English

अर्बौं रुपैयाँ खर्चेर बनाइँदै पानीमा तैरने सहर



दक्षिण कोरियाको बुसान सहरमा पानीमा तैरने सहर बन्ने भएको छ । यो कुरा विश्वास नलाग्न सक्छ तर यो सत्य हो । यो सहर कुनै आश्चर्य भन्दा कम हुनेछैन । विश्वको पहिलो तैरने सहरको प्रोटोटाइप भइरहेको छ । संयुक्त राष्ट्र संघको सहयोगमा वैज्ञानिकहरूले यसको तयारी गरिरहेका छन् ।

यो परियोजना गत वर्ष घोषणा गरिएको थियो, जसलाई OCEANIX नाम दिइएको छ । यस सहरको नयाँ डिजाइन गरिएका तस्बिरहरूमा, यो देख्न सकिन्छ कि आपसमा जोडिएका प्लेटफर्महरू १५.५ वर्ग फुट क्षेत्रफलमा फैलिएका छन् । यो अनौठो सहरमा १२ हजार मानिस बस्न सक्छन् । सहरलाई पानीमा तैराउन १५ अर्ब रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । यो सहरको निर्माण सन् २०२५ सम्ममा सम्पन्न हुनेछ ।

फिलिप होफम्यान भन्छन् कि OCEANIX बुसान निर्माण गरेर, हामी पानीमा तैरने पूर्वाधारले तटीय सहरहरूको लागि नयाँ जग बनाउन सक्छौ भनेर देखाउन चाहन्छौँ ।

यस परियोजनाबाट तटीय क्षेत्रमा बसोबास गर्ने जनतालाई सहयोग गर्ने हाम्रो उद्देश्य रहेको उनले बताए । हामी ती मानिसहरूलाई मद्दत गर्न चाहन्छौँ जसको अस्तित्व समुद्रको सतह बढेर खतरामा छ ।

OCEANIX ले विश्वका पाँचमध्ये दुई वटा तटीय क्षेत्रबाट १०० किलोमिटरको दायराभित्र बस्ने गरेको बताएको छ । बाढीका कारण वर्षेनी लाखौँ मानिस घरबार छाड्न बाध्य छन् ।

यो सहर सुन्दर निलो तालमा बनाइनेछ । यस सहरमा धेरै पोखरीहरू हुनेछन् । सहरको आधार धेरै अन्तर सम्बन्धित प्लेटफर्महरू हुनेछन् । कूल १५ दशमलव ५ वर्ग फुट क्षेत्रफलमा सहर बस्नेछ ।

सहरलाई विभिन्न क्षेत्रमा विभाजन गरी बस्ने, अनुसन्धान र आवासको सुविधा हुनेछ । सहरका भवनहरूको उचाइ अग्लो हुने छैन । सात तलाभन्दा कम उचाइका यस्ता भवन निर्माण गरिनेछन् ।

बुसानले चर्को गर्मीको अनुभव गरेको छ, जसका कारण सौर्य ऊर्जा पनि प्रयोग गर्न सकिने गरी भवनको छाना छायादार बनाइनेछ । सहरका प्रत्येक टापुमा छ वटा कुनाहरू हुनेछन् । यी सबै कङ्क्रिट भन्दा बलियो चुनढुङ्गाले ढाकिनेछ ।

यो पनि…
मानिसको जस्तै ओठ भएको एलियन जीव
सबैभन्दा पुरानो यो जीवबारे वैज्ञानिक नै छक्क



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested