English

सेयर बजारमा अस्थिरता



सेयर बजार सोमबार अस्थिर देखिएको छ । आज नेप्से सूचक २३.८५ अंकले घटेर १९३३.१३ विन्दुमा अडिएको छ । आज सेन्सेटिभ इण्डेक्स ७.०२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६४ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। यस दिन २२९ स्टकको ४३ हजार १२२ पटकको कारोबारमा २ अर्ब ४ करोड ४८ लाख ३१ हजार रुपैयाँ बराबरको ५६ लाख ४१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

नेप्से ओरालो लागेपनि यस दिन दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज सिवाईसी लघुवित्त र न्यादी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, लाइफ इन्स्योरेन्स कर्पोरेशनको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन उन्नती सहकार्य लघुवित्तको शेयरमूल्य १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज नागरिक लगानी कोष शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १५ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसैगरी, आज हिमालयन डिष्टिलरीको यस दिन ९ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।

सोमबार १३ उपसमूहमध्ये दूई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। आज लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी, विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक ३.५१ प्रतिशत घटेको छ भने वित्त, होटल तथा पर्यटन, जलविद्युत, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
बुधबार सेयर बजारमा उल्लेख्य सुधार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested