यौन सम्पर्कको समयमा के चाहन्छन् महिला ?



यौन सम्बन्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो । तर यौन सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँछ भन्ने विषयमा सबैलाई कौतुहलता हुन्छ । यस विषयमा धेरै अध्यन भएका छन् । पछिल्लो पटक गरिएको एक अध्ययनले महिलाले ओच्छ्यानमा के चाहन्छन् भन्ने विषयमा नयाँ तथ्य बाहिर ल्याएको छ । यौन विज्ञको सहभागितामा ७०० महिलामा गरिएको अध्यनबाट महिलाहरुले यौन सम्बन्धको बेला के सोंच्छन् भन्ने तथ्य बाहिर आएको हो ।

यौन क्रिडामा पुरा ध्यान

ओच्छ्यानमा हुँदा महिलाहरु आफ्नो पार्टनरले पुरै ध्यान यौन सम्बन्धमै देओस भन्ने चाहन्छन् । सर्वेमा सहभागी करिव ४२ प्रतिशत महिलाले आफूलाई ध्यान दिएको महसुस भए पुरुषको प्यार बढी अनुभव हुने बताएका थिए ।

पाक क्रिडा महत्वपूर्ण

महिलाहरु यौन सम्पर्क शुरु हुनु अघि गरिने क्रियाकलापमा बढि चाख राख्छन् । पाक क्रिडाको माध्यमबाट आफूलाई पुरै उत्तेजित तुल्याएपछि मात्र यौन सम्पर्क शुरु होस् भन्ने महिलाको चाहाना हुन्छ ।

कण्डम नलगाइ यौन सम्पर्क गर्दा बढी सन्तुष्टी

अध्ययनमा महिलाले पनि पुरुष जस्तै कण्डम नलगाइ यौन सम्पर्क गर्दा बढी सन्तुष्टी हुने बताए । यद्यपी कण्डम लगाउँदा बढी सुरक्षित महसुस हुने उनीहरुको भनाइ थियो ।

हतार नगर्ने

यौन क्रिडाका लागि हतारिने पुरुष महिलालाई मन पर्दैन । उनीहरु आफ्ना संवेदनशील कोमल अंगमा पुरुषले दुख्ने गरी केही पनि नगरुन् भन्ने चाहन्छन् । संवेदनशील अंगसँग संवेदनशीलरुपमै प्रस्तुत भएको उनीहरुलाई मन पर्छ ।

आसनको भूमिका

यौन क्रिडामा आसनको भूमिका पनि महत्वपूर्ण हुने महिलाको भनाइ छ । अनुसन्धानमा सहभागी महिलाका अनुसार सुताएर उनीहरुको तल २९३ सिरानी राखेर यौन क्रिडा गर्दा महिलाले बढी सन्तुष्टी अनुभव गर्ने गर्छन् । तर सुतेका पुरुषमाथि चढेर यौन सम्पर्क गर्दा पनि मजा आउने उनीहरुको भनाइ छ । त्यसै गरी अधिकाँश महिलाले डगी स्टाइल अर्थात महिला चार हात खुट्टा टेकेर बस्ने र पुरुषले पछाडीबाट यौन क्रिडा गर्ने पोजिसन सबै भन्दा आनन्ददायी रहेको बताए ।

संवेदनशील अंगको पहिचान

महिला शरीर आफैमा संवेदनशील चिज हो । तर पुरुषहरु आफ्नै जस्तो गरेर महिलासँग ब्यवहार गर्छन् । सेक्सको क्रममा महिलाहरु योनीको माथिल्लो भित्री भागमा स्पर्श भए निक्कै छिटो आनन्दित हुने पत्ता लागेको छ । त्यहा चलाउँदा महिला तयार हुने र छिटो चरम सीमामा पुग्ने शोधकर्ताको भनाइ छ । यसका लागि औंलाको प्रयोग महत्वपूर्ण हुन्छ ।

यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



...
यस्ता हुन्छन् महिलाको यौन इच्छा देखाउने व्यवहार - Mero LifeStyle Mero LifeStyle

[…] बुझ्नु महत्त्वपूर्ण हुन्छ । महिलाले यौनिक चाहना पनि शब्दमै व्यक्त नगर्ने एक […]

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

जति यौन चाहना बढी भयो उति नै बढी योनीबाट तरल पदार्थ प्रवाह हुन्छ । तर, यौन इच्छा भएन भने महिलाको

यौन सम्पर्क गरे लगत्तै वा गर्नुभन्दा पहिला नै वीर्य स्खलन भएमा त्यसलाई शीघ्रपतन भनिन्छ । शीघ्रपतन हुने मानसिक कारणहरू शीघ्रपतनको

मानिसको बुढोपना सम्बन्धी एक जना वैज्ञानिकले सेक्सले मानिसको आयु कम गराउने प्रमुख तत्त्व रहेको बताएका छन् । अमेरिकी थिंक ट्यांक

विवाहपश्चात् प्रायः मानिसको तौल बढ्ने गर्दछ । विवाहपछिको ३ देखि ६ महिनामा मोटोपनको महसुस पनि गर्नुभएकै छ होला । स्तनको

Suggested