सकियो धरहरा पुनःनिर्माण, अवलोकनका लागि मंसिर पर्खिनुपर्ने



धरहरा चढेर काठमाडौं शहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अब धेरै समय कुर्नुपर्ने छैन । अहिले ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य पूरा भएर रङ लगाउने कार्य भइरहेको छ ।

मंगलबार टावरको साजसज्जाको सम्पूर्ण काम सकिने छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरका अनुसार अन्य केही संरचना निर्माणको काम सम्पन्न नभएकाले धरहरा तत्काल सर्वसाधारणका लागि भने खुला हुने छैन । त्यसका लागि आगामी मंसिरसम्म समय लाग्ने बताइएको छ ।

बैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा उद्घाटन गर्ने तयारी छ । २०७२ सालको महाभूकम्पबाट धरहरालगायत ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए । भूकम्प गएको तीन वर्षपछि मात्रै यस सम्पदाको पुनःनिर्माणको कामले गति लिएको हो ।

निर्माण कम्पनीले निर्माणको काम दुई वर्षको अवधिमा सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि अहिले टावरको कामले मात्र पूर्णता पाएको छ । समग्र रूपमा अहिले ६० प्रतिशत मात्र काम सकिएको छ ।

निर्माण कम्पनीले निर्माणको काम दुई वर्षको अवधिमा सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि अहिले टावरको कामले मात्र पूर्णता पाएको छ । समग्र रूपमा अहिले ६० प्रतिशत मात्र काम सकिएको छ । धरहरा पुनःनिर्माणका योजना म्यानेजर श्याम श्रेष्ठका अनुसार आफूहरूले प्राधिकरणसँग थप २१ महिनाको समय माग गरेको तर आठ महिना मात्रै थपिएको छ । त्यसकारण थप समयभित्र सबै काम सक्न मुश्किल छ ।

‘धरहरा निर्माणको मुख्य काम सकिन्छ तर सौन्दर्यकरण र पार्किङको काम पनि धेरै रहेकाले फेरि समय थप्नुपर्ने हुन सक्छ,’ म्यानेजर श्रेष्ठले भने । रमन कन्सट्रक्सनले ठेक्का पाएको धरहराको पुनःनिर्माणमा तीन अर्ब ४८ करोड लागत रहेको छ । निर्माणका लागि हालसम्म दुई अर्ब १० करोड रुपैयाँ खर्च भइसकेको छ ।

पहिलाको धरहराभन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो छ, त्यसमा दुई लिफ्ट पनि छन् । साथै एउटा परम्परागत भ¥याङ छ । लिफ्ट र भ¥याङ दुइटै माध्यमबाट धरहरा चढ्न सकिने व्यवस्था गरिने छ । बयालिस रोपनी क्षेत्रफलमा निर्माण गरिएको धरहरामा बगैँचा, संग्रहालय, रङ्गीन जल फोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहने छन् । धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर तथा ४८ फिटको बेश रहनेछ ।

धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर तथा ४८ फिटको बेश रहनेछ ।

धरहरा परिसरमा पार्किङसहित रेष्टुराँ, बगैँचा, पुस्तकालयलगायतका सुविधा हुनेछन् । गोश्वारा हुलाक भएको स्थानमा पार्क बनाउन अहिले उक्त भवन भत्काइसकिएको छ । गोश्वारा हुलाक कार्यालयलाई अहिले बबरमहलको आपूर्ति व्यवस्था विभागको प्राङ्गणमा सारिएको हुलाक सेवा विभागका सूचना अधिकारी यज्ञराज भट्टले जनाए । हुलाकसँगै नेपाल राष्ट्र बैंकअन्तर्गतको टक्सार विभाग पनि विस्थापन भएको छ । टक्सार विभागलाई बबरमहलमै वन विभागसँगै सारिएको छ । पार्कभित्र बस्ने ठाउँ, ढुङ्गेधारा, हरियाली, चमेनागृह हुनेछ । धरहरा परिसरमा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछ ।

बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण भइरहेको छ । पुरातात्विक हिसाबले महत्व बोकेका काठमाडौंलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनःनिर्माण अत्यावश्यक भएको काठमाडौँ महानगरपालिकाको भनाइ छ ।

पार्कभित्र बस्ने ठाउँ, ढुङ्गेधारा, हरियाली, चमेनागृह हुनेछ । धरहरा परिसरमा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछ ।

धरहराको अठारौँ तलामा अवलोकलन कक्ष हुनाका साथै धरहरा परिसरमा म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेष्टुरेन्टका साथै अत्याधुनिक पार्किङको व्यवस्था गरिनेछ । त्यहाँ ३५० गाडी र छ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बनाइँदैछ ।

त्यहाँ रहेको ढुङ्गे धारालाई थप संरक्षण गर्ने तयारीअनुरुप काम भइरहेको म्यानेजर श्रेष्ठको भनाइ छ । ऐतिहासिक ढुङ्गेधारा भएकाले त्यस धारामा निरन्तर पानी बग्ने व्यवस्था गर्न लागिएको छ ।

विगतको ११ तले धरहरा १९९० सालको भूकम्पको कारण क्षतिग्रस्त भएपछि नौ तला रहेको थियो । ऐतिहासिक धरोहर धरहरा सन् १८३२ मा भीमसेन थापाले निर्माण गरेका हुन् । रासस



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । शुक्रबारदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै काठमाडौंसहित देशभरका चलचित्र हलहरु बन्द भए । करिव ५ महिना बन्द भएका हलहरु काठमाडौं

सामान्यतया मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र दिमागमा भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई स्ट्रोक अर्थात् पक्षघात भनिन्छ । पक्षघात हुँदा

डा.वासुदेव कृष्ण शास्त्री हरेक चाड–पर्वको आ–आफ्नै महत्व र विशेषता हुन्छ । हरेक पर्व मनाउनुको पछाडि त्यसको धार्मिक, सांस्कृतिक, सामाजिकसँगै वैज्ञानिक