English

काठमाडौं महानगरमा २६ हजार मत गन्दा मेयरका १९ उम्मेदवारले एक मत पनि पाएनन्



काठमाडौं महानगरपालिकाको मेयर पदका लागि ५५ जना चुनावी मैदानमा छन् । मतगणना जारी रहँदा लौरो चुनाव चिन्हसहित बालेन साह सबैभन्दा अगाडि छन् । २६ हजार ३१९ मतगणना भइसक्दा साहले १०,०३४ मत पाएका छन् । उनलाई पछ्याइरहेका एमालेका केशव स्थापित पाँच हजार ४४५ मत पाएका छन् । मेयरमा उम्मेदवारी दिएका ५५ जनामध्ये १९ उम्मेदवारले एक मत पनि पाउन सकेका छैनन् ।

एक मत पनि नपाउनेमा स्वतन्त्रसँगै विभिन्न राजनीतिक दलका उम्मेदवार पनि छन् । राष्ट्रिय यथार्थवादी पार्टी, नेपालका आनन्दराज जोशी, नेपाल जनता पार्टीकी सरिता घिमिरेलगायतले एक मत पनि पाउन सकेका छैनन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवारहरू स्वइट थापा, बच्पनराज श्रेष्ठ, इन्द्रमणि कपाली, शैलेन्द्रमान श्रेष्ठ, उमेशकुमार सिंह, महेन्द्र प्रजापति, विपीनराज वैद्य, रजितमान शाक्य, न्हुज मानन्धर, प्रणेशबहादुर मल्ल, किरण रंजित, सूर्य थापा (श्रेष्ठ), रोशन शाही, मिनकान्त पाण्डे, जेठा महर्जन, मनिस श्रेष्ठ र सुनिल श्रेष्ठले एक मत पनि पाउन सकेका छैनन् ।

उम्मेदवारी दिएकामध्ये नौजना उम्मेदवारले एक मत मात्र पाएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुरज श्रेष्ठले एक मत पाएका छन् । त्यस्तै मौलिक जरोकिलो पार्टीका मनोजराज आचार्य, आधुनिक नेपाल समाजवादी पार्टीका सुरेशरत्न बज्राचार्य, स्वतन्त्र उम्मेदवार राजन कार्की, रविकान्त मानन्धर, कान्ति तुलाधार (बज्राचार्य), शैलेश ढुंगाना, दिपक सिलवाल र विनय स्थापितले एक मत मात्र पाएका छन् ।

त्यस्तै उपमेयरतर्फ पनि पाँचजना उम्मेदवारले एक पनि पाउन सकेका छैनन् । तीनजनाले एक मत पाएका छन् । खाता पनि खोल्न नसक्नेमा स्वतन्त्र उम्मेदवारहरू नरेन्द्रमान डंगोल, रन्जन डंगोल, आशीषचन्द्र तुलाधर, रवि नापित र अम्बरबहादुर खत्री छन् । आशीष महर्जन, सानु महर्जन र कृष्ण तण्डुकारले एक मत पाएका छन् ।

यो पनि…
मतदानमा प्रधानमन्त्रीदेखि उम्मेदवारसम्म
कुन नेताले कहाँबाट दिदैछन् मत ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested