English

किन अवरुद्ध भयो रामकुमारीको गला ?



माननीय रामकुमारी झाँक्री ज्यू,

तपाईको आँसुको आशय के थियो ? संयोगले वा नियतवश पत्रिकाले तपाईको अनुहार छाप्यो । तपाईं परिचित हुनुभयो । आन्दोलनकारी लाखौँ थिए । तिनको योगदान तपाईंको भन्दा हजारौँ गुणा बढी थियो । मौकामा हान्न जान्ने तपाईं मन्त्री हुनुभयो । तपाईभन्दा योग्य र त्यागी लाखौँ अरू पनि त छन् । तिनीहरू तपाईं मन्त्री हुँदा कोही रोएनन् । तपाईं मन्त्री हुँदा कतै शोकसभा राखेको खबर छापिएन । तपाईविरुद्ध नाराजुलुस लागेको दृश्य पनि टिभीमा देखाइएन ।

राजतन्त्रको अन्त्यका लागि लड्ने हजारौँ योद्धा बलिदानी अनि सहिदको रगतको बलमा तपाईं मन्त्री हुनुभएको हो । तपाईलाई याद छ कि सम्झाउनुपर्छ ?

तातो मायाको अन्त्य पनि चाँडो र चिसो हुन्छ । यो तपाईलाई भन्दा बढ्ता अनुभव मलगायत धेरै युवामा छ । हतारको यात्रामा हिँडेकाहरूमध्ये तपाईं पनि एक हुनुहुन्छ ।

अब तपाईलाई राजतन्त्रविरोधी आन्दोलनतर्फ फर्काउँछु । त्यतिबेला म १७ वर्षको थिएँ । भर्खर विद्यार्थी राजनीतिमा जोडिएको थिएँ । आन्दोलनको भिडमा म पनि राजतन्त्रविरोधी नारा घन्काइरहेका थिएँ । शिरमा पट्टी बाँधेर राजतन्त्रको पतनका लागि आन्दोलनरत हजारौँको भीडबाट ढुंगामुढा गर्ने दशौँ हजार आन्दोलनकारीमा तपाईलाई नै किन देख्यो क्यामेराले ?

यसको जवाफ तपाईसँग छैन होला पनि । राजतन्त्रको अन्त्यका लागि लड्ने हजारौँ योद्धा बलिदानी अनि सहिदको रगतको बलमा तपाईं मन्त्री हुनुभएको हो । तपाईलाई याद छ कि सम्झाउनुपर्छ ?

जनताको नासो जनतामा …. भनिरहँदा ज्ञानेन्द्र न बेहोस भए न त उनले मानसिक सन्तुलन गुमाए । सत्ताबाट लखेटिनुपर्दा उनी हतास पनि देखिएनन् ।

१८३१ सालदेखिको राजतन्त्र ढल्यो । राजगद्दी त्याग्दा राजपरिवारका कुनै सदस्यको आँखामा आँसु देखिएन र देखाइएन । कसैको गला अवरुद्ध भएको सुनिएन । राष्ट्रका नाममा सम्बोधन गरिरहेका ज्ञानेन्द्रको गलामा कम्पन, अनुहारमा भग्नावशेष, ग्लानी, कुन्ठा आदि झल्किएको थिएन ।

जनताको नासो जनतामा …. भनिरहँदा ज्ञानेन्द्र न बेहोस भए न त उनले मानसिक सन्तुलन गुमाए । सत्ताबाट लखेटिनुपर्दा उनी हतास पनि देखिएनन् । सम्झनुस् त हजारौँ योग्य, क्रान्तिकारी, सक्षमहरूलाई पछि पारेर तपाईं मन्त्री हुनुभएको थियो । त्यो बेलाको विजयी मुस्कान आजसम्म सम्झन्छु तपाईंको ।

माननीय रामकुमारी झाँक्रीज्यू,

तपाईभन्दा लाखौँ योग्य र त्यागी सत्ताबाहिर आफ्नो त्यो एकदिनको पर्खाइमा छन् । देश परिवर्तनका पक्षमा, रूपान्तरणका पक्षमा क्रान्ति गर्नेलाई भावुक हुने अधिकार छ ? ढंगले एउटा विषयमा सही तरिकाले काम गर्न नजान्ने, बोल्न नजान्ने तपाईं सहरी विकासमन्त्री हुनु मात्र संयोग थियो ।

राज्यको सर्वाङ्गीण विकास र समग्र रूपन्तरणका लागि जीवन उत्सर्ग गर्ने योद्धा, क्रान्तिकारी वा त्यागीलाई दुख्यो त्यसैले रोएँ भन्ने अधिकार हुन्न ! नत्र, गुमाएका सबैको भर्पाइ दिन तयार हुनुहोस् ।

योग्यता, क्षमता र राजनीतिक योगदानमा तात्विक भिन्नता छन् । फरक कुरा हुन् । अँ, तपाईं किन रुनुभयो ? किन अवरुद्ध भयो तपाईको गला ? कि राजतन्त्रलाई सम्झनुभयो ? कि पुरानो पार्टी एमालेलाई सम्झनुभयो ? कि आफ्नै नजरबाट झरेको महसुस भयो र झार्नुभयो आँसुलाई पश्चातापले ?

राज्यको सर्वाङ्गीण विकास र समग्र रूपन्तरणका लागि जीवन उत्सर्ग गर्ने योद्धा, क्रान्तिकारी वा त्यागीलाई दुख्यो त्यसैले रोएँ भन्ने अधिकार हुन्न ! नत्र, गुमाएका सबैको भर्पाइ दिन तयार हुनुहोस् ।

–दुर्गाप्रसाद खनाल

याे पनि :
कोटेश्वरमा माधव नेपाल र मन्त्रीहरुबीच चर्काचर्की, बाहिरिन दुई शर्त
वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै, यी हुन् केन्द्रीय सदस्यहरू 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली