English

शनिबार र आइतबार विद्यालय बन्द गर्नू : शिक्षा मन्त्रालय (पत्रसहित)



सरकारले हरेक साता शनिबार र आइतबार विद्यालय बन्द गर्न निर्देशन दिएको छ । मन्त्रिपरिषद्ले सातामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि राजपत्रमा सूचना प्रकाशित भएलगत्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मातहत निकायलाई दुई दिन विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।

देशभरका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्र पठाएर केन्द्रले १ जेठदेखि लागू हुने गरी शनिवार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएकाले उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

‘आइतबार सार्वजनिक बिदा दिएका कारण अपुग हुने समयावधि हिउँदे वा वर्षे वा अन्य विदाबाट कटाइ पूर्ति गर्ने, यसो गर्दा वर्षभरिमा अधिकतम ३० दिनसम्म एकैपटक वा पटक पटक गरेर बिदा दिन सकिने गरी स्थानीय तहले बिदा समायोजन गर्ने र विद्यालयहरुले यसैअनुसार वार्षिक क्यालेण्डर तयार गरी कार्यान्वयन गर्ने गराउने,’ देशभरका स्थानीय तह र विद्यालयलाई बोधार्थरकार्यार्थ गरी निर्देशन दिइएको पत्रमा उल्लेख गरिएको छ ।

केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइलाई पठाएको पत्रको पूर्णपाठ

विषयः सार्वजनिक बिदा र शैक्षिक सत्रको व्यवस्थापन सम्बन्धमा ।

श्री शिक्षा विकास तथा समन्वय इकाइ (सबै)

प्रस्तुत विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (विद्यालय शिक्षा शाखा) को च. नं. ३८३ मिति २०७९/०१/२७ को प्राप्त पत्रबाट नेपाल सरकार मन्त्रिपरिषदबाट मिति २०७१/०१/१३ मा परीक्षणको रुपमा मिति २०७९ जेठ १ गते देखि लागू हुने गरी शनिवार र आइतबार सार्वजनिक विदा दिने निर्णय भएकाले र सो निर्णय कार्यान्वयनको सन्दर्भमा शिक्षण संस्थामा हने क्रियाकलापलाई थप व्यवस्थित र प्रभावकारी बनाउन तथा विदा सम्बन्धी निर्णय कार्यान्वयनमा एकरुपता कायम गर्न समेत देहाय बमोजिम हुने गरी गर्न गराउन मिति २०७९/०१/२७ (माननीय मन्त्रीस्तर) को निर्णय अनुसार लेखी आएकाले देहाय अनुसार गर्नका लागि आवश्यक समन्वय एवम् सहजीकरण गर्नु हुन निर्देशानुसार अनुरोध छ ।

तपसिल

– विद्यालयहरुले साविक बमोजिम नै विहान १०ः०० बजे देखि अपरान्ह ४ः०० बजेसम्म विद्यालयमा पठनपाठन सञ्चालन गर्ने ।

– शुक्रबार दिनको १ः०० बजेसम्म पठनपाठन सञ्चालन हुँदै आएकोमा सो दिन पनि अन्य दिनहरुमा जस्तै अपरान्ह ४ः०० बजेसम्म पठनपाठन सञ्चालन गर्ने गराउने ।

–राष्ट्रिय पाठ्यक्रम प्रारुप-२०७६ ले निर्दिष्ट गरे बमोजिमको पाठ्यघन्टा र कार्यघन्टामा नघट्ने गरि पठनपाठनका कार्यहरु सञ्चालन गर्नका लागि आइतवार सार्वजनिक विदा दिएका कारण अपुग हुने समयावधि हिउँदे वा बर्षे वा अन्य विदाबाट कटाई पूर्ति गर्ने । यसो गर्दा वर्षभरिमा अधिकतम ३० दिन सम्म एकैपटक वा पटक पटक गरेर विदा दिन सकिने गरी स्थानीय तहले विदा समायोजन गर्ने ।

– विद्यालयहरुले यसै अनुसार बार्षिक क्यालेण्डर तयार गरी कार्यान्वयन गर्ने गराउने ।

बाधार्थ/कार्यार्थ श्री स्थानीय तह (सबै) श्री विद्यालयहरु (सबै)

रामचन्द्र शर्मा
निर्देशक

यो पनि…
आफ्नै थलोमा बाबुरामलाई अपठ्यारो
चुनाव जिताउन ठूला नेतालाई आफ्नै ठाउँमा कठिन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested