English

जिम्बावे ‘ए’ विरूद्ध नेपालको जित



नेपालले जिम्बावे ‘ए’ विरूद्धको एकदिवसीय सिरिज जितेको छ। तेस्रो तथा निर्णायक खेलमा नेपालले जिम्बावेलाई ६ विकेटले पराजित गर्दै सिरिज २–१ ले जितेको हो।

यसअघि पहिलो एकदिवसीय जिम्बावेले जित्दा दोस्रो खेलमा नेपाल विजयी भएको थियो।

सोमबार ३३ ओभरमा झारिएको खेलमा नेपालले जिम्बावेले दिएको २१४ रनको लक्ष्य ४ विकेटको क्षतिमा ३०.१ ओभरमा पूरा गर्‍यो।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले ८४ रन जोडे। उनले ६१ बलमा ७ चौका र ४ छक्का प्रहार गरे। यस्तै आसिफ शेखले २९ रन जोड्दा दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। दीपेन्द्रले नटआउट ६० रन जोडे। उनले ४३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

रोहित पौडेल डकआउट हुँदा विनोद भण्डारीले पनि नटआउट २८ रन जोडे। विनोदले २६ बलमा ३ चौका हिर्काए।

यसअघि भएको टी–२० सिरिज भने १–१ को बराबरीमा सकिएको थियो।

नेपालले आगामी महिना अमेरिकामा हुने आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु टिम अमेरिका र ओमानविरुद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीका लागि जिम्बावेसँग खेलेको हो।

यो पनि
पहिलो टी–२० मा जिम्बावे ‘ए’ ले नेपाललाई हरायो
रियल मड्रिडलाई ला लिगाको उपाधि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली