English

नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ता एक करोड ७६ लाख नाघे



चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या एक करोड ७६ नाघेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको रिपोर्टअनुसार ३१ वैशाखसम्म मोबाइल बैंकिङ सेवाको प्रयोगकर्ताहरूको संख्या एक करोड ७६ लाख ७६ हजार २५९ पुगेको हो ।

जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा १.६६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष २०७८ वैशाख मसान्तसम्म कुल मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूको संख्या एक करोड ७३ लाख ८२ हजार ४४८ थियो । यसै आर्थिक वर्षको वैशाख मसान्तसम्म मोबाइल बैंकिङ प्रविधिबाट मात्र कुल ११ अर्ब ३६ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, समीक्षा अवधिमा भुक्तानीको औजार वालेट प्रयोगकर्ता एक करोड ४८ लाख ८४ लाखबाट एक अर्ब ४६ करोड ६० लाख रुपैयाँ कारोबार भएकोमा एक करोड चार लाख ६२ हजार ६०८ वटा डेबिट कार्ड (एटीएम) बाट आठ अर्ब एक करोड ९२ लाख रुपैयाँ, दुई लाख १५ हजार १८ जना क्रेडिट कार्ड प्रयोगकर्ताहरूबाट १२ करोड ४५ लाख रुपैयाँ र दुई लाख ५२ हजार ७०५ जना इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरूबाट एक अर्ब १९ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको बैंकले जनाएको छ ।

यस्तै अन्य डिजिटल भुक्तानीका साधनहरू कनेक्ट आईपीएस, प्रिपेडकार्ड, आरटीजीएसलगायतका प्रणालीबाट समेत अर्बौंको कारोबार भएको बैंकले जनाएको छ ।

यो पनि…
चर्को आलोचनापछि विदेशीलाई दुई सय डलर ल्याउन गरिएको अनुरोध स्थगन
पाँच महिनामा पाँच लाखभन्दा बढी नेपालीले देश छोडे



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

काठमाडौँ : दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यवहारिक रूपमा

नेपालको सबभन्दा पुरानो, ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस इतिहासको सबैभन्दा कठिन मोडमा उभिएको छ । मुलुकमा भएका तीन ठूला आन्दोलनको

Latest










Popular
Suggested