English

सेयर बजारमा उछाल



आइतबार सेयर बजारमा उछाल आएको छ । समग्रमा ५.१० प्रतिशतले बढेको बजारमा नेप्से परिसूचक ९४.९२ अंकले बढेर १९५६.९८ को बिन्दूमा पुगेको छ । कुल २३० कम्पनीको सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा आइतबार २१ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबारमा आएका सबै कम्पनीको सेयर मूल्य बढ्दा कुल कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ । आइतबार २ अर्ब १९ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भयो । विकास बैंक उपसमूह सबै भन्दा धेरै ८.३० प्रतिशतले बढ्यो भने फाइन्यन्स, हाइड्रोपावर र व्यापार उपसमूहमा पनि ७ प्रतिशतमाथिको बृद्धि देखिएको छ ।

आज कुमारी बैंक सबै भन्दा धेरै कारोबार हुने कम्पनी बन्यो । उक्त कम्पनीको ४ लाख २९ हजार ५०१ कित्ता सेयर दोस्रो बजारमा ८६ करोड ४३ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भयो ।

हिमालयन डिष्टीलरीको ८३ करोड ७९ लाख, ङ्यादी ग्रुप पावरको ८३ करोड ३५ लाख र नबिल बैंकको ६७ करोड मूल्य बराबरको सेयर खरिद बिक्री भयो ।

दोस्रो बजारमा कुनै पनि शेयरको मूल्य नघटेको दिन आइतबार डिबेन्चरको मात्र मूल्य घटेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक डिवेन्चर २०८४, एनआइसी एशिया डिभेन्चर २०८५ र आइसी एफसी डिभेन्चर २०८३ को मूल्य २ प्रतिशत हारहारीले घटेको छ ।

यो पनि…
एक अर्ब २३ करोडभन्दा बढीको सी–फुड आयात
बुधबार सेयर बजारमा उल्लेख्य सुधार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested