English

‘हामीले ‘फुल फेज’को दोहोरो नागरिकताको माग गरिरहेका छौँ’



बहुपदीय प्रणालीमा सहमति भएसँगै गैरआवासीय नेपाली संघ(एनआरएनए)मा पहिलो कार्यकारी अध्यक्ष भएका हुन्, कुल आचार्य। एनआरएनएको इतिहासमै पहिलोपटक बनेको यो जम्बो कार्यसमितिलाई उनले नेतृत्व गरेको झन्डै चार महिना भइसकेको छ। अब उनीपछि रविना थापा कार्यकारी अध्यक्ष हुनेछिन् र अन्तिममा डा.वद्री केसी कार्यकारी अध्यक्ष भएर एनआरएनए चलाउनेछन् । नेतृत्व सम्हालेसँगै देश–विदेश दौडाहामा रहेका कार्यकारी अध्यक्ष  कुल आचार्यलाई केही प्रश्नहरू गरिएको छ ।  

भागबण्डाको टेकोमा एनआरएनए कहिलेसम्म अडिएला ?

अब धेरै पछाडि फर्किएर नजान म मिडियाका साथीलाई आग्रछ गर्छु । गएको महाधिवेशन समयमा हुन नसक्नु, गैरआवासीय नेपाली–नेपालीबीच ठूलो वादविवाद भएको कुरा जगजाहेर नै छ । तर, यो संस्था संसारभरिका नेपालीले चाहेको संस्था हो, यसलाई नेपालमा बस्ने नेपाली र सरकारले पनि चाहेको छ ।

भित्री आत्मदेखि नै संस्थालाई राम्रो बनाउछौँ भनेर अगाडि बढिरहेका छौँ । जिन्दगीको त ग्यारेण्टी छैन भने भोलि के हुन्छ भन्ने ग्यारेण्टी मैले गर्न सक्दिनँ ।

यो संस्थालाई वादविवादमा मात्रै राख्नु हुँदैन भनेर हामी आम सहमतिका आधारमा बहुपदीय प्रणाली अपनाएका हौँ । त्यो पनि एक पटकको लागि मात्रै हो । यो २०२३ को अक्टोवरसम्म मात्रै हो । त्यसपछि अधिवेशन हुन्छ । यस्तो व्यवस्था अहिलेको कार्यकालका लागि मात्र रहन्छ भन्ने मेरो पूर्ण विश्वास हो । 

भविष्यमा ‘नजिर नबस्ने’ गरी गलत प्रणाली बसालिएको छ । यो नजिर नै स्थापित हुने सम्भावना पनि त होला ?

भोलि के हुन्छ भनेर अहिले नै भविष्यवाणी नगर्न म अनुरोध गर्न चाहन्छु । भित्री आत्मदेखि नै संस्थालाई राम्रो बनाउछौँ भनेर अगाडि बढिरहेका छौँ । जिन्दगीको त ग्यारेण्टी छैन भने भोलि के हुन्छ भन्ने ग्यारेण्टी मैले गर्न सक्दिनँ । तर, यत्ति मात्रै के भन्न चाहन्छु भने चोखो, पवित्र मनले यो संस्थालाई राम्रो बनाउनका लागि २०२३ मा अधिवेशन गर्नुपर्छ । र, एकचोटीका लागि मात्रै बनाइएको यो बहुपदीय प्रणालीलाई यही कार्यकालमा मात्रै सीमित राख्नुपर्छ । यही कुरा म दृढ विश्वासका साथ भन्न चाहन्छु ।

आगामी चुनाव विवादरहित हुन्छ भन्ने आधार के के छन् ?

जसरी पनि हामीले निष्पक्ष र विवादरहित रुपमा २०२३ को अक्टोबरको ११ मा चुनाव गर्ने भनेर निर्णय नै गरिसकेका छौँ । अधिवेशनमार्फत प्रजातन्त्रिक प्रक्रियामा निर्वाचन गरेर नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्नेर्छौं ।

तपाईंहरू फुटको संघारमा पुगेको एनआरएनएलाई जोगायौं भनेर गर्व गरिरहनु भएको छ । तर, दुई कार्यकाल अध्यक्ष भइसकेका शेष घलेले छुट्टै एनआरएनए गठन गर्नुभयो । कसरी जोगियो त ?
 
हामीले यसमा पनि धेरै मेहनत गरेका हौँ । धेरै प्रयास गरेका थियौँ । सबैलाई एकै ठाउँमा राख्न सबैभन्दा बढी प्रयास कुल आचार्यले गरेको हो । चाहे त्यो हिमालय होटलमा सबै पूर्वअध्यक्षलाई राखेर बैठक गर्ने कुरा होस्, चाहे त्यो आईसीसी (केन्द्रीय समिति) ले निर्णय गरेर शेषजीकै नेतृत्वमा यो समस्याको समाधान गर्ने भनेर पूर्वअध्यक्षहरूको संरक्षक समिति बनाउने कुरा होस् । 

भोलि आउने भावी पिँढीको पनि जिम्मेवारी हो । अहिले केही असन्तुष्टि छ । उहाँहरूको त्यो असन्तुष्टिलाई पनि सकभर एकैठाउँ राखेर अभियानमा सँगै भएर अगाडि जानुपर्छ भन्ने प्रयासमा छौँ । 

हामी हाम्रो लेवलमा यो संस्थालाई एकै ठाउँमा राख्ने सन्दर्भमा कति प्रयास गर्यौँ भन्ने कुरा र, यो संस्थामा अग्रजहरूलाई सम्मान गर्दै यो अभियानलाई एकै ठाउँमा राखेर अगाडि जानुपर्छ भनेर हामीले प्रयास गर्यौं। तर, पनि कुरा के भने केही असहमति छन् । 

दुई पटकसम्म अध्यक्ष भइसकेका डा. शेष घलेको कुरा तपाईँले कुरा गर्नुभयो, उहाँले संस्थालाई एउटा उचाइमा पुर्याउनुभयो । उहाँले एनआरएनएमा ठूलो लगानी गर्नुभएको छ । सोच्नुपर्ने कुरा यहाँनेर के छ भने हामीले बनाएको संस्था, यो संस्था अझ बलियो कसरी बनाउने भन्ने हामी सबैको कर्तव्य हो– पूर्वअध्यक्षहरू र , अहिलेका अध्यक्ष सबैको । र, भोलि आउने भावी पिँढीको पनि जिम्मेवारी हो । अहिले केही असन्तुष्टि छ । उहाँहरूको त्यो असन्तुष्टिलाई पनि सकभर एकैठाउँ राखेर अभियानमा सँगै भएर अगाडि जानुपर्छ भन्ने प्रयासमा छौँ । 

तपाईंले भन्न खोज्नु भएको जस्तो संस्था त्यसरी फुटेको छैन । तपाईँहरूले पनि त्यसरी संस्था फुट्यो भनेर नभनिदिनुहोस् । हामी अझै पनि एकै ठाउँ बसेर संस्थालाई अघि बढाउन चाहन्छौँ ।


महाधिवेशन अघि नेतृत्व हत्याउन किचलो मच्चिरहेको बेला तपाईं आफैँ शेष घलेसँग हुनुहुन्थ्यो । उहाँलाई गुरु मानेर आफ्नो अभियानलाई निरन्तरता दिनुभयो । अनि अन्तिम समयमा तपाईँले सुटुक्क सहमति गरेर घलेज्यूलाई एक्लो बनाउनु भयो । उहाँको समूहलाई फुटपरस्त गतिविधि गर्न नदिने र संस्थापन पक्षमा फर्काउने दायित्व तपाईँको पनि हो । के गरिरहनुभएको छ त ?

अघि नै भने नि मैले, संस्थालाई एक बनाउन हरप्रयास गरेँ भनेर । त्यो परिणाम पनि मैले देखाएँ । पूर्वअध्यक्षहरूलाई एकै ठाउँ राखेर चार घण्टासम्म कसले बैठक गर्यो त ? त्यो मैले नै गरेको थिएँ । त्यो दायित्व पूरा गरेँ भन्ने मैले अनुभव गर्छु । अन्तर्राष्ट्रिय कमिटीले एकरुपताका साथ किन निर्णय गर्यो त ?

त्यत्तिबेला प्रमुख संरक्षक शेष घलेको नेतृत्वमा विवाद समाधान गर्न समिति बनाइयो । त्यो मैले गर्दा नै हो । त्यसमा कसले कमजोरी गर्यो भन्ने छुट्याउने बेला आउला । तर, कुल आचार्यले गरेको प्रयास त त्यत्तिबेलादेखि नै जगजाहेर छ नि । म के भन्न चाहन्छु भने भोलि सबैको विचार एउटै हुँदैन । म भन्ने गर्छु कुण्ड–कुण्ड पानी, मुण्ड–मुण्ड विचार । 

विचारमा फरक हुनसक्छ । यो समस्या कसको हो भन्ने कुरा जगजाहेर छ । त्यसले गर्दाखेरि हामी हिजो पनि मिलाउन लागेका थियौँ, आज पनि लागेका छौँ र भोलि पनि त्यो प्रयास निरन्तर रहनेछ । कहिलेसम्म भन्ने कुरा, जुन दिनसम्म हामी एकै ठाउँमा हुँदैनौँ । 


घले समूहले एनआरएनएकै नाममा समानन्तर रुपमा गतिविधि गरिरहे त्यसलाई रोक्न तपाईं र संस्थाको कदम के हुन्छ ?

संस्थाले के रोक्नु पर्‍याे ? १० महाधिवेशनमा भएको सहभागिता, हामी जहाँ रजिष्ट्रर छौँ, त्यसले गरेको प्रमाणीकरण र हिजो मात्र आयोजित कार्यक्रम (र्याडिसन होटल) मा प्रधानमन्त्री, परराष्ट्रमन्त्रीदेखि नेपाल सरकारका सबै क्षेत्रका उच्च पदाधिकारीको सहभागिता । गैरआवासीय नेपाली संघका मुद्दामा नेपाल सरकार, सबै राजनीतिक पार्टी र बाहिर बस्ने सबै नेपाली एकै ठाउँमा लागि राखेको अवस्था छ भने अब त्यसमा अलमल हुने ठाउँ नै छैन ।

एक ठाउँमा बसेर काम गरेका सबै मित्र साथीहरू हुनुहुन्छ । केही असन्तुष्टिहरू हिजो मेरा पनि थिए । तर, पनि म संस्था बचाउनुपर्छ भनेर लागिरहेँ ।  ती साथीहरू पनि संस्था बचाउनुपर्छ भनेर लाग्नुपर्छ ।

गैरआवासीय संघमा भोलि कानुनी रुपमा पर्‍याे भने हेरौँला, गरौँला । त्यो आफ्नो ठाउँको कुरा छ । तर, म अहिले नै यो स्टेजमा पत्र लेख्छु, यो गर्छु त्यो गर्छु भन्न चाहन्नँ । म अहिले तपाईंको मिडियामार्फत झुटो बोल्न चाहन्नँ । अहिले पनि हामीले संवाद गरिरहेका छौँ । एक ठाउँमा बसेर काम गरेका सबै मित्र साथीहरू हुनुहुन्छ । केही असन्तुष्टिहरू हिजो मेरा पनि थिए । तर, पनि म संस्था बचाउनुपर्छ भनेर लागिरहेँ ।  ती साथीहरू पनि संस्था बचाउनुपर्छ भनेर लाग्नुपर्छ । अहिले एकैठाउँ बसेर काम गर्नुपर्छ भन्ने सवालमा छलफल भइरहेको छ, त्यो छलफलले सार्थकता पाउँछ भन्ने मैले विश्वास लिएको छु ।

तपाईंले संस्थाको नेतृत्व गरेको पनि चार महिना भइसकेको छ । जम्बो समिति परिचालन गरेर काम गर्न कत्तिको सहज छ त ?

अझै चार महिना पुगिसक्या छैन । मार्चको अन्तिममा दशौं महाधिवेशन गरेका थियौँ । तपाईँहरूले देख्नु भएको छ, मिडियाबाट पनि सुन्नु भएको छ। यो बीचमा पनि धेरै कामहरू भएका छन् । 

जुन दुईवटा ध्रुवमा उभिएका हामी एनआरएन साथीहरूबीच सहमति भयो । त्यसपछि सामूहिक रुपमा मिलेर संस्थालाई चलाइरहेका छौँ । यो अभियानलाई बचाउन पर्छ भनेर हामी अगाडि बढेका हौँ । हामी अहिले संसारभर रहेका नेपालीहरूका मुद्दालाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर लागिरहेका छौँ । १७–१८ वर्षसम्म हामीले छलफल गरेका मुद्दालाई कसरी तार्किक निष्कर्षमा पुर्याउने भनेर काम गरिरहेका छौँ । 

त्यस्तो के काम गर्नु भयो ? 

यसमा प्रश्न गर्नुपर्छ भन्ने ठान्दिनँ । त्यो त हामीले व्यवहारमै देखाएका छौँ । तपाईँहरूले लेखिरहनु भएको छ, सुनिरहनु भएको छ । मिडियाका साथीहरूले अहिले अगाडिका कुरा धेरै कोट्याएर हाम्रा सुकिसकेका घाउबाट रगत निकाल्ने काम नगर्नुहोस् । गैरआवासीय नेपालीका मुद्दा सम्बोधन गर्न हामी सामूहिक रुपमा अघि बढिरहेका छौँ । हामीले झैझगडा भन्ने चीज त भुलिसक्या छौँ । तपाईँहरूले पनि सकभर भुलिदिएर हामीले गर्न खोज्या कामलाई सहयोग गर्दिनुभयो भने न्यायोचित हुन्छ ।

१७–१८ वर्षसम्म छलफल भएका मुद्दा टुङ्गिने प्रक्रियामा छन् भन्नुभयो । के कस्ता मुद्दा हुन् ? 

हामीले चार वटा विषयलाई लामो समयदेखि छलफल गरेका थियौँ । जस्तै–पहिलो, गैरआवासीय नेपालीलाई नागरिकता । यसमा सरकारले संविधानमा गैरआवासीय नागरिताको सम्बोधन गरिसकेको छ । यो विधेयक संसदबाट पास हुने क्रममा छ । तर, अहिले पनि हामीले ‘फुल फेज’को दोहोरो नागरिकताको माग गरिरहेका छौँ । यसका लागि निरन्तर पहल हुनेछ ।

दोस्रो– लगानी । जुन अहिले संसारभरबाट नेपालीले नेपालमा डलर खाता खोल्न र सञ्चालन गर्न पाउने व्यवस्था भएको छ । अहिले गैरआवासीय नेपालीले पनि नेपालमा रहेका नेपालीसरह सर्व–सुलभ तरिकाले लगानी गर्नसक्ने र कमाएको पैसा आफू बसेको ठाउँमा फिर्ता लैजाने वातावरण बनाउन हामीले काम गरिरहेका छौँ।

तेस्रो– वैदेशिक रोजगारमा रहेका नेपालीलाई सामाजिक सुरक्षामा समेट्ने । यो प्रक्रिया पनि लगभग अन्तिम चरणमा छ । हामीले सामाजिक सुरक्षा कोषका पदाधिकारीसँग छलफल गरिरहेका छौँ । सामाजिक सुरक्षा कोष र गैरआवासीय नेपाली संघ मिलेर कार्यविधि तयार पार्दै छौँ । सम्भवतः अबको केही समयमै कार्यविधि तयार भएर कार्यान्वयनमा आउँछ ।

चौथो– विदेशमा बस्ने नेपालीलाई मताधिकार । यस विषयमा पनि हामीले निरन्तर पहल गरिरहेका छौं । छिट्टै कार्यान्वयन गर्न चुनौती भए पनि सरकार यो विषयमा सकारात्मक छ । केही समयमा यो माग पनि सम्बोधन हुनेछ । यसमा निर्वाचन आयुक्तले पनि यो काम सुरुवात हुन्छ भनेर वचन दिनुभएको छ । र, अर्को भूपू गोर्खाहरूको मुद्दामा पनि हामी निरन्तर लागिरहेका छौँ । यसरी हामीले १८ वर्षदेखि उठाउँदै आएका माग कहिँ न कहिँबाट सम्बोधन हुने चरणमा छन् ।


तपाईंलाई संस्थामा एकलौटी ढंगबाट काम गर्यो भन्ने आरोप पनि छ । कार्यसमितिका पदाधिकारीसँग छलफल नै नगरी आफूखुसी संस्था चलाउने मुडमा हुनुहुन्छ र ?

मैलै आलोचनालाई स्वाभाविक लिन्छु । साथीहरूले मलाई सजग गराउनुभयो भने मलाई खुसी पनि लाग्छ । म उहाँहरूलाई धन्यावाद दिन चाहन्छु । मैले पनि संस्थामा कुनै गल्ती गर्न चाहान्नँ । म संस्थागत रुपमा काम गर्न चाहन्छु । भलै म सचेत हुँदै साथीहरूलाई के भन्न चाहान्छु भने तपाईँहरू पनि पदमा हुनुहुन्छ आउनुहोस् मिलेर काम गरौँ, केही गर्नुहोस् । आफूले काम पनि नगर्ने अरुले काम गर्न खोज्यो भने विभिन्न बखेडा झिक्ने प्रवृत्ति अहिले पनि छ । अब यस्तो खुट्टा तान्ने गर्न हुँदैन, नगरौँ । यो काम गर्ने बेला हो, बखेडा झिक्ने बेला होइन। 

त्यसोभए तपाईंले ‘ओभरट्याक’ गर्नुभएको छैन ?

छैन । र, गर्दिनँ पनि । म सामूहिक नेतृत्वबाट काम गर्ने व्यक्ति हुँ । मेरो व्यक्तिगत हित र व्यवसायको फाइदाको लागि कुनै काम गरेको छैन । संस्थालाई राम्रो बनाउन काठमाडौंमा आफ्नो खर्च गरेर खटिरहेको छु । मैले अहिले राइट टाइममा हिट गरिरहेको छु । यो साथीहरूलाई पचेको छैन । साथीहरूलाई आफ्नो जिम्मेवारी पूरा गर्नुभएको छ कि छैन त्यो एक पटक ऐनमा हेर्न आग्रह गर्छु ।

एनआरएनले गफ ठूला–ठूला गर्छन्, काम शून्य छ भन्ने आरोप छ । किन लोकप्रियमात्र हुन खोज्नुभएको ?

के काम पूरा भएन भन्नुहोस् न मलाई । बोलेको काम नगरेको देखाउनुहोस् एउटा उदाहरण । एनआरएनए के सचिवालय बनाएन यहाँ ? लाप्राकको नमुनावस्ती बनाएन ? शंखमुल पार्क बनाएन ? कोभिड महामारीमा सहयोग गरेन ? विदेशमा बस्ने नेपालीलाई सहयोग गरेन ? ठूला–ठूला लगानी ल्याउन काम गरेन ? कुरा मात्रै गरेर हुन्छ ? गैरआवासीय नेपाली संघले बोलेका कुरा के गरेको छैन, त्यसको उदाहरण ल्याउनुहोस् अनि म प्रश्नको उत्तर दिउँला । 


एनआरएनएका नेताहरू किन नेपाली राजनीतिक दलसँग भुतुक्कै हुन्छन् ? विदेशमा बसेर पनि नेपाली राजनीतिसँग किन टाढा हुन नसक्नुभएको ?

तपाईंले सोध्नै नपर्ने प्रश्न गर्नुभयो । वास्तवमा भन्ने हो भने, हामी एनआरएनहरू राजनीतिसँग नजिक नभएको भए हामीले उठाएका कुनै पनि माग सम्बोधन हुने थिएनन् । ठूला–ठूला कार्यक्रमहरू गर्न सम्भव थियो ? राजनीतिसँग नजिक थियौँ र त आज आएर हामीले उठाएका मागहरू पूरा हुँदैछन् ।

मेरो सपना भनेको १७–१८ वर्षदेखि गैरआवासीय नेपाली संघले उठाउँदै आएका मागहरूलाई जसरी पनि पूरा गर्ने हो ।  विदेशमा रहेका सारा नेपालीलाई नेपालको विकास र समृद्धिमा जोड्ने चाहना हो।

हाम्रा माग पूरा होउन् भनेर हो राजनीतिक पार्टीसँग नजिक भएको । अरु केही होइन । राजनीतिक पार्टीसँग नजिक भएकै कारण गैरआवासीय नेपालीका मुद्दा ‘सटआउट’ हुँदैछन् । यसलाई नकारात्मक रुपमा किन हेर्ने ? नेपालका राजनीतिक दलसँग नगरे हाम्रा मुद्दा कोसँग छलफल गर्ने त ? तपाईँ आफै भन्नुहोस् हामीले को–सँग सहकार्य गर्ने ? नेपालमा केही गर्नका लागि सम्बन्ध बनाउने भनैको राजनीतिक दलसँग हो । 

यही राजनीतिकै कारणले एनआरएनए पनि सकिँदै छ भन्ने टिप्पणी पनि सुनिन थालिएको छ नि ? 

यो कारणले होइन, हाम्रो आफ्नै कारणले हो । संस्थामा गिद्धे नजर लगाएर हो । प्रक्रियामा भित्रि रुपमा खेल्न खोजेर हो । एनआरएनए बिग्रेको हाम्रो आफ्नै कारणले हो, राजनीतिक पार्टीले होइन । दोष मात्र लगाएर हुँदैन । नेपालका सबै राजनीतिक पार्टीले गैरआवासीय नेपाली संघबाट एकदमै आशा गर्नुभएको छ । सबै पार्टीका नेता सकारात्मक हुनुहुन्छ । यत्ति मात्रै हो कि हामीले आफ्नो गर्नुपर्ने काममा कमजोरी गरिरहेका छौँ । अनि दोष पार्टीलाई लगाएर हामी चोखिन खोजेका छौँ । हाम्रो संस्था बलियो बनाउने काम हाम्रो हो । हामीले सबै पार्टीसँग त्यत्तिकै सम्बन्ध बनाउनुपर्छ  र केही काम गर्नुपर्छ । कुरा मात्र गरेर हुँदैन ।
 
 अब कस्तो एनआरएनए बनाउने सपना छ ? 

मेरो सपना भनेको १७–१८ वर्षदेखि गैरआवासीय नेपाली संघले उठाउँदै आएका मागहरूलाई जसरी पनि पूरा गर्ने हो ।  विदेशमा रहेका सारा नेपालीलाई नेपालको विकास र समृद्धिमा जोड्ने चाहना हो।



...
Kandis

Totally free porn moviesAsian wife blondeWhat does slut meanFree fat bitch porn moviesBlack fat slut xxxFemale pussy punishmentSpank crying xnxx Mom naked flashing son tubes freeSexual assult staticsAmateurallure analHidden camera people having sexSex video with poppersShaniqua spankedSexy actress in tamil https://xnxxfree.win/ Randy spears gay freeJasmeen boobs in veerana filmAggressive lesbCock justin timberlakeHardcore sex old ladyKesha cole nudeYou porn mother in lawEscort review bobbi blissTeen nubile xnxx K b i sex offendersDicks market bountiful utahXxx creampie eating tubesFree spunk toonsHot mexican teen pussyHarvesting sperm form male sex slavesVase inside vaginaBrace fetishCrest strip whiteCalifornia camp nudistDildo stokingGuy from 40 year old virginMen naked women with clothesEdmonton asianWeight training nudeGender man outlaw rest us vintage woman my homepage homepage

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested