अन्तरिक्षमा मानिसको नग्न तस्विर पठाउने



विश्वमा यति बेला एलियन्सको चर्चा भइरहेको छ । एलियन्स बारे हरेक दिन नयाँ र चकित पार्ने दाबी गरिन्छ । के ब्रह्माण्डमा एलियन्स छन् रु वर्षौंदेखि वैज्ञानिकहरू यस प्रश्नको जवाफ खोज्दै आएका छन् तर अहिलेसम्म सफल भने भएका छैनन् ।

हरेक दिन एलियन्सको बारेमा चकित पार्ने खबरहरू आइरहेका छन् । मानिसहरूले धेरै पटक एलियन र यूएफओहरू देखेको दाबी गरेका छन् ।

यसैबिच, अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एलियन्ससँग सम्पर्क गर्ने नयाँ योजना बनाएको छ । नासाको यो योजना थाहा पाउँदा तपाईं छक्क पर्नुहुनेछ । एलियन्ससँग सम्पर्क गर्ने नासाको योजना के हो ?

मानिसले वर्षौंदेखि ब्रह्माण्डमा जीवन खोजिरहेका छन् । यसका लागि विश्वका अन्तरिक्ष एजेन्सीहरूले अन्तरिक्षमा सिग्नल पठाउँछन् । तर अब नासाले एसियनहरूलाई पृथ्वीतर्फ आकर्षित गर्न अन्तरिक्षमा मानिसको नग्न तस्विर पठाउने योजना बनाएको छ ।

NASA को यो योजना तपाईलाई अनौठो लाग्न सक्छ, तर यो अपडेट गरिएको बाइनरी कोड सन्देशको अंश हो । नासाले यो सन्देश एलियन्ससँग सम्पर्क गर्न प्रयोग गर्नेछ । नासाका वैज्ञानिकहरूले वर्षौंदेखि एलियन्ससँग सम्पर्क गर्ने प्रयास गरिरहेका छन् ।

नासाको जेट प्रोपल्सन ल्याबोरेटरी (जेपीएल) खगोलविद् डा. जोनाथन जियाङ र उनको टोलीले यो बाइनरी कोड सन्देश तयार गरेका हुन् । यस सन्देशमा नग्न महिला र पुरुषको तस्विरका अलावा गणित, डिएनए संरचना र सौर्य मण्डलसँग सम्बन्धित प्रश्नहरू हुनेछन् ।

शोधकर्ताहरूका अनुसार बाइनरी–कोड गरिएको सन्देश तयार गरिएको छ जसले मिल्की वे ग्यालेक्सीमा सन्देश पठाउनेछ । तयार गरिएको यो सन्देशमा भौतिक शास्त्रका गणित र नियमका प्रश्न पनि समावेश गरिएको उनको भनाइ छ ।

यस सन्देशमा पृथ्वीमा जीवनको बायो केमिकल संरचनाबारे जानकारी समावेश गरिएको अनुसन्धानकर्ताहरूले बताएका छन् । यसका साथै सौर्य मण्डल र पृथ्वीको सतहको डिजिटल तस्विरको बारेमा पनि जानकारी दिइएको छ ।

यो सन्देशमा मानिसको डिजिटल तस्विर पनि रहेको र सन्देशलाई कसरी फिर्ता पठाउने भन्ने पनि बताइएको छ । जियाङ र उनको टोलीले यो सन्देश चीनको गुइझोउमा रहेको टेलिस्टप वा क्यालिफोर्नियाको क्भ्त्क्ष् इन्स्टिच्युटको एलेन टेलिस्कोपबाट प्रसारण गर्न सकिने प्रस्ताव राखेका थिए ।

यो पनि…
मानिसको जस्तै ओठ भएको एलियन जीव
सबैभन्दा पुरानो यो जीवबारे वैज्ञानिक नै छक्क



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ महानगरका मेयर बालेन शाहको कार्यालय अगाडी आफूलाई ईः भन्न रुचाउने २८ वर्षीय युवा बिहीबार देखि नै लगातार उभिएर विरोध

सैनिक श्रीमती संघद्वारा शुक्रवार साँझ फरक क्षमता भएका बालबालिकाको सहयोगार्थ आर्मी अफिसर्स क्लब काठमाडौंमा एक बिशेष कार्यक्रम ‘वरदान सुर–सन्ध्या’को आयोजना

‘झट्ट हेर्दा न्याउरी मुसाजस्तै देखिने पानीमा बस्ने दुर्लभ प्राणी ‘ओत’ पहिले–पहिले चितवनमा पनि थियो भन्ने कुरा अङ्कलहरूबाट सुनेको थिए, योपटक

हिन्दु नारीहरुको महान पर्व तीजको अवसरमा सोमबार राजधानीस्थित पशुपतिनाथ मन्दिर परिसरमा बिहान करिव ३ बजे देखि नै भक्तजनहरुको ठूलो घुइँचो