English

जिम्बावे ‘ए’ विरूद्ध नेपालको जित



नेपालले जिम्बावे ‘ए’ विरूद्धको एकदिवसीय सिरिज जितेको छ। तेस्रो तथा निर्णायक खेलमा नेपालले जिम्बावेलाई ६ विकेटले पराजित गर्दै सिरिज २–१ ले जितेको हो।

यसअघि पहिलो एकदिवसीय जिम्बावेले जित्दा दोस्रो खेलमा नेपाल विजयी भएको थियो।

सोमबार ३३ ओभरमा झारिएको खेलमा नेपालले जिम्बावेले दिएको २१४ रनको लक्ष्य ४ विकेटको क्षतिमा ३०.१ ओभरमा पूरा गर्‍यो।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले ८४ रन जोडे। उनले ६१ बलमा ७ चौका र ४ छक्का प्रहार गरे। यस्तै आसिफ शेखले २९ रन जोड्दा दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। दीपेन्द्रले नटआउट ६० रन जोडे। उनले ४३ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

रोहित पौडेल डकआउट हुँदा विनोद भण्डारीले पनि नटआउट २८ रन जोडे। विनोदले २६ बलमा ३ चौका हिर्काए।

यसअघि भएको टी–२० सिरिज भने १–१ को बराबरीमा सकिएको थियो।

नेपालले आगामी महिना अमेरिकामा हुने आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु टिम अमेरिका र ओमानविरुद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीका लागि जिम्बावेसँग खेलेको हो।

यो पनि
पहिलो टी–२० मा जिम्बावे ‘ए’ ले नेपाललाई हरायो
रियल मड्रिडलाई ला लिगाको उपाधि



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested