निदाउदाँ र्‍याल निस्किन्छ ? यसरी समाधान गर्नुहोस्



धेरै मानिसहरूमा निदाएको अवस्थामा मुखबाट र्‍याल निस्किने गर्छ । निदाएको बेला मुखवाट र्‍याल निस्किनुलाई वैज्ञानिक भाषामा एक्सोक्राइन ग्ल्याण्ड भनिन्छ । यो समस्या मानिस ब्यूँझिएको समयमा भन्दा निदाएको अवस्थामा हुने गर्छ । यो समस्या बालबालिकादेखि वयष्क ब्यक्तिहरुमा समेत निदाएको बेला हुने गर्छ । यसरी निदाएको बेला मुखबाट र्‍याल निस्किनुका विभिन्न कारणहरु हुन सक्छन् । जसमध्ये चिकित्सा विज्ञानले मुख्य रुपमा पाँच कारणहरुलाई बिशेष प्राथमिकता दिएको छ ।

साइनस संक्रमण

कुनैपनि व्यक्तिको माथिल्लो श्वास नलीमा संक्रमण छ भने त्यस्ता ब्यक्तिलाई श्वास लिन र फाल्न समस्या हुन्छ । यो समस्याले उनीहरुको मुखमा र्‍याल जम्मा हुन्छ र बगेर बहिर निस्किन्छ ।

पेटमा ग्याँस भरिनु

अनुसन्धानका अनुसार पेटमा ग्याँस जम्मा भएपछी एसिड रिफ्लक्सका कारणले ग्याष्ट्रिक एसिड हुन्छ र यसले शरीरमा एसोफागोसालवरी सक्रिय भएर मुखमा र्‍याल जम्मा हुन्छ र बहिर निस्किन्छ ।

टन्सिल

घाँटीको पछाडीको भाग टन्सिल ग्रन्थि हुन्छ । यो ग्रन्थी सुन्निएको अवस्थामा घाँटीको प्वाल सानो हुन्छ । जसको कारण र्‍याल घाँटीबाट तल जान सक्दैन जसको कारण र्याल मुखमा जम्मा हुन्छ र बहिर निस्किन्छ ।

एलर्जी

खानपिन वा कुनै औषधीको सेवनले हुने एलर्जी गर्दा पनि निदाएको अवस्थामा मुखवाट र्‍याल बाहिर निस्कने गर्छ ।

गलत आसनमा सुत्दा

मुखबाट र्‍याल निस्किने समस्या सुत्ने आसन नमिल्दा पनि हुन्छ । निदाउदा घुर्ने समस्या भएका ब्यक्तिको पनि मुखवाट र्‍याल बाहिर निस्कन्छ भने उत्तानो परेर निदाउदा मुखवाट आएका र्‍यालहरु आफैं शरीर भित्र जान्छ ।

र्याल निस्किने समस्यालाई निर्मुल पार्ने घरेलु उपाय

– मुखबाट र्‍याल निस्किने समस्याबाट छुटकारा पाउन तपाईले दिनमा तीन–चार वटा तुलसीको पात चपाउदै थोरै–थोरै पानी पिउनुहोस् ।

– फिटकीरी पानीले दैनिक रुपमा कुल्ला गर्नाले पनि निदाउदा मुखवाट र्‍याल निस्कने समस्या समाधान हुन्छ ।

– निदाउदा मुखवाट र्‍याल निस्कने समस्या छ भने दालचिनीको चिया बनाएर सेवन गर्नुहोस् । यसको सेवनले र्‍याल निस्किने समस्याबाट छुट्कारा पाउन सकिन्छ । दालचिनीलाई पानीमा उमालेर पानी छानेर निकाल्ने र मह मिसाएर पिउने गर्नुपर्छ ।

– यो समस्याबाट छुटकारा पाउनका लागि तपाईले अमलाको पाउडरको प्रयोग गर्न पनि सक्नुहुन्छ । खाना खाने वित्तिकै मनतातो पानीमा अमलाको पाउडर मिसाएर दैनिक पिउने गर्नाले पनि यो समस्या हटेर जान्छ ।

के र्‍याल निस्किनु कुनै समस्या हो ?

निदाएको अवस्थामा मुखवाट र्‍याल निस्किनुलाई चिकित्सकिय भाषामा सिलोरिया भनिन्छ । यो प्रायः दाँत, मांसपेशी र स्नायु सम्बन्धी समस्या भएका बालबालिकामा देखिने समस्या हो । मुखमा रहेको एक गन्थ्रीवाट र्याल निस्कने गर्छ । ब्यूँझिएको बेलामा भन्दा निदाएको बेलामा यस्ता गन्थ्रीहरुले बढी र्‍यालहरु उत्पादन गरिरहेको हुन्छ । ब्यूँझिएको बेलामा यसरी निस्किएको र्‍याल मानिसहरुले निलिरहेका हुन्छन् भने निदाएको बेला यस्ता र्‍यालहरु मुखवाट बाहिर निस्कने गर्छ ।



...
Omignee

Recently, the organic inorganic hybrid monolithic columns have been attracting great attention since the organic functional moieties can be incorporated into the inorganic silica monolithic matrixes via the sol gel process to achieve beneficial properties, such as good mechanical stability and solvent resistance cialis cheapest online prices

...
Karaca Cami Halısı

Great post thank you. Hello Administ .

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मानिसहरूलाई स्वस्थ रहन फलफूल खाने सल्लाह दिइन्छ। फलफूलले शरीरलाई पोषण दिन्छ। फलफूलमा भिटामिन, प्रोटिन, मिनरल्स लगायतका पौष्टिक तत्त्वहरू प्रशस्त मात्रामा

तौल बढ्नु अहिलेको समयको सामान्य समस्या हो । यसका धेरै कारण हुन सक्छन् जस्तै जीवनशैली, खानपान वा धेरै अन्तर्निहित स्वास्थ्य

रक्तचापको स्तर बढ्नु स्वास्थ्यको लागि धेरै हानिकारक छ र एक पटक यो बढ्न थालेपछि यो निरन्तर बढ्दै जान्छ र यसलाई

कफी स्फूर्तिदायी र ऊर्जा बढाउने पेय पदार्थ हो। कफी बिना धेरै मानिसहरू दिनको सुरुवात गर्दैनन्। तर, धेरै रिपोर्टमा कफीको अत्यधिक