English

भिक्टोरिया क्रस विजेताको कथामा ‘गोर्खाः विनिथ द ब्रेभरी’



गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथामा आधारित भएर फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ निर्माण भएको छ । इंग्ल्याण्ड र बेलायतमा छायाँकन भएको फिल्मको यतिबेला लन्डनमा पोस्ट प्रोडक्सनको काम भइरहेको निर्देशक प्रदीप शाहीले जानकारी दिए । चलचित्रलाई आगामी साउन मध्यतिर प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ ।

२५ सेप्टेम्बर १९१५ मा ब्रिटिश सेनाहरूले लुस, फ्रान्समा ठूलो आक्रमण गरेका थिए । उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्वीन अलेक्जान्ड्राको आफ्नै गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बनेका थिए । तर, उनी बाँच्न सफल भए । २६ सेप्टेम्बरदेखि थापा पीडितहरुको उद्धारमा खटिए । यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलोपटक भिक्टोरिया क्रस प्राप्त भयो । उनै कुलवीर थापाको कथामा यो फिल्म बनेको हो ।

निर्देशक शाहीले जोखिम मोलेर विश्व शान्तिको लागि लड्ने पुर्खाहरुलाई श्रद्धाञ्जलीका लागि फिल्म निर्माण गरेको बताए । ‘फिल्ममा गोर्खालीहरू जति बहादुर छन् त्यति नै दयालु हृदयका पनि बहादुर छन् भन्ने देखाएका छौं,’ उनले भने, ‘विश्व युद्धमा घाइतेहरुलाई गोर्खा सैनिकले नै उद्धार गरेका थिए, सोही कुरा फिल्मको विषय हो । आत्म–त्याग, करुणा र मित्रताको कथामा फिल्म बनेको हो ।’

साई प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा समिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाहीलगायतको अभिनय छ । फिल्मको कथा निर्देशक शाही आफैंले लेखेका हुन् । लामो समयदेखि बेलायतमा बसेर चलचित्र बनाउँदै आएका उनले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसकेका छन् ।

फिल्ममा मधु गुरुङ र प्रयास गुरुङ निर्माता तथा क्षितिज सुवेदी कार्यकारी निर्माता हुन् । फिल्ममा निक्को प्रताप गुरुङ र अमृत गुरुङको छायांकन, रुपेश गुरुङको सम्पादन, विश्व शाहीको संगीत, अश्रुती पटेलको कला निर्देशन, एरमान जम्बकको भिएफएक्स, बेलेन सिलोगुल्लरको कलर र रबिन श्रेष्ठको साउन्ड ट्रयाक रहेको छ ।

याे पनि :
सलमानको सोख आप चोर्नेदेखि बलयगाडा चलाउनेसम्म
सलमान खानलाई मन्त्री आलेले के भने ?
किन चर्चामा छ ‘दि कश्मिर फाइल्स’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested