English

नयाँ वर्षमा मात्र फुल्ने सहलेश फूल हेर्न दर्शनार्थीको भिड



धार्मिक पर्यटकीय स्थलको रूपमा रहेको सिरहाको सहलेश फूलबारीमा रहेको रुखमा १ वैशाखमा मात्र फुल्ने फूल हेर्न र पूजाअर्चना गर्न दर्शनार्थीहरूको बुधबार बिहानैदेखि भिड लागेको छ ।

फूलबारीभित्र रहेको राजा सहलेश र मालिनीको गहवर (मन्दिर) मा पूजाअर्चना गर्न र मन्दिरसँगै टाँसिएको हारम जातको रूखमा हरेक वर्ष नयाँ वर्षमा मात्र फुल्ने जनविश्वास छ ।

तराईका पासवान जातिको इष्टदेव मानिने सहलेशको पूजा गर्नाले मनोकांक्षा पूरा हुने, सन्तान प्राप्ति, चर्म रोगलगायतका रोगब्याधि नलाग्ने जनविश्वास छ । फूलबारीभित्र दुर्लभ जातिका जडीबुटी खोज्न भारतको बिहार, पश्चिम बंगाल, नेपालको सिरहा, सप्तरी, उदयपुर, धनुषालगायतका जिल्लाबाट हजारौंको संख्यामा दर्शनार्थीहरू आउने गर्दछन् । हरेक वर्षको १ वैशाखमा मात्र पूजा हुने सहलेश फूलबारीमा भव्य मेलासमेत लाग्ने गर्दछ ।

सहलेश गाथामा उल्लेख गरिएअनुसार तेह्रौं शताब्दीका लोकनायक सहलेश र विराट राजाकी छोरी मालिनीबीच प्रगाढ प्रेम सम्बन्ध रहे पनि प्रेम असफल भएपछि सहलेशको प्रतीक्षा गर्दै मालिनी मालाको रूपमा १ वैशाखमा फुल्ने गरेको सहलेश गहवरका पुजारी हरिसिंहदेव दनुवारले बताए ।

१२ बिघा क्षेत्रफलमा फैलिएको सहलेश फुलबारी मेला कोरोना संक्रमणका कारण गत वर्ष नलागेकाले यस वर्ष विगतको तुलनामा मेला भर्न आउनेहरुको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

यो पनि…
लालीगुराँसले ढकमक्क घोडेपानी पर्यटकको पर्खाइमा
प्रचुर सम्भावना बोकेको गुमनाम ‘इन्द्रेणी झरना’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested