यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ १६ पैसा र बिक्री दर १२२ रुपैयाँ ७६ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १२९ रुपैयाँ ६१ पैसा र बिक्री दर १३० रुपैयाँ २५ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५३ रुपैयाँ सात पैसा र बिक्री दर १५४ रुपैयाँ ४५ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२६ रुपैयाँ ७६ पैसा र बिक्री दर १२७ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ तीन पैसा र बिक्री दर ८७ रुपैयाँ ७२ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ६२ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली नौ रुपैयाँ ५५ पैसा र बिक्री दर नौ रुपैयाँ छ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६४ पैसा र बिक्री दर १८ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ५७ पैसा र बिक्री दर ३२ रुपैयाँ ७३ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ ४३ पैसा र बिक्री दर ३३ रुपैयाँ छ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ दुई पैसा छ भने बिक्री दर २८ रुपैयाँ १६ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ६६ पैसा र बिक्री दर नौ रुपैयाँ सात पैसा कायम भएको छ ।

यो पनि…
नेपालमा आठ महिनामा तीन करोडको सियो आयात !
कृषिप्रधान देश : आठ महिनामा ३७ अर्ब रुपैयाँको धान-चामल आयात



Leave a Reply

Your email address will not be published.

सम्बन्धित खबरहरु

बिहीबार सेयर बजार २३ अंकले घटेको छ । आज कारोबार सुरू भएदेखि नै घट्न थालेको बजार अन्तिम समयसम्ममा २३.५१ अंकले

मङ्गलबार ८५ अङ्कले घटेको सेयर बजार आज बुधबार भने सामान्य बढेको छ । सेयर बजार परिसूचक नेप्से आज आठ दशमलव

नेपाल राष्ट्र बैंकले अनिवार्य लागु गरेको प्रतित पत्र र विभिन्न वस्तुको आयातमा लगाएको पूर्ण बन्देजका कारण भैरहवा भन्सार कार्यालयले लक्ष्य

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन साढे १८ अंक घटेर बन्द भएको नेप्से,

Suggested