English

के नेपाल शक्ति राष्ट्रको खेल मैदान बन्दैछ ?



नेपालको भूराजनीतिक सन्तुलन डगमगाउन थालेको प्रति सरोकारवालाहरुले चासो देखाउन थालेका छन् । बिहिबार राजधानीमा आयोजित ‘नेपालको परराष्ट्र नीति र विश्वव्यापी समस्याहरु’ विषयक अन्तक्रिया कार्यक्रममा अधिकांश वक्ताहरुले नेपाल ठूलो भूराजनीतिक संकटतर्फ उन्मुख भएको भन्दै चिन्ता व्यक्त गरे ।

सेन्टर फर डिप्लोमेसी एण्ड डेभलपमेन्ट (सिडीडी) र सेन्टर फर साउथ एसियन स्टडिज (सिएसएएस)ले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रममा राजनीतिज्ञ पशुपति शमशेर जबरा, पूर्व मन्त्री रमेशनाथ पाण्डे, पूर्व सचिव एवं राजदूत केदारभक्त श्रेष्ठ लगायतले प्रस्तुति दिएका थिए ।

अब नेपाललाई उत्तर र दक्षिणबाट मात्र जोगाएर पुग्दैन, ठूलो महाशक्ति समेत नेपालको भूमीमा प्रवेश गरिसकेको छ त्यसैले नेपालमाथिको खतरा त्रिकोणात्मक बनिसक्यो ।

कार्यक्रममा बोल्दै जबराले नेपाल फेरि संकटको संघारतर्फ उन्मुख रहेको बताए । ‘कालो बादलले नेपालको राजनीतिक आकाश ढाक्न थालेको छ,’ उनले चिन्ता व्यक्त गर्दै भने, ‘यो संकटबाट मुलुकलाई जोगाइ कसरी अघि बढ्ने र यो हाँकसँग कसरी जुध्ने भन्ने कुरा टड्कारो रुपमा देखा परेको छ ।’

यतिबेला मुलुकमा देखा परेको आर्थिक संकटले भूराजनीतिक संकटलाई ओझेलमा पारेपनि यसले निकट भविष्य ठूलो खाडल खन्ने जबरा बताउँछन् । ‘सम्पूर्णताको दृष्टिकोणबाट अहिलेको संकटलाई मूल्यांङ्कन गर्दा भूराजनीतिक पक्ष नै गम्भीर पाटो ठहरिन्छ,’ उनले भने, ‘अब नेपाललाई उत्तर र दक्षिणबाट मात्र जोगाएर पुग्दैन, ठूलो महाशक्ति समेत नेपालको भूमीमा प्रवेश गरिसकेको छ त्यसैले नेपालमाथिको खतरा त्रिकोणात्मक बनिसक्यो । र, चीन र अमेरिकाबिचको द्वन्द्व नेपालमा छिरिसकेको छ ।’

यहिक्रममा जबरा रुस र युक्रेनको युद्धतर्फ मोडिए । यो युद्धले दोस्रो शित युद्धको रुप लिने सम्भावना रहेको उनको आँकलन छ । ‘युक्रेनमा लडाइँ सुरु भएदेखि दुई महाशक्तिबिचको द्वन्द्व झन्–झन् चर्को बन्दै दोस्रो शितयुद्धको रुप लिने हो कि भन्ने सम्भावना पनि उत्पन्न हुन थालेको छ,’ उनले भने, ‘त्यसको खतरा नेपालमाथि समेत मडारिन थालिसकेको छ ।’

होसियारीपूर्ण ढंगले विगतमा हासिल गरेका कुटनीतिक लाभलाई कायम राख्दै मित्र राष्ट्रहरुसँगको सुमधुर सम्बन्ध जोगाउँदै एकातिर ढल्कन लागेको तराजुलाई पुनः सन्तुलनमा ल्याउनुपर्छ ।

छिमेकी राष्ट्र चीन र भारतमा अन्य ठूला राष्ट्रको संलग्नता बढ्दै जानु र कसले बढी प्रभाव बढाउने भन्नेमा तीव्र प्रतिस्पर्धा चलिरहेको छ । जसको चाप नेपाली राजनीतिमा पनि पर्न थालेको र त्यसको तरंगले नेपालको आर्थिक विकासमा समेत असर परेको कुटनीतिज्ञहरु बताउँछन् ।

अहिले देखिएको भूराजनीतिक समस्याका संकेततर्फ बेलैमा सरकारको ध्यान गएन भने मूलुक ठूलो राजनीतिक दलदल वा खतरामा फस्ने जबराको ठम्याइ छ । ‘होसियारीपूर्ण ढंगले विगतमा हासिल गरेका कुटनीतिक लाभलाई कायम राख्दै मित्र राष्ट्रहरुसँगको सुमधुर सम्बन्ध जोगाउँदै एकातिर ढल्कन लागेको तराजुलाई पुनः सन्तुलनमा ल्याउनुपर्छ,’ उनको सुझाव छ, ‘नेपाल महासंकटबाट कसरी जोगिन्छ भन्ने कुरा नेतृत्व वर्गको कुशलतामा निर्भर हुने गर्दछ ।’

यद्यपि, नेपालमा सरकार परिवर्तन भएपिच्छे परिवर्तन हुने परराष्ट्र नीतिले गर्दा झनै समस्या निम्तिने गरेको पूर्वमन्त्री रमेशनाथ पाण्डे बताउँछन् । ‘सरकार नै पिच्छे परराष्ट्र नीति परिवर्तन हुनु गलत हो,’ उनले भने, ‘परराष्ट्र मामिलामा विधि र प्राथमिकताहरु परिवर्तन हुन सक्छन् तर, राष्ट्र, जनता र सार्वभौमसत्ताको हितमा परराष्ट्र नीति रहने हुँदा यो अपरिवर्तनशील छ ।’

यद्यपि, बदलिँदो सरकारले नीतिलाई चलाउँदा कुटनीतिमा हाम्रो फाइनल भ्वाइस के हो भन्ने एकिन नहुने पाण्डे बताउँछन् । ‘जसले गर्दा नेपालको परराष्ट्र नीतिमा विचलन आउँछ,’ उनले भने ।

यसैगरी, कार्यक्रममा पूर्व सचिव एवं राजदूत केदारभक्त श्रेष्ठले नेपालको परराष्ट्र नीति र विश्वमा देखिएका समस्याका बारेमा प्रष्ट पारेका थिए ।

कार्यक्रममा सिडीडीका संस्थापक अध्यक्ष तथा पूर्व राजदूत मोहनकृष्ण श्रेष्ठले नेपालको परराष्ट्र मामिलामा देखिएका समस्याका बारेमा सरकार बेलैमा सचेत हुनुपर्ने बताए । ‘नेपाल कुटनीतिक मामलामा संकटतर्फ उन्मुख छ,’ उनले भने, ‘यसतर्फ सचेत रहन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

त्यसैगरी, सिएसएएसका निर्देशक डा. निश्चलनाथ पाण्डेले यतिबेला देशका राजनीतिज्ञहरु चुनाव केन्द्रित हुँदा परराष्ट्र मामिला कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गरे । ‘भर्खरै स्थानीय निर्वाचन सकिएको छ अब केही महिनाभित्रै संघीय र प्रदेशको चुनावको चटारोले छुन्छ जसले गर्दा परराष्ट्र मामिलातर्फ सरकारको ध्यान गएको देखिँदैन,’ उनले भने, ‘जसले गर्दा परराष्ट्र मामिला कमजोर बन्दै गएको छ ।’

याे पनि :
दलहरुको विश्वास जित्न बालेनको सक्रियता
ओलीले चुट्कीमै भाँड्लान् गठबन्धन ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली