English

हुवावेद्वारा फोल्ड गर्न मिल्ने मोबाइल फोन लञ्च



चीनियाँ कम्पनी हुवावेले फोल्ड गर्न मिल्ने मोबाइल फोन लञ्च गरेको छ ।
कम्पनीले हालै ८ इन्च फराकिलो स्क्रिन भएको फोन लञ्च गरेको हो । यो फोन हाललाई चिनियाँ बजारमा मात्रै बिक्री गरिने जनाएको छ ।
८ जिवी –याम, २५६ र ५१२ स्टोरेज क्षमताको यो सेटमा ५० मेगा पिक्सेलको वाइड एंगल, १२ मेगा पिक्सेलको टेलिफोटो, ८ मेगा पिक्सेलको टेलिफोटो र १६ मेगा पिक्सेलको एक्स्ट्रा वाईड एंगल रहेको छ । फोर के भिडियो खिच्न मिल्ने यो सेटको फ्रन्ट क्यामेरा १६ मेगा पिक्सेलको रहेको छ ।

यो कम्पनी अहिले अमेरिकी प्रोसेसर चिप्स र गूगल सेवाबाट बञ्चित छ । हुवावेको मेट एक्स २ मोबाइल फोन फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन हो । यस मोबाइल डिभाइसमा राम्रो दृश्य र भिडियो तथा गेमका लागि स्पष्ट आवाज सुनिन्छ ।
यस फोनमा हुवावे आफैँले विकास गरेको निकै उन्नत किसिमको किरिन ९००० चिप्सको प्रयोग गरिएको छ ।

मेट एक्स २ को मूल्य अन्तराष्ट्रिय बजारमा ३ लाख २२ पर्ने जनाईएको छ ।



सम्बन्धित खबरहरु

लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ

नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स (एचइआई) ले दुई प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको छ

नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ पार्ने र सूचना प्रविधि (आईटी) क्षेत्रको प्रवर्द्धन तथा विकास गर्ने महत्वपूर्ण कदमका रूपमा कम्प्युटर एसोसिएसन नेपाल

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ