English

ह्याकरको निशानामा ३ अर्ब २० करोड गुगल क्रोम प्रयोगकर्ता



गुगलले आफ्नो वेब ब्राउजर गुगल क्रोमका लागि पछिल्लो तीन हप्तामा तीनवटा नयाँ सेक्युरिटी अपडेट जारी गरेको छ ।रिपोर्टअनुसार गुगल क्रोममा रहेको एक समस्याका कारण ३ अर्ब २० करोड प्रयोगकर्ताहरू सुरक्षा जोखिममा परेका थिए ।

गुगल क्रोममा नयाँ खाले समस्या तथा खतरा फेला परेको थियो जसको फाइदा उठाएर ह्याकरहरूले क्रोम प्रयोगकर्ताका निजी तथा गोप्य जानकारीहरू चोरी गर्ने तथा प्रयोगकर्तालाई आफ्नो सिकार बनाउने जोखिम उत्पन्न भएसँगै गुगलले क्रोम ब्राउजरका लागि एक आपतकालीन अपडेट जारी गरेको हो ।

उक्त अपडेटसँगै गुगलले क्रोममा देखा परेको खतरनाक बगलाई निस्तेज पारेको जनाएको छ । गुगल क्रोममा देखिएको उक्त बगलाई CVE-2022-1364 नाम दिइएको छ ।

साथै गुगलले क्रोम ब्राउजर प्रयोगकर्तालाई आफ्नो ब्राउजर तुरुन्तै अपडेट गर्न पनि अनुरोध गरेको छ । भाइरस निस्तेज पारेसँगै गुगलले क्रोमको १००.०.४८९६.१२७ भर्सन पनि जारी गरेको छ । यो संस्करण विन्डोज, म्याक र लिनक्स तीनवटै प्लाटफर्मका लागि हो ।गुगलले अपडेट जारी गरे पनि क्रोम ब्राउजर आफैं अपडेट हुने छैन ।

यसका लागि प्रयोगकर्ता आफैंले आफ्नो डिभाइसको क्रोम ब्राउजर अपडेट गर्नुपर्ने हुन्छ । तपाईं पनि आफ्नो ब्राउजरको About खण्डमा गएर अपडेट उपलब्ध रहे/नरहेको जाँच गरी यदि उपलब्ध रहेमा तुरुन्तै अपडेट गर्न सक्नुहुन्छ ।

यदि, ब्राउजरमा तत्काल अपडेट उपलब्ध नभएमा अपडेट नगरुन्जेल सोसल मिडिया अकाउन्ट तथा बैंकिङ लगायतका अकाउन्ट अपडेट नगर्नु नै उपयुक्त हुन्छ ।

यो पनि…
सार्वजनिक सवारी साधनमा २८ प्रतिशतसम्म भाडा वृद्धि
‘सवारी साधन हुने अस्पताल तिर कुद्छन्, नहुने घरमै रुँदै बस्छन्’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।

डिजिटल मिडिया तथा कम्युनिटी प्लाटफर्म विज्ञ सन्तोष कुमार देवकोटा स्पेस फोरके टेलिभिजनको अपरेशन निर्देशकमा नियुक्त भएका छन् । देवकोटालाई अध्यक्ष

टाटा गाडीको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्सबाट विद्युतीय गाडी खरिद गर्ने ग्राहकलाई ८० प्रतिशतसम्म कर्जा व्यवस्था