English

माओवादी नेतालाई आफ्नै ठाउँमा मुश्किल



पूर्व उपप्रधानमन्त्री एवं माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई यतिबेला चुनावी सभालाई सम्बोधन गर्दैमा भ्याईनभ्याई छ ।

बिहान ८ बजेदेखि बेलुका ११ बजेसम्म उनी निर्वाचन क्षेत्रमा चुनावी सभालाई सम्बोधन गर्ने, मतदाता भेट्ने अनि भोट माग्ने काममै व्यस्त छन् । श्रेष्ठ आफ्नो निर्वाचन क्षेत्रका पालिकामा माओवादीका उम्मेदवारलाई जिताउनभन्दै घुँडा धसेरै लागिपरेको देखिन्छ ।

तर, उनलाई आफ्नै गृहपालिका सिरानचोकमा उम्मेदवार जिताउन हम्मेहम्मे पर्ने देखिन्छ । यस गाउँपालिकामा ८ वटा वडा छन् । स्थानीय निर्वाचन २०७४ बाट यस गाउँपालिकामा उनको गृह वडामा मात्रै माओवादीले जित हासिल गरेको थियो ।

सिरानचोक गाउँपालिका वडा नम्बर ८ मा झटकप्रसाद दवाडीले माओवादीको तर्फबाट जितेका थिए । दवाडी कांग्रेसमा लोकप्रिय पाको नेताको रूपमा चिनिन्थे । तर, चुनावमा उनलाई कांग्रेसले टिकट नदिएपछि माओवादीबाट उम्मेदवार बनेका थिए ।

यद्यपि गाउँपालिका अध्यक्षमा भने माओवादीका उम्मेदवार एक सय ६७ मतले मात्रै पराजित भएका थिए । अघिल्लो निर्वाचनबाट गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजु गुरुङ ३ हजार ४०२ मतका साथ निर्वाचित भएका थिए भने निकटमा प्रतिद्वन्द्वी माओवादीका नवराज पुडासैनी ३ हजार २३५ मत प्राप्त गरेर पराजित भए । यस्तै, एमालेका प्रेम बहादुर गुरुङले १ हजार ७४० र तत्कालीन नयाँ शक्ति पार्टी (अहिलेको जसपा) का महेश कुमार गुरुङले १ हजार ४३१ मत पाएका थिए ।

स्थानीय निर्वाचन २०७४ को मतपरिणाम नियाल्दा यहाँ कांग्रेस पहिलो, माओवादी दोस्रो, जसपा र एमाले तेस्रो शक्तिको रूपमा देखिन्छन् ।

हामीले निर्वाचन क्षेत्रका अधिकांस पालिका जित्छ भन्ने छ । त्यसैले हामी निर्वाचन क्षेत्रका पालिका केन्द्रित भएर चुनाव प्रचारप्रसार, मतदाता भेटघाट, जनसभा लगायतका कार्यक्रमलाई तीव्रता दिइरहेका छौँ ।

८ वडा रहेको यस पालिकामा ६ वटा कांग्रेस, एक माओवादी र एक जसपाले नेतृत्व गरेका छन् भने पालिका अध्यक्ष उपाध्यक्ष दुवै कांग्रेसका हुन् । कार्यपालिकामा पनि कांग्रेसको स्पष्ट बहुमत थियो ।

गृहपालिका भए पनि जनसंगठन बलियो नहुँदा श्रेष्ठलाई आफ्नो गृह पालिकामा पार्टीको उम्मेदवार जिताउन हम्मेहम्मे पर्ने देखिन्छ । तर, पनि आफ्नो निर्वाचन क्षेत्रका अधिकांस पालिका जित्ने सम्भावना भएको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ बताउँछन् ।

‘हामीले निर्वाचन क्षेत्रका अधिकांस पालिका जित्छ भन्ने छ । त्यसैले हामी निर्वाचन क्षेत्रका पालिका केन्द्रित भएर चुनाव प्रचारप्रसार, मतदाता भेटघाट, जनसभा लगायतका कार्यक्रमलाई तीव्रता दिइरहेका छौँ’, स्वकीय सचिव श्रेष्ठले भने ।

आसन्न निर्वाचनमा यस पालिकामा कांग्रेसको तर्फबाट ज्ञानेन्द्र गुरुङ, माओवादीको तर्फबाट नवराज पुडासैनी, एमालेबाट देवराज श्रेष्ठ, जसपाबाट चित्र बहादुर गुरुङको प्रतिस्पर्धा हुने देखिन्छ ।

यो पनि…
आफ्नै थलोमा बाबुरामलाई अपठ्यारो
चुनाव जिताउन ठूला नेतालाई आफ्नै ठाउँमा कठिन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested