English

विश्व चिनाउने साताका २१ तस्वीर



विश्वभर विभिन्न घटना घट्छन् । केही शब्दले समाचार बन्छन् त केही तस्वीरले । तिनै तस्वीरले विश्व चिनाउँछन् । भनिन्छ, हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा तस्वीरले बताउँछ । त्यसैले, यस हप्ता तिनै सन्देश दिने तस्वीरलाई हामीले समेट्ने प्रयास गरेका छौँ ।

२१. फिलिपिन्सस्थित गएको बाढीपहिरोले पुर्याएको क्षति ।
२०. भारतीय उत्तरी राज्यस्थित प्रयागराजमा कारभित्र बसेर आइसक्रिम खाँदै बालबालिका ।
१९. क्युबाको गिरोनमा हजारौँ गाँगटा समुन्द्रबाट सडकमा देखिएको दृश्य ।
१८. भारतको नयाँ दिल्लीस्थित तातो लहरको बीचमा एक कामदारले निर्माणको लागि फलामको रड बोक्दै ।
१७. भारतको उत्तर प्रदेशको प्रयागराजमा रामनवमी पर्वको अवसरमा गङ्गा र यमुना नदीको संगममा हिन्दू भक्तहरूले बिहानको अनुष्ठान गर्दा बालबालिका स्नान गर्दै ।
१६. बंगलादेशको ढाकामा बंगाली नयाँ वर्ष वा ‘पोहेला वैशाख’ मनाउन फूलको मुकुट बेच्दै ।
१५.जेनिनको वेस्ट बैंक सहरको दृश्य ।
१४.बुरुन्डीस्थित तालमा माछा मार्दै ।
१३.लाहोरको फलफूल बजारमा तरबुजाको व्यापार ।
१२. भारतस्थित अमृतसरका किसान गहुँ बाली भित्र्याउँदै ।
११.श्रीलंकामा पेट्रोलियम ग्यास (एलपीजी) सिलिन्डर किन्नेको भिड ।
१०. जात्रा ‘विस्केट जात्रा’ अन्तर्गत अन्तिम दिन बिहीबार नवौँपटक जिब्रो छेडेपछि नगर परिक्रमा गर्दै बुद्धकृष्ण बाग श्रेष्ठ ।
९.घोराही–१ सुकाखोलामा चैते धान रोपाईं गर्दै किसान ।
८. म्याग्दीको मालिका गाउँपालिका–३, पात्लेवासी पात्ले छेरवाङ लघु जलविद्युत् परियोजनाको नहर मर्मत गर्दै ।
७. नयाँ वर्ष अर्थात् सिरुवा पर्वका अवसरमा बिहीबार झापाको कमल–६ स्थित जिम्दार महाराजस्थानमा हिलो खेलेर रमाइलो गर्दे स्थानीय युवा ।
६. काभ्रेपलाञ्चोकको पर्यटकीयस्थल देवीस्थानडाँडामा नयाँ वर्षको अवसरमा बिहीबार घुम्न पुगेका आन्तरिक पर्यटक ।
५. बागलुङको गलकोट नगरपालिका–३ हटिया बजारमा रहेको बिहुँ आरन सेवामा तामाका भाँडा बनाउँदै कालिगढ ।
४. घोराही–१७ कर्जाहीका किसान बाली भित्र्याउन बारीमा गहुँ केलाउँदै ।
३. काठमाडौं महानरपालिका–२५ स्थित ऐतिहासिक बौद्धस्थल श्री घः स्तुपा अवलोकन गर्दै विदेशी पर्यटक ।
२. लमही–३ मा रहेको कुलोमा माछा मार्दै महिला । फुर्सदको समयमा माछा मारेर तरकारीको जोहो गर्ने गर्दछन् ।
१. महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–४ स्थित काली इँटा उद्योगमा इँटा बोक्दै मजदुर ।

तस्वीर : रासस, एपी, एएफपी, सिन्ह्वा

यो पनि…
विश्व चिनाउने साताका २१ तस्वीर
भद्रगोल सिंहदरबार (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,