यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ १३ पैसा र बिक्री दर १२२ रुपैयाँ ७३ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १२८ रुपैयाँ ४८ पैसा र बिक्री दर १२९ रुपैयाँ ११ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५३ रुपैयाँ ५२ पैसा र बिक्री दर १५४ रुपैयाँ २७ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२५ रुपैयाँ पाँच पैसा र बिक्री दर १२६ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ३९ पैसा र बिक्री दर ८६ रुपैयाँ ८२ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ३९ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली नौ रुपैयाँ चार पैसा र बिक्री दर नौ रुपैयाँ ४५ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४८ पैसा र बिक्री दर १८ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिद दर ३२ रुपैयाँ ५६ पैसा र बिक्री दर ३२ रुपैयाँ ७२ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ४६ पैसा र बिक्री दर ३३ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ पाँच पैसा छ भने बिक्री दर २८ रुपैयाँ १९ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ६५ पैसा र बिक्री दर नौ रुपैयाँ ६९ पैसा कायम भएको छ ।

यो पनि…
स्वदेशी उद्योग बन्द : बर्सेनि अर्बौंको टायर आयात
ओरोलो लाग्यो सेयर बजार



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

नेपाली बजारमा सुन–चाँदीको मूल्य बढ्ने क्रम जारी रहेको छ। शुक्रबार सुनको मूल्य तोलाको एक लाख रुपैयाँ नाघेको छ। अघिल्लो कारोबार

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर यस सार्वजनिक गरेको छ। बिहिबारको तुलनामा शुक्रबार अमेरिकीफ डलर, युरो, पाउण्डलगायतको

नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य बढेको छ। बुधबार स्थिर रहेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रुपैयाँ

नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ। बिहीबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ६६ पैसा र बिक्रीदर

Suggested