English

पृथ्वी बाहिरको पहिलो उडान : मंगल ग्रहमा उड्दै हेलिकप्टर



मंगल ग्रहमा यदि सबै कुरा सही भइरह्यो भने नासाको हेलिकप्टर इन्जेन्यूटीले सोमवार उडान भर्न सक्ने बताइएको छ । यो हेलिकप्टरले मंगल ग्रहमा भीषण गर्मीको सामना गरिरहेको छ । नासाले यस बारेमा जानकारी दिँदै यदि आफ्नो प्लान सक्सेस भएमा सोमवार हेलिकप्टरले ऐतिहासिक उडान भर्न सक्ने बताएको छ ।

पृथ्वी भन्दा बाहिर पहिलो पटक यो उडान भरिनेछ । यसमा सारा विश्वले ध्यान केन्द्रित गरेको छ । यो भन्दा पहिला ११ अप्रिलमा यो उडान भर्ने भनिए पनि टेक्निकको समस्याका कारण रोकिएको थियो ।

नासाको अफिशियल वेबसाइटमा उडानको लाइभ हुने

नासाले रोभरको जसरी नै यो हेलिकप्टरको मिशन सफल र असफल हुने जानकारी तत्काल नमिल्ने बताएको छ । योसँग जोडिएका डेटा पनि क्यालिफोर्नियाको टीमले पाउनेछ । त्यस्तै नासाको वेबसाइटमा यो उडानको लाइभ हेर्न सकिनेछ ।

हेलिकप्टमाथि नजर राखेको टीमले त्यसको सफ्टवेयरको पनि अपडेट राखेको छ । हेलिकप्टरले १६ अप्रिलमा र्‍यापिड स्पिन टेस्ट पास गरेको छ । यसको जानकारी डेटा आएपछि मात्रै भएको थियो । अब यसले पृथ्वीको कुनै सहायता बिना उडान भर्नुपर्नेछ ।

उडान सफल भए ४ फ्लाइट र टेस्ट गरिने

इन्जेन्यूटीको कण्डिशन ठीक रहेको छ । एनर्जी कम्युनिकेशन सिस्टमले पनि राम्रो किसिमले काम गरिरहेको छ । यदि हेलिकप्टर टेक अफ र केही टाढा घुम्न सफल भएमा मिशन ९० प्रतिशत सफल हुनेछ । यदि यसको ल्याण्डिङ सफल भएमा र त्यसपछि पनि सही काम गरिरहेमा चार फ्लाइट्स र टेस्ट गरिनेछ । यो पहिलो पटक गरिरहिएको टेस्ट हो ।

यो हेलिकप्टरको आवश्यक के हो ?

मंगल ग्रहमा यसको आवश्यक्ता यसको सतहको बारेमा पत्ता लगाउनु हो । रोबर सतहको हरेक भागमा जान सक्दैन, त्यसैले हेलिकप्टर लगिएको हो ।



सम्बन्धित खबरहरु

हिन्दूहरुको दोस्रो महान पर्व तिहार । यस पर्वमा काग, कुकुर, गाई, गोरु र दाजुभाईको पूजा गरी पाँच दिन मनाइन्छ ।

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

म्यानचेस्टर युनाइटेडप्रतिको प्रेमलाई संसारकै सर्वोच्च स्थानमा पुर्याउँदै, हङकङमा बसोबास गर्ने नेपाली समर्थक राज गुरुङले यसै वर्ष सगरमाथाको सफल आरोहण गरेका

जेनजीको आह्वानमा गरिएको प्रदर्शनका क्रममा मृत्यु भएका नागरिकहरूको सम्झनामा नयाँ बानेश्वर, काठमाडौंँस्थित संसद भवन अगाडि दीप प्रज्वलन गरिएको छ। सरकारले

Latest










Popular
Suggested