English

घरको गेट बनाउँदा यी कुरामा ख्याल गर्नुहोस्



घर बनाउँदा वास्तु दृष्टिका विभिन्न कुरा ख्याल गर्नुपर्छ । घरमा रहेका कुराहरूले सकारात्मक र नकारात्मक उर्जा पैदा गर्ने हुँदा यस्ता कुरा ख्याल गर्नुपर्छ । वास्तुशास्त्रअनुसार एक चिम्टी नुनले पनि तपाईंलाई धनी बनाउन सक्छ । यो त अझ घरको मूल गेटको कुरा हो ।

घरको मुख्य गेट बनाउँदा सधैं यी कुराको ध्यान दिनुपर्ने वास्तुशास्त्रको भनाइ छ । यी कुरा ख्याल नगरे नकारात्मक उर्जा पैदा भएर परिणाम पनि नकारात्मक हुने वास्तुशास्त्रको भनाइ छ । वास्तुशास्त्रअनुसार घरमा गरिने यी गल्तीले सधैँ आर्थिक अभाव हुन्छ ।

यी कुरामा सधैं ध्यान दिनुहोस् ।

– मुख्य गेट पूर्व दिशामा फर्केको छ भने उत्तर पूर्वमा अलिकति खाली जग्गा छोड्नुस् । यसले स्वस्थ राख्न मद्दत गर्छ ।
– घरको पूर्वी भागलाई सकेसम्म होचो राख्नुस् । आर्थिक अभाव हुँदैन ।
– यदि, भाडामा दिनुछ भने भुइँ तल्लाको कोठा मात्र भाडामा दिनुस् ।
– घरको पूर्व–दक्षिण कोणमा ढोका नराख्नुस् । यसो भएमा चोरी र आगजनीको खतरा बढी हुन्छ ।
– घरको पूर्वी या उत्तर दिशामा कुवा, ह्यान्डपम्प या ट्युबेल राख्नुस् ।
– पूर्वी दिशामा झ्याल तल राख्नुस् । यसले घरका मानिस स्वस्थ हुन्छ भने मान–सम्मान पनि बढ्छ ।
– घरको पूर्वी कोणमा फोहोर नराख्नुस् । यसो गर्दा धन सम्पत्तिको नोक्सानी हुन सक्छ ।

यो पनि…
घरमा रोप्नुहोस् यी औषधीय गुण भएका बिरूवाहरू
घरभित्र पूजा कोठा बनाउँदा हुन्छ सधैँ फलिफाप



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,