English

‘अयोग्य’ गभर्नर कि अर्थमन्त्री ?




नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजदेखि आफ्नो काममा फर्किने भएका छन्। सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशअ आएसँगै उनी १२ दिनपछि कार्यालय जान लागेका हुन् ।

गभर्नर अधिकारीले सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशअनुसार आजबाट नियमित काममा फर्किने बताएका छन्।

न्यायाधीश हरि फुयाँलको एकल इजलासले मंगलबार ‘गभर्नर अधिकारीलाई पदीय जिम्मेवारी पूरा गर्न दिनु’ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ।

न्यायाधीश हरि फुयाँलको एकल इजलासले मंगलबार ‘गभर्नर अधिकारीलाई पदीय जिम्मेवारी पूरा गर्न दिनु’ भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ।

यसअघि, अर्थमन्त्री जनार्दन शर्माको सिफारिसमा मन्त्रिपरिषद्ले गभर्नर अधिकारीलाई निलम्बन गर्दै पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएको थियो।

तर, सर्वोच्चले योसँग सम्बन्धित कुनै पनि निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ। सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि १३ वैशाखमा बोलाएको छ।

यसअघि, सरकारले सूचना चुहाएको र अर्थतन्त्र बिगारेको भन्दै गर्भनर अधिकारीलाई निलम्बन गरेको थियो । मन्त्रीपरिषद् बैठकबाट तीन सदस्यीय छानबिन समिति गठन भएलगत्तै गर्भनर अधिकारी निलम्बनमा परेका थिए । 

निलम्बनमा परेपछि सरकारविरुद्धको रिट लिएर गर्भनर अधिकारी सर्वोच्च पुगेका थिए । उनी निलम्बन खारेजीको माग गर्दै वैशाख ४ गते सर्वोच्च पुगेका थिए ।

निलम्बनमा परेपछि सरकारविरुद्धको रिट लिएर गर्भनर अधिकारी सर्वोच्च पुगेका थिए । उनी निलम्बन खारेजीको माग गर्दै वैशाख ४ गते सर्वोच्च पुगेका थिए ।

अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग

अर्थमन्त्रीले सहकार्य गर्न ‘अयोग्य’ ठानेका गभर्नर नै अदालतको आदेशसहित राष्ट्र बैंक फर्किएपछि नैतिकताका आधारमा अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुपर्ने विज्ञहरूले सुझाव दिएका छन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा छानबिन भइरहेका र सर्वोच्चमा विचाराधीन रहेका विषयलाई बेवास्ता गर्दै अर्थमन्त्री शर्माले शङ्कास्पद खातामा रहेको रकम खुला गरिदिन राष्ट्र बैंकलाई निर्देशन दिएका थिए।

अवैध रूपबाट आर्जन भएको धन खुला गर्न अर्थमन्त्रीले दबाब दिएको चर्चा थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा छानबिन भइरहेका र सर्वोच्चमा विचाराधीन रहेका विषयलाई बेवास्ता गर्दै अर्थमन्त्री शर्माले शङ्कास्पद खातामा रहेको रकम खुला गरिदिन राष्ट्र बैंकलाई निर्देशन दिएका थिए।

यो विषयमा समाचार प्रकाशित भएपछि अर्थमन्त्रीले गभर्नरलाई निलम्बन गरेका थिए।

यो पनि
चर्को आलोचनापछि विदेशीलाई दुई सय डलर ल्याउन गरिएको अनुरोध स्थगन
मुलुकको अर्थतन्त्र खराब नभएको अर्थमन्त्रीको दाबी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजनामा ‘साथी राइड’को शुभारम्भ तथा बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आइतबार

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

Latest










Popular
Suggested