English

कैदीबन्दीलाई छैन मतदानको अधिकार ?



देशभर कुल कैदीबन्दीको संख्या २५ हजार ७२ रहेको छ । कुल कैदीबन्दीमध्ये १ हजार ३ सय ८४ जना विदेशी रहेका छन् ।

कारागार व्यवस्थापन विभागका सूचना अधिकारी रामचन्द्र सिवाकोटीका अनुसार अहिले देशका विभन्न जेलहरूमा १३ हजार ७३१ पुरुष कैदी र ७८० जना महिला कैदी रहेका छन् ।

यस्तै, देशमा अहिले ९ हजार ९६९ पुरुष र ५९२ जना महिला बन्दीहरू रहेको उनले जनाए । देशका ८ वटा बालसुधार गृहमा ५०३ जना कैदी र ५२५ जना बन्दी रहेका छन् ।

देशका विभिन्न जेलमा रहेका कैदीबन्दीहरूले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाउने विभागका सूचना अधिकारी सिवाकोटीले बताए ।

‘कैदीबन्दीलाई मतदानसमा सहभागी गराएका मैले अहिलेसम्म थाहा पाएको छैन । यसपटकको निर्वाचनमा पनि उनीहरुले मतदान गर्न पाउने छैनन् । यसैकारण उनीहरुको मतदाता परिचयपत्र पनि बनाइएको छैन,’ सूचना अधिकारी सिकाकोटीले भने ।

यो पनि…
केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप
गर्भबाटै कारागार जीवन बिताउन बाध्य २ बालिका



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested