बेलायतको स्थानीय चुनावमामा पाँच गैरआवासीय नेपाली विजयी
बेलायतमा हालै सम्पन्न स्थानीय निर्वाचनमा त्यहाँस्थित गैरआवासीय नेपाली उम्मेदवार पनि विजयी भएका छन् ।
सार्वजनिक नतिजा अनुसार पाँच जना गैरआवासीय नेपाली उम्मेदवार विजयी भएका हुन् । विभिन्न स्थानीय काउन्सिलबाट १० गैरआवासीय नेपाली उम्मेदवार बनेका थिए ।
निर्वाचित हुने पाँचमध्ये तीन जना काउन्सिलरमा पुनःनिर्वाचित भएका हुन् भने दुई जना पहिलोपटक काउन्सिलर निर्वाचित भएका हुन् । निर्वाचितमध्ये तीन जना विपक्षी दल लेबर पार्टीका उम्मेदवार छन् भने अरु दुई सत्तारुढ कञ्जरभेटिभ पार्टीका छन् ।
निर्वाचित हुनेमध्ये लन्डनको हन्सलो बरोबाट मेयर विष्णुबहादुर गुरुङ तेस्रोपटक काउन्सिलरमा निर्वाचित भए । लेबर पार्टीबाट उम्मेदवार गुरुङले १ हजार ३७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।
लन्डनको बार्नेट काउन्सिलका पूर्वउपमेयर लक्ष्यबहादुर गुरुङ पुनः काउन्सिलर निर्वाचित भएका छन् । सत्तारुढ कञ्जरभेटिभ पार्टीबाट बार्नेटको एजवेरवरी वडामा उम्मेदवार गुरुङ १ हजार ६ सय ९१ मत प्राप्त गरी विजयी भएका हुन् ।
बेलायतको रोयल बरोबाट पहिलो पटक गैरआवासीय नेपाली उम्मेदवार काउन्सिलर निर्वाचित भएका छन्।
रोयल बरो अफ ग्रीनबीचको प्लमस्टिड एण्ड ग्लिन्डन वडामा लेबर पार्टीबाट उम्मेदवार जीत रानाभाट विजयी भएका हुन् । इंग्ल्याण्डस्थित नर्थ योर्कसायर काउन्टी काउन्सिलमा नेपालीमूलबाट पहिलोपटक उठेका डा जगन्नाथ शर्मा झिनो मतले पराजित भएका छन् ।
कन्जरभेटिभ पार्टीका उनी ८ मतले मात्र पराजित भए । उनले ५ सय ५१ मत प्राप्त गरेका थिए । कोलबर्न टाउनका पूर्व मेयर एवं काउन्सिलर शर्मा दुई तिहाइ मत पाएर कोलबर्न एन्ड हिप्सवेल काउन्सिलर भने निर्वाचित भए । लन्डनकै बार्नेट काउन्सिलको बन्टोक वडाबाट भूतपूर्व गोर्खा कमलबहादुर गुरुङ पहिलोपटक काउन्सिलर निर्वाचित भएका छन् ।
लेबर पार्टीका उम्मेदवार उनले २ हजार सय ७७ मत प्राप्त गर्दै विजय हासिल गरे । सो वडाको अर्को काउन्सिलरमा २ हजार ५ सय ४५ मतसहित लेबर पार्टीकै उम्मेदवार विजयी भए ।
स्थानीय चुनावमा सत्तारुढ दल कन्जरभेटिभले अघिल्लो चुनावभन्दा कम सिटमा विजयी हासिल गरेको छ । यो निर्वाचनमा प्रमुख प्रतिपक्ष दल लेवरलाई सफलता मिलेको छ ।
यो पनि…
एनआरएनएको दुई समूह अलग–अलग महाधिवेशनको तयारीमा
सामाजिक कार्यअन्तर्गत वी विल राइजको सहयोग
חשפניות
I'm not sure why but this site is loading extremely slow for me. Is anyone else having this issue or is it a problem on my end? I'll check back later and see if the problem still exists. חשפניות