यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ आठ पैसा र बिक्री दर १२२ रुपैयाँ ६८ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १२८ रुपैयाँ ३७ पैसा र बिक्री दर १२९ रुपैयाँ मात्र छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५२ रुपैयाँ ६४ पैसा र बिक्री दर १५३ रुपैयाँ ३९ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२५ रुपैयाँ ५३ पैसा र बिक्री दर १२६ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७४ पैसा र बिक्री दर ८७ रुपैयाँ १७ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ तीन पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ४९ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली नौ रुपैयाँ ३६ पैसा र बिक्री दर नौ रुपैयाँ ४१ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४७ पैसा र बिक्री दर १८ रुपैयाँ ५६ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिद दर ३२ रुपैयाँ ५५ पैसा र बिक्री दर ३२ रुपैयाँ ७१ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ४७ पैसा र बिक्री दर ३३ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ९८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ १२ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ५९ पैसा र बिक्री दर नौ रुपैयाँ ६४ पैसा कायम भएको छ ।

यो पनि…
स्वदेशी उद्योग बन्द : बर्सेनि अर्बौंको टायर आयात
ओरोलो लाग्यो सेयर बजार



...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर - Mero LifeStyle Mero LifeStyle

[…] आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले […]

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

बुधबार सेयर बजार परिसूचक नेप्से १४.३७ अंकले वृद्धि भएको छ । योसँगै नेपाल स्टक एक्स्चेन्ज परिसूचक २२२३.५७ अंकमा उक्लिएको छ

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले विभिन्न देशबाट १ खर्ब १ अर्ब ५३ करोड ७९ लाख ३४

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले करिव ३७ अर्ब रुपैयाँको मोबाइल फोन आयात गरेको छ ।अघिल्लो एक

गत साताको बिहीबारदेखि ओरालो लागेको सेयर बजार यस साताको पहिलो कारोबार दिन ३४.२१ अंक अर्थात १.५३ प्रतिशत घटेर २२००.८८ विन्दुमा

Suggested