English

कसरी गर्ने थोरै समयमा घरको सरसफाई ?



सफा घर सबैलाई मनपर्छ । तर, धेरैको गुनासो हुन्छ, जति मिहिनेत गरेर, जति सफा गरे पनि घर एकछिनमै फोहर हुन्छ । थोरै समय र कम मिहिनेतबाट पनि घर सफा गर्न सकिन्छ । जान्नुहोस् ५ टिप्स ।

धुलोलाई पछि सफा गर्छु भनेर छोड्नु हुन्न

पहिले झाडु–पोछा लगाउने अनि पछि धुलो झार्ने बानी धेरैको हुन्छ । तपाईंहरूलाई लाग्न सक्छ थोरै काम त हो धुलो पुछ्ने । तर, यो काम कति पटक तपाईले दोहोराएर पनि गर्नुपर्ने हुन सक्छ । किनकी पहिले अरु सफाई सकेर धुलो झार्दा त्यो धुलो फेरी सामानहरूमा टाँसिन सक्छ । त्यसैले, पहिले सामानको धुलो पुछेर मात्र अरु सफाई गर्नुपर्छ ।

एउटै कपडाले धेरै सामान सफा गर्नु हुँदैन

सफाई गर्ने बेला धेरैले यो गल्ती गरिरहेका हुन्छन् । एउटै कपडाले टिभी सफा गरेर फेरी त्यही कपडाले टेबल तथा अन्य सामान पुछिन्छ । यसो गर्दा एउटा सामानमा लागेको धुलो बाँकी सामानमा पनि लाग्छ । त्यसैले एउटै कपडाले धेरै सामान सफा गर्न हुँदैन ।

स्टील सफा गर्ने तरिका

स्टीलको भाँडा होस् वा ग्यास चुलो सबैलाई हामी घुमाएर पुछ्छौ । यसरी घुमाएर पुस्दा दाग बस्छ । स्टीललाई राम्ररी पुछ्ने तरीका भनेको सिधा गरेर हो, घुमाएर हैन । यसरी सिधा पुछ्दा दाग बस्दैन । सानो तर जरुरी सामानहरू सफा गर्न बिर्सन हुँदैन ।

सफाई गर्दा प्रायः हामी साना सामानहरू सफा गर्न बिर्सन्छौ । जस्तै–बत्ति, रिमोट, कुर्सीको खुट्टाको भागहरू आदि । यसलाई पनि सफाई गर्न बिर्सिनु हुन्न । नत्र तपाईले गर्नु भएको अरु सफाई पनि ब्यर्थ हुन्छ । त्यसैले साना सामानहरूलाई पहिले सफा गर्नुपर्छ ।

किचनको सफाई गर्दा पहिले भुँइको सफाई गर्न हुन्न

किचनमा प्राय हामी पहिले भँुइको सफाई गर्छौ र पछि भाँडा माझ्छौ । यसो गर्दा पछि फेरि भुँइ फोहोर हुने सम्भावना हुन्छ । त्यसैले, पहिले भाँडा तथा अन्य सफाई सकेर मात्र भुँइको सफाई गर्नुपर्छ । यसरी थोरै समय र कम मिहिनेतबाट घर सफा गर्न सकिन्छ ।



सम्बन्धित खबरहरु

इटहरी/ ‘मिस एसईई इटहरी’ पाँचौं संस्करणको अन्तिम प्रतिष्पर्धामा पुगेका प्रतिष्पर्धीहरुको फोटोसुट र भिडियोसुट सम्पन्न भएको छ । मोरङ्गको गोकुलम रिसोर्ट

वैशाख २९ गते बौद्ध पिपलबोट हुँदै चाबहिलको चुच्चेपाटीसम्म पौराणिक बुद्ध मूर्तिसहित ¥याली निकालिने श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएको

चर्चित गायिका शान्ती श्री परियार विक्रमवाबु विश्वकर्मा र विवेक खत्रीको आवाजमा वनको तरुल गीत सार्वजनिक भएको छ ।। मौलिकता हराउँदै

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

Popular
Suggested