English

मतगणना परिसरमा १३ वर्षीया इच्छा दाहालको काँक्रो व्यापार



बाराको निजगढमा स्थानीय तह निर्वाचनको मतगणना निजगढ नगरपालिकाको वडा नम्बर ७ स्थित नगरपालिकाको कार्यालयमा चलिरहेको छ । नगरपालिकाको सभाहल लगायत अन्य दुई कोठाभित्र मतगणना चलिरहेका बेला भवनको पश्चिमतर्फ २४ सैं घण्टा राजनीतिक दल र उम्मेदवार, कार्यकर्ता र शुभचिन्तकहरूको भिड लागिरहेको हुन्छ ।

त्यहि भिडको छेउमा काँक्रो बेच्न बसेकी छिन् निजगढ नगरपालिका ६ की १३ वर्षीया इच्छा दाहाल । मतगणनाको परिणामको पर्खिरहेका सर्वसाधरणले आफ्नो भोक मेटाउन काँक्रो किन्ने गर्छन् र कुनै बेला दाहाललाई बेच्न भ्याइनभ्याइ हुन्छ ।

विजय उम्मेदवारहरूको परिणाम करिब ५ घण्टाको अन्तरमा आइरहेको छ । उम्मेदवारले कति मत पाए भन्ने नतिजा भित्रबाट बाहिर आउने मानिसको पर्खाइमा शुभचिन्तक र मतदाताले त्यहीँ काँक्रो बेचिरहेका दाहालको छेउमा केराको फेदमा कुराकानी गरिरहेका हुन्छन् ।

दाहालले मतगणना परिसरमा काँक्रोको व्यापार गरेर राम्रो आम्दानी गरिरहेकी छिन् । एउटा काँक्रो प्रतिगोटा २० रुपैंयासम्म बिक्री हुँदै आएको पाइएको छ । दाहालले दैनिक २ हजार ५०० बराबरको काँक्रो बिक्री भइरहेको बताइन् । उनले आफनै घरबाट ल्याएको काँक्रो बिक्री गर्ने गरेको उनले बताइन् ।

यस्तै मतगणना परिसरमा रहेका आसपासका चिया र नास्ता पसलहरूमासमेत भिडभाड हुँदा यहाँको व्यापार ह्वात्तै बढेको स्थानीय व्यवसायीहरूले बताएका छन् ।

यो पनि…
मतदानमा प्रधानमन्त्रीदेखि उम्मेदवारसम्म
कुन नेताले कहाँबाट दिदैछन् मत ?



...
зарубежные сериалы в хорошем HD качестве

Does your website have a contact page? I'm having a tough time locating it but, I'd like to send you an e-mail. I've got some creative ideas for your blog you might be interested in hearing. Either way, great site and I look forward to seeing it improve over time. зарубежные сериалы в хорошем HD качестве

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

हरेक वर्ष जस्तै यसवर्ष पनि मार्च महिनाको अन्तिम शनिबार ‘अर्थ आवर डे’ मनाइएको छ । विश्व वन्यजन्तु कोष (डब्लु डब्लु

आज मार्च २३ अर्थात् यो महिनाको अन्तिम शनिबार । यो दिन ‘अर्थ आवर’ को हो । वातावरण तथा पर्यावरणको रक्षा

चितवन सौराहाका वाइल्डलाइफ फोटोग्राफर मिलन तामाङले ललितपुरको फूलचोकी पुगी विश्मै दुर्लभ र लोपोन्मुख पक्षीहरु क्यामरामा कैंद गरेका छन् । तामाङले