक्रबार रिलिज हुँदैछ ।

यो गीत सबैभन्दा लामो सट्स सिक्वेन्समा छ । पाँच सेकेन्डको यो सट्सलाई खिच्न प्राविधिक टिमलाई झन्डै ४५ दिन लागेको थियो । यो गीतको दृश्य कश्मीरदेखि कन्याकुमारीसम्म खिचिएको छ । गीतले भारतको विभिन्न भौगोलिक परिस्थितिहरू र स्थलका तस्विरलाई प्रस्तुत गरेको छ ।

टिमका अनुसार यो गीत सुटिङ भइरहँदा आमिरको घुँडामा निकै दुखाई भएको थियो । उनले दुखाई कम गर्ने औषधि सेवन गरेर सुटिङ गरेका थिए । सुटिङभर आमिरले एक फिजियोथेरापिस्टलाई सँगै राखेका थिए ।

फिल्मको निर्देशक अद्वैत चन्दनले गरेका हुन् । फिल्ममा करीना कपूर खान प्रमुख भूमिकामा छिन् । यो फिल्म हलिउड फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेक हो । यसको अडेप्टेसन अतुल कुलकर्णीले गरेका हुन् । फिल्ममा तेलुगू स्टार नागा चैतन्य अहं भूमिकामा छन् ।

यो पनि…
‘पुष्पा २’लाई ठूलो स्केलमा बनाइँदै
गोविन्दालाई एकसाथ ७५ फिल्मको अफर !



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौं, समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार आरजु गिरी द्वारा दिक्पाल छन्दमा रचित एक मनोभावनात्मक गजल सम्झेर

जमुना शाही ठकुरी एक फेसन डिजाइनरको विद्यार्थी मात्र नभईकन आफूलाई कलाकारितामा पनि हुमिँदै छिन्। सानैदेखि कलाकारितामा रुचि राख्दै उनी आफ्नो

Latest










Popular
Suggested