English

आईपीएलमा ‘पर्पल क्याप’ जित्न सक्ने पाँच बलर



इन्डियन प्रिमियर लिग (आईपीएल)का खेलहरू जारी छन् । लिगमा हरेक दिन रोमाञ्चक खेल देख्न पाइन्छ । आईपीएलको अन्तिममा प्रत्येक साल सबैभन्दा धेरै विकेट लिने बलरलाई ‘पर्पल क्याप’ दिने प्रचलन छ । यसपटक समेत खेलाडी ‘पर्पल क्याप’ का लागि दाबेदारी प्रस्तुत गर्न थालिसकेका छन् ।

यसपटक ‘पर्पल क्याप’को दाबेदारमा युजवेन्द्र चहल देखिएका छन् । तर, उनलाई टक्कर दिनेमा अन्य खेलाडीसमेत छन् ।

यस सिजन ‘पर्पल क्याप’का दावेदार देखिएका पाँच खेलाडीः

युजवेन्द्र चहल

यस वर्ष-२०२२ मा ‘पर्पल क्याप’ को दाबेदारमा सबैभन्दा अघि आउँछन् युजवेन्द्र चहल । राजस्थान रोयलका युजवेन्द्र चहलले ६ खेलमा १७ विकेट लिइसकेका छन् । भारतीय राष्ट्रिय टोलीका सदस्यको औसत सात दशमलव तीन रहेको छ ।

कुलदीप यादव

भारतीय खेलाडी चहललाई यस सिजन दाबेदारीमा प्रतिस्पर्धा उनैकै टिम साथी कुलदीप यादवले दिएका छन् । दिल्ली क्यापिटल्सका कुलदीप सर्वाधिक विकेट लिने खेलाडीमा दोस्रो स्थानमा छन् । उनले हालसम्म ६ खेलमा १३ विकेट हात पारेका छन् । कुलदीपको औसत ८ रहेको छ ।

टी नटराजन

आईपीएल सिजन–२०२२ मा सनराइजर्स हैदराबादका स्टार बलर टी नटराजनले उत्कृष्ट प्रदर्शनलाई जारी राखेका छन् । नटराजनले ६ खेलमा १२ विकेट आफ्नो नाममा लेखाएका छन् । भारतीय बलर नटराजनलाई समेत ‘पर्पल क्याप’ का दाबेदारीमा राखिएको छ ।

वानिन्दु हसरंगा

जारी आईपीएलमा सबैको ध्यान केन्द्रित गर्न सफल भएका छन् वानिन्दु हसरंगाले । श्रीलंकाका बलर रोयल च्यालेन्ज बैंगलोरका लागि खेल्ने गर्छन् । जारी लिगमा उत्कृष्ट प्रदर्शन गरेका नटराजनले सात खेलमा ११ विकेट लिएका छन् ।

आवेश खान

अघिल्लो सिजन ‘पर्पल क्याप’को दाबेदारीमा दोस्रो स्थानमा थिए आवेश खान । यस सिजनसमेत उनी आफूलाई दाबेदारीको सूचीमा राख्न सफल भएका छन् । जारी लिगमा ७ खेल खेलका उनले ११ विकेट लिएका छन् । लखनउ सुपर जायन्टसका लागि खेलिरहेका आवेशको प्रदर्शन दिन प्रतिदिन उच्च रहँदै आएको छ ।

यो पनि
रोनाल्डोको ह्याट्रिक, मिलानलाई अग्रता, युभेन्ट्स विजयी, बायर्न रोकियो
विवाद बढेपछि ‘बालोन डिओर’ अवार्डको नियम परिवर्तन



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्र सिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

फागुन ९, केके मानन्धर ।भक्तपुरको मध्यपुर थिमिस्थित सिवाः सायमि खलःले मानन्धर फुटसल प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं उपत्यका लगायत

काठमाडौँ : नेपाली खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) द्वारा हरेक वर्ष आयोजना हुँदै आएको प्रतिष्ठित २२औँ एनएसजेएफ पल्सर स्पोट्स अवार्ड यस

Latest










Popular
Suggested