English

आफ्नै नाममा उठेको राहत रकममै आहत भए पीडित



सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सीमानामा ०७१ साउन १७ बिहान ३ बजे ठूलो पहिरो गयो । जुरेको बस्तीमाथिबाट पहाड खस्दा सिङ्गो बस्ती पुरियो भने एक सय ४५ जनाको ज्यान गयो, सयौँ परिवार विस्थापित भए ।

आठ वर्षअघिको पहिरोले जुरेकी सरिता तामाङको परिवार पनि विस्तापित बन्यो । उनी विदेशमा र श्रीमान भ्यान लिएर तातोपानी बोर्डर पुगेकाले बाँचेका थिए । तर, उनीले सासुससुरासँगै दुई छोरी र एक छोरा पहिरोमा गुमाए । घटनालगत्तै सरिता नेपाल आएकी हुन् ।

हुर्कदै गरेका बालख छोराछोरी गुमाएर आफूहरू बाँच्नु परेको पीडाले उनीहरूलाई निकै सताउँछ । उनीहरू भन्छन्, ‘बुढेसकालमा टेक्ने लौरो गुमाउनुपर्यो । जत्तिबेलै यो पीडाले पोलिरहन्छ ।’ घटना सम्झिनासाथै सरिताको आँखा आँशुले भरिन्छ ।

सरिताले एक सन्तानलाई जन्म पनि दिएकी छिन् । उनकी छोरी अहिले चार वर्षकी भइन् । सरिता यही छोरीसँग खेल्दै, रमाउँदै विगतका पीडालाई भुल्ने प्रयत्न गर्छिन् ।

जीवन धान्न धेरै गाह्रो छ, टहराको बास छ । सरकारले बासको व्यवस्था गरिदिए हुन्थ्यो । त्यति पनि गर्न नसके हाम्रो नाममा आएको राहत रकम बाँडिदिए पनि हुने ।

पहिरोले जायजेथा बगेको दृश्य बिर्सन खोजे पनि यहाँका पहिरो पीडितहरूले बिर्सन सकिरहेका छैनन् । पहिरोपछि उनीहरूको बासस्थान टहरोमा भएको छ । सरिता भन्छिन्, ‘जीवन धान्न धेरै गाह्रो छ, टहराको बास छ । सरकारले बासको व्यवस्था गरिदिए हुन्थ्यो । त्यति पनि गर्न नसके हाम्रो नाममा आएको राहत रकम बाँडिदिए पनि हुने ।’

यस्तै, सरस्वती बोहोराको पनि जुरे पहिरोले घरदेखि खेतबारी पहिरोमा परेको थियो । उनको परिवार सुकुम्बासी जस्तै भएको छ । उनीहरू अहिले अरनिको राजमार्गको किनारामा भुकम्प पीडित अनुदानबाट आएको पैसाले टहरा बनाएर बसिरहेका छन् । तर, बर्खामा सुनकोसी नदी उर्लिएर आउँदा किनारैमा रहेको टहरो बगाउला की भन्ने पिरलो परिरहन्छ ।

पहिरोपीडित सुनकोसीमा पानी बढ्दा तर्सिन्छन्

सुनकोसीमा पानीको सतह बढ्नासाथै उनीहरू पोकापन्तरा बोकेर खुल्ला पाखातिर लाग्छन् । पहिरोले उठिबास लगाएका यहाँका विस्थापितलाई अहिले पनि सुनकोसी बाढीको त्रास छ ।

यता, जुरे पहिरो पीडितको नाममा संकलित रकम आठ वर्षसम्म सरकारी खातामा मै रोकिएको छ । दैनिक गुजार चलाउन मुस्किल भएको बेला आफ्नो लागि संकलन भएको रकम नपाएकोमा दुःख लागेको बताउँछिन बिनिता लामा । पहिरो पीडितका लागि तत्काल विभिन्न देशमा रहेका व्यक्ति तथा गैरसरकारी निकायबाट दुई करोड २४ लाख रुपैयाँ सहयोग जम्मा भएको थियो ।

जुरे पहिरो पीडितलाई पनि भुकम्प पीडित सरह मानेर सरकारले आवास निमार्णको लागि तीन लाख रकम दिएको थियो । म्याग्नेसाईट उद्योगमा बस्दै आएका पीडितलाई घर बनाउन आवश्यक जग्गा व्यवस्थापन गर्न भने सरकारले सकेन । यति लामो समय हुँदा पनि वास्तविक पीडित को को हुन् भन्ने निक्र्याैल स्थानीय तहले गर्न सकेन् । १४ मंसिर ०७६ को मन्त्रीपरिषद्को निर्णयले पहिरोपीडितलाई भूकम्पपीडितसरह रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।

पहिरो पीडितको नाममा संकलित रकम पीडितलाई दिलाउन पहल भइरहेको विपद् व्यवस्थापन समिति, सिन्धुपाल्चोक फोकल पर्शन श्यामकृष्ण श्रेष्ठले बताए । आठ वर्षअघि नै वितरण हुनुपर्ने रकम समयमै वितरण हुन नसक्दा पीडित अन्योलमा परेका छन् । लामो समय बितिसक्दा पनि पीडितको समस्या भने ज्यूँका त्यूँ छ ।

यो पनि…
पल्लोटारीका पहिरोपीडित दुई वर्षदेखि टहरामै
मनाङ बाढीपहिरोको एक वर्ष : पीडितलाई बासकै चिन्ता



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested