English

७६ जिल्लामा एक करोड ८० लाख बढी मतपत्र ढुवानी



निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि ७६ जिल्लाको मतपत्र छपाइ सकेको जनाएको छ । जनक शिक्षा सामग्री केन्द्रले यी जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ सकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार ढुवानीको काम धमाधम भइरहेको छ । मनाङ र मुस्ताङमा भने हेलिकोप्टरमार्फत ढुवानी गरिएको शर्माले बताए । उनका अनुसार अब भक्तपुरको मात्र मतपत्र छपाइ सक्न बाँकी छ ।

आयोगले काठमाडौंदेखि लामो दूरी रहेको जिल्लामा छिटो मतपत्र पठाउन थालेको हो । निर्वाचन आउन १३ दिन बाँकी रहँदा आयोगले मत्रपत्र छपाइ, ढुवानीसँगै अन्य निर्वाचनसम्बन्धी कामलाई तीब्रता दिएको छ ।

आयोगले स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयहरूले आजै उम्मेदवारहरूलाई निर्वाचन चिह्न पनि प्रदान गर्दै छ ।

यो पनि
काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहको उम्मेदवारी (प्रतिबद्धता पत्रसहित )
निर्वाचनको तयारी : के गर्न पाइने, के गर्न नपाइने ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

साउन १९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिमा आउँदो साउनको अन्तिम सातादेखि जग्गाधनी पुर्जा वितरण गरिने भएको छ । लामो समयदेखि

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested