English

‘चुनावप्रति उत्साह नै छैन’



उमेरले ८० वर्ष प्रवेश गरेका कागेश्वरी मनोहरा नगरपालिका–५ का रामजीप्रसाद कुइँकेलले यसअघि नै १० पटकभन्दा बढी मतदान गरिसकेका छन् ।

पञ्चायतकालदेखि नै मतदान गर्दै आएका उनका अनुभवमा चुनावमा मत माग्न आउँदा गरेको बाचा अनुसार नेता कार्यकर्ताले निर्वाचित भएपछि काम गर्दैनन् । मत माग्न आउँदा जनसरोकारका सबै मुद्दा समाधान गरिदिने बाचा गर्छन् । निर्वाचित भएपछि यसलाई बिर्सन्छन् । अर्को निर्वाचनमा तिनै नेता, कार्यकर्ता उही बाचा लिएर जनताको घर दैलोमा पुग्छन् ।

पछिल्लो पटक विसं २०७४ को वैशाखमा स्थानीय तह र मङ्सिरमा प्रदेश एवं सङ्घीय सांसदका लागि उनले मत खसाले । जोरपाटी–थली–साँखु सडकको नजिकैको घरमा बस्दै आएका उनीजस्ता हजारौँ नागरिकले विगत सात वर्षदेखि धुलो र हिलो भएको सडकको सास्ती भोग्नुपरेको छ ।

चुनावप्रति अब ममा उत्साह नै छैन, मत हाल्न पनि जाऔँ कि नजाऔँ जस्तै लाग्न थालेको छ, धुलो र हिलोले बसिसक्नु छैन ।

विसं २०७२ मै ठेक्का भएको यो सडक पाँच वर्षअघिको निर्वाचनताका पनि यस्तै धुलाम्य र हिलाम्य थियो । अहिले पनि उस्तै छ । त्यसबेला तीनै तहको निर्वाचनमा मत माग्न आउँदा विभिन्न दलका नेता, कार्यकर्ताले आफूले जिते धुलो र हिलोको समस्या समाधान हुने प्रतिबद्धता जनाएका थिए । स्थानीयवासीका अनुसार विगत पाँच वर्षमा सो सडकको अवस्थामा सुधार भएन । सडक किनारका घरले उठाउँदै आएका मुद्दा समाधान गरिएन ।

‘चुनावप्रति अब ममा उत्साह नै छैन, मत हाल्न पनि जाऔँ कि नजाऔँ जस्तै लाग्न थालेको छ, धुलो र हिलोले बसिसक्नु छैन’, जीवनको आठ दशक पार गरिसकेका कुइँकेलले भने ।कागेश्वरी मनोहरा नगरपालिकाको केन्द्रसमेत रहेको थलीका मतदाताको मोह कान्ति भैरव माध्यमिक विद्यालयका नाममा रहेको ठूलो चौरको विभिन्न तहबाट भएको अतिक्रमणले पनि भङ्ग भएको छ ।

थली चौर यहाँको सान थियो, भूकम्प, आगलागी, बाढी पहिरोजस्ता विपदमा अब कहाँ गएर आश्रय लिने ?

दुई दशकदेखि नै विद्यालयको जग्गा वरिपरिबाट स्थानीय सीमामा परेका जग्गाधनीले नै मिचेका थिए । नगरपालिकाको भवन त अन्तिम चरणमा पुगेको छ । खुला चौर भने मासिएको छ । विसं २०७२ वैशाख १२ को भूकम्पपछि हजारौँ मानिसले थली चौरको खुला आकाशमुनि आश्रय लिएका थिए । अन्यत्रको सार्वजनिक जग्गामा नगरपालिकाको भवन बनाउन सकिने भए पनि विद्यालयको जग्गा स्थानीय सरकारले उपयोग गर्दा विपदमा आश्रय लिने ठाउँ नभएको स्थानीय सृजना पौडेलले सुनाइन् ।

‘थली चौर यहाँको सान थियो, भूकम्प, आगलागी, बाढी पहिरोजस्ता विपदमा अब कहाँ गएर आश्रय लिने ?’ स्थानीय तहका जनप्रतिनिधिलाई उनको प्रश्न छ ।स्थानीयवासी ३० वर्षदेखि हिँड्दै आएको बाटो बन्द भएर दुःख पाएको गुनासो गर्छन् ।

एक दशक अघिदेखि थली चौरको करिब ३०० मिटरभित्र घर बनाएर बस्दै आएका तुलसीप्रसाद चौँलागाईँ एक वर्षदेखि बाटो नपाएको सुनाउछन् । न्यायिक समितिमा एक वर्ष अघिदेखि उजुरी दर्ता गरे पनि न्याय नपाएको उनको दुःखेसो छ । न्यायिक समितिले तीन महिनामा न्याय दिनुपर्ने कानुनी व्यवस्था भए पनि पूरा भएको छैन । स्थानीय तहमा सानातिना मुद्दा मिलाउन सक्ने गरी न्यायिक समितिको व्यवस्था गरे पनि त्यो प्रभावकारी हुन नसकेको बताइएकोछ ।

कागेश्वरीमा केन्द्रमा भन्दा बढी समस्या वडावडामा छ । नगरपालिकाको–६ मूलपानीको भित्री सडक दुई महिनादेखि ढलान एवं स्तरोन्नति रोकिएको छ । व्यक्तिले आफ्नो रुचिअनुसार सडकमा जग्गा नपार्न चाहेकाले काम रोकिएको स्थानीय पीडित विदुर सापकोटा बताउछन् ।

आसन्न निर्वाचनका लागि नगरपालिकामा कूल ३५ हजार ४९३ मतदाता छन् । नौ वडा रहेको नगरपालिकामा नगर प्रमुखका ११, उपप्रमुखका पाँच उम्मेदवार मैदानमा छन् । वडाध्यक्ष र सदस्यसमेतको गरी कूल २०९ जना उम्मेदवारले प्रतिष्पर्धा गरिरहेको निर्वाचन अधिकृत शारदा राउतले जानकारी दिइन् ।

यो पनि…
सरकार र संसद्को भूमिकामा छन् स्थानीय तहका जनप्रतिनिधि
यस्तो छ स्थानीय तह निर्वाचनको गणितीय समीकरण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

एक साँझ हामी सूर्यास्त अवलोकन गर्न हेग शहरको अत्याधिक प्रसिद्ध समुन्द्रतट स्केभनिनगन गएका थियौँ । हाम्रो टोलीमा इटाली, फ्रान्स, नर्वे,

काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरीमै नेपालको राष्ट्रिय चरा डाँफे हेर्न पाइन्छ भन्ने थाहा पाउँदा कतिपयलाई अपत्यारिलो लाग्दो हो

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र