English

यौन सम्पर्कबाट यस कारण टाढा रहन्छन महिला



यौनको मामिला महिलाले पुरुषलाई स्वार्थी थान्छन्, किनकी उनीहरूले महिलाको सन्तुष्टिलाई बेवास्ता गर्छन् । यद्यपि यो सबैमा लागु हुँदैन । तर, एउटा समयमा महिलाहरू यौन गतिविधि वा शारीरिक सम्बन्धबाट टाढा रहने अनुसन्धानले देखाएको छ ।

महिला आफ्नो यौन जीवनबाट असन्तुष्ट हुनुका धेरै कारणहरू छन्, जस्तै पहल नगर्ने र खुलेर आफ्नो यौन इच्छा व्यक्त गर्न हिचकिच्याँउने ! त्यी मध्ये केही यस्ता छन् ।

भावनात्मक बन्धनको कमजोरी

यौन सम्पर्क सँगसँगै महिलाले प्रेमको पनि आभास गर्न रुचाउँछन्, उनीहरू यो भावना कायम नै रहोस् भन्ने चाहन्छन् । यदि सम्बन्धमा माया, सम्मान र स्नेह नपाएको महसुस भयो भने उनीहरू चाँडै यौन सम्पर्कबाट टाढा हुन्छन् ।

व्यस्तता

आजकल सबै आफ्नो काममा व्यस्त हुन्छन् जसले गर्दा उनीहरूमा थकान महसुस हुन्छ । जब व्यक्ति शारीरिक रूपमा थकित हुन्छ, त्यति बेला सेक्स गर्ने इच्छा पटक्कै उत्पन्न हुँदैन ।

सेक्समा सन्तुष्टिको कमी

धेरै अनुसन्धानमा यो खुलासा भएको छ कि त्यस्ता धेरै महिला छन् जसले आफ्नो यौन जीवनमा कहिल्यै चरम सुखको अनुभव प्राप्त गरेका छैनन् । वैवाहिक सम्बन्धमा वा प्रेम सम्बन्धमा लामो समयसम्म यौन सन्तुष्टि नहुँदा महिला यौनप्रति चासो राख्दैनन् ।

असहज महसुस गर्नु

पुरुषको तुलनामा महिलाहरू आफ्नो शरीरको बारेमा बढी संवेदनशील हुन्छन् । तौल बढ्नु वा स्ट्रेच मार्क्स जस्ता कारणले गर्दा उनीहरूको शरीरमा आत्मविश्वास घट्छ । उनीहरू कपडा नलगाई आफ्नो पार्टनरको अगाडि देखा पर्न हिचकिचाउँछन् । यसले यौन सम्बन्धलाई पनि असर गर्छ । यौन सम्पर्कको क्रममा आनन्द लिनुको सट्टा आफ्नो शरीरको बारेमा सोचिरहेका हुन्छन् । त्यसैले यौन सम्पर्कबाट टाढा हुन्छन् ।

यो पनि
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

स्विट्जरल्यान्डमा भएको जेनेभा मोटर सोमा चिनियाँ बिवाइडी ब्रान्डका दुईवटा मोडलका गाडी टप थ्रीमा परेका छन् । ‘वल्र्ड कार अवार्ड २०२४’ का

छालामा देखिने धेरै किसिमका समस्याहरूलाई हामी नजरअन्दाज गर्दै आएका छौँ । तर मौसममा परिवर्तन आउने बित्तिकै शरीरमा पर्ने पहिलो प्रभाव

दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई

हेल्मेट मोटरसाइकल चालकको टाउकोको सुरक्षा कवच हो । बजारमा स्टाइलिस मोटरसाइकल मात्र होइन, स्टाइलिस हेल्मेटको क्रेज पनि उत्तिकै छ ।