English

अन्तरिक्षमा मानिसको नग्न तस्विर पठाउने



विश्वमा यति बेला एलियन्सको चर्चा भइरहेको छ । एलियन्स बारे हरेक दिन नयाँ र चकित पार्ने दाबी गरिन्छ । के ब्रह्माण्डमा एलियन्स छन् रु वर्षौंदेखि वैज्ञानिकहरू यस प्रश्नको जवाफ खोज्दै आएका छन् तर अहिलेसम्म सफल भने भएका छैनन् ।

हरेक दिन एलियन्सको बारेमा चकित पार्ने खबरहरू आइरहेका छन् । मानिसहरूले धेरै पटक एलियन र यूएफओहरू देखेको दाबी गरेका छन् ।

यसैबिच, अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एलियन्ससँग सम्पर्क गर्ने नयाँ योजना बनाएको छ । नासाको यो योजना थाहा पाउँदा तपाईं छक्क पर्नुहुनेछ । एलियन्ससँग सम्पर्क गर्ने नासाको योजना के हो ?

मानिसले वर्षौंदेखि ब्रह्माण्डमा जीवन खोजिरहेका छन् । यसका लागि विश्वका अन्तरिक्ष एजेन्सीहरूले अन्तरिक्षमा सिग्नल पठाउँछन् । तर अब नासाले एसियनहरूलाई पृथ्वीतर्फ आकर्षित गर्न अन्तरिक्षमा मानिसको नग्न तस्विर पठाउने योजना बनाएको छ ।

NASA को यो योजना तपाईलाई अनौठो लाग्न सक्छ, तर यो अपडेट गरिएको बाइनरी कोड सन्देशको अंश हो । नासाले यो सन्देश एलियन्ससँग सम्पर्क गर्न प्रयोग गर्नेछ । नासाका वैज्ञानिकहरूले वर्षौंदेखि एलियन्ससँग सम्पर्क गर्ने प्रयास गरिरहेका छन् ।

नासाको जेट प्रोपल्सन ल्याबोरेटरी (जेपीएल) खगोलविद् डा. जोनाथन जियाङ र उनको टोलीले यो बाइनरी कोड सन्देश तयार गरेका हुन् । यस सन्देशमा नग्न महिला र पुरुषको तस्विरका अलावा गणित, डिएनए संरचना र सौर्य मण्डलसँग सम्बन्धित प्रश्नहरू हुनेछन् ।

शोधकर्ताहरूका अनुसार बाइनरी–कोड गरिएको सन्देश तयार गरिएको छ जसले मिल्की वे ग्यालेक्सीमा सन्देश पठाउनेछ । तयार गरिएको यो सन्देशमा भौतिक शास्त्रका गणित र नियमका प्रश्न पनि समावेश गरिएको उनको भनाइ छ ।

यस सन्देशमा पृथ्वीमा जीवनको बायो केमिकल संरचनाबारे जानकारी समावेश गरिएको अनुसन्धानकर्ताहरूले बताएका छन् । यसका साथै सौर्य मण्डल र पृथ्वीको सतहको डिजिटल तस्विरको बारेमा पनि जानकारी दिइएको छ ।

यो सन्देशमा मानिसको डिजिटल तस्विर पनि रहेको र सन्देशलाई कसरी फिर्ता पठाउने भन्ने पनि बताइएको छ । जियाङ र उनको टोलीले यो सन्देश चीनको गुइझोउमा रहेको टेलिस्टप वा क्यालिफोर्नियाको क्भ्त्क्ष् इन्स्टिच्युटको एलेन टेलिस्कोपबाट प्रसारण गर्न सकिने प्रस्ताव राखेका थिए ।

यो पनि…
मानिसको जस्तै ओठ भएको एलियन जीव
सबैभन्दा पुरानो यो जीवबारे वैज्ञानिक नै छक्क



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

Latest










Popular
Suggested