English

सडकमै दाहसंस्कार



भारतको राँचीमा कोरोना भाइरस (कोभिड १९) कारण मृत्यु हुनेको संख्या दिनदिनै बढ्न थालेपछि शव व्यवस्थापनमा समस्या भएको छ ।

पछिल्ला १० दिनमा भारतको राँचीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या अचानक बढ्न थालेपछि शव जलाउनका लागि ठाउँको अभाव हुन थालेको हो । आईतवार ६० जनाको शवको दाहसंस्कार भएको र यी मध्ये १२ शव कोरोना संक्रमितको रहेको बताइएको छ । मानिसले शव जलाउनको लागि धेरै समय कुरे पनि पालो नआएपछि उनीहरुले पार्किङ वा हिँड्ने सडकमै शव राखेर जलाएका हुन् ।

यी सबैको दाहसंस्कार सामूहिक चिता बनाएर गरिएको हो । भारतमा हिजो (आईतवार) अहिलेसम्मकै सबैभन्दा धेरै १ लाख ६९ हजार ९१४ जनालाई कोरोना संक्रमण भएको थियो भने ९०४ जनाको निधन भएको छ ।

भारतमा अहिलेसम्म १ करोड ३५ लाख २७ हजार ७१७ जनालाई कोरोना संक्रमण भएको छ भने १ लाख ७० हजार मानिसको ज्यान गएको छ ।



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

हिन्दूहरुको दोस्रो महान पर्व तिहार । यस पर्वमा काग, कुकुर, गाई, गोरु र दाजुभाईको पूजा गरी पाँच दिन मनाइन्छ ।

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

Latest










Popular
Suggested