English

हुवावेद्वारा फोल्ड गर्न मिल्ने मोबाइल फोन लञ्च



चीनियाँ कम्पनी हुवावेले फोल्ड गर्न मिल्ने मोबाइल फोन लञ्च गरेको छ ।
कम्पनीले हालै ८ इन्च फराकिलो स्क्रिन भएको फोन लञ्च गरेको हो । यो फोन हाललाई चिनियाँ बजारमा मात्रै बिक्री गरिने जनाएको छ ।
८ जिवी –याम, २५६ र ५१२ स्टोरेज क्षमताको यो सेटमा ५० मेगा पिक्सेलको वाइड एंगल, १२ मेगा पिक्सेलको टेलिफोटो, ८ मेगा पिक्सेलको टेलिफोटो र १६ मेगा पिक्सेलको एक्स्ट्रा वाईड एंगल रहेको छ । फोर के भिडियो खिच्न मिल्ने यो सेटको फ्रन्ट क्यामेरा १६ मेगा पिक्सेलको रहेको छ ।

यो कम्पनी अहिले अमेरिकी प्रोसेसर चिप्स र गूगल सेवाबाट बञ्चित छ । हुवावेको मेट एक्स २ मोबाइल फोन फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन हो । यस मोबाइल डिभाइसमा राम्रो दृश्य र भिडियो तथा गेमका लागि स्पष्ट आवाज सुनिन्छ ।
यस फोनमा हुवावे आफैँले विकास गरेको निकै उन्नत किसिमको किरिन ९००० चिप्सको प्रयोग गरिएको छ ।

मेट एक्स २ को मूल्य अन्तराष्ट्रिय बजारमा ३ लाख २२ पर्ने जनाईएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

काठमाडौंः नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) का कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद

सन्जिव दुलालकाठमाडौं। तामाङ शेलो गीत ‘रोशी त खोला’ एक विशेष कार्यक्रमका बीच काठमाडौंको बौद्धस्थित सेकुवा जक्सनमा सार्वजनिक गरिएको छ। गायक

काठमाडौँ : एन आई सी एशिया बैंक लिमिटेडले २:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन

Latest










Popular
Suggested