English

सेयर बजारमा पुनः सुधार



साताको पहिलो कारोबार दिनको उच्च अंकको वृद्धिपछि दुई कारोबार दिन घटेको सेयर बजार बुधबार पुनः सुधार भएको छ। बुधबार नेप्से परिसूचक ४१.३९ अंक बढेर १९६२.७१ विन्दुमा पुगेको हो।

त्यस्तै, आज सेन्सेटिभ इण्डेक्स ६.५५ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६७ अंक बढेको छ।

कारोबार रकममा पनि केही सुधार भएको छ। अघिल्लो कारोबार दिन १ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२८ स्टकको २९ हजार ४३४ पटकको कारोबारमा १ अर्ब ४३ लाख १४ हजार रुपैयाँ बराबरको ४३ लाख ८६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आँधीखोला लघुवित्त वित्तीय संस्था र सिवाईसी नेपाल लघुवित्तको शेयर यस दिन १० प्रतिशत बढेको हो। हकप्रद निष्काशन गर्न बोर्डबाट अनुमति पाएको बरुण हाइड्रोपावरको सेयरमूल्य आज ९.४५ प्रतिशत बढेको छ। त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंक, ग्रीन भेन्चर्स, नेपाल पुनर्बीमा कम्पनी र युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ। आज १२ स्टकको मात्र मूल्य घटेको छ।

बुधबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ६.५६ प्रतिशत बढेको छ। आज विकास बैंक र वित्त उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
बुधबार सेयर बजारमा उल्लेख्य सुधार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested